सभागृह टोल विकास संस्थामा बसन्त भट्टचन

सराङकोट न्यूज
16 January, 2024 10:38 pm
Advertisements

पोखराको केन्द्र भागमा रहेको सभागृह टोल विकास संस्थाको १६ औं साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बसन्त भट्टचनको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति

बसन्त भट्टचन
बसन्त भट्टचन

सर्वसम्मत चयन भएको प्राप्त समाचारमा जनाइएको छ ।

संसथाको उपाध्यक्षमा रामचन्द्र गिरी, सचिवमा कृष्ण पोखरेल, सहसचिममा तुलसी पोख्रेल, कोषाध्यषमा जगतलाल श्रेष्ठ, सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सर्वसम्मत निर्वाचित भएका सदस्यहरुमा ऋषिराम गिरी, माया गिरी, महेश प्रधान, झवि लामिछाने, मनोज श्रेष्ठ, राम रजक, र सुनिल श्रेष्ठ रहेका छन् ।
साधारण सभामा पेश गरिएको अध्यक्ष खरिलाल पौडेलको प्रतिवेदन, सचिव कृष्ण पोख्रेलले पेश गरेका सचिवको प्रतिवेदन र कोषाध्क्षण जगतलाल श्रेष्ठले पेश गरिएको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । समाजका ज्येष्ठ नागरिक राम प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभाको संचालन सचिव कृष्ण पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामचन्द्र गिरीले व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष भट्टचनले आफ्नो कार्यकालमा सभागृह टोल विकासउ संस्थालाई नमूना टोल विकास संस्था बनाउन पहल गर्ने बताए । ध्वनी प्रदुषण, वायू प्रदुषणलाई न्यूनिकरण गर्ने कदम उठाइने, सरसफाई ध्वनी प्रदुषण, वायु प्रदुषणलाई न्यूनिकरण गर्ने कदम उठाइने, सरसफाई नाला निर्माण र खाल्टा खुल्टी मुक्त सडक बनाइने अध्यक्ष भट्टचनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: