सेलो तामाङ सेलो नृत्य प्रतियोगिता सम्पन्न

सराङकोट न्यूज
23 January, 2024 1:47 pm
Advertisements

नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले आयोजना गरेको खुल्ला तामाङ सेलो नृत्य प्रतियोगितामा ८ टिमले भाग लिएकोमा मन्जुश्री बौद्ध समाज प्रथम भइ ३० हजार नगद सहित प्रथम पुरस्कार जित्न सफल भएलो थियो । दिपज्योती कलाकेन्द्र दोस्रो भै २५ हजार नगद सहित दोस्रो भएको थियो भने आदिम कलाकेन्द्र १५ हजार नगद दहित तेस्रो पुरस्कार जित्न सफल भएको उपाध्यक्ष कुमार थिङले बताए 


प्रतिस्पर्धाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सभाका साँसद पार्वती तामाङले तामाङ संस्कृतिको रक्षा र प्रवद्र्धनका लागि पोखरा महानगरपालिकाले गरेको मेहनत प्रशंसा योग्य रहेको बताइन । गण्डकी प्रदेशमा तामाङ समुदाय न्यून रहेपनि पोखरामा भव्य कार्यक्रम गरिएको प्रति आभार व्यक्त गर्दै सामाजिक र सांस्कृतिक क्षेत्रमा सकृय रहन साँसद तामाङले आग्रह गरिन । यस्तै विशेष अतिथि सुवेदार हरिमान थिङ तामाङ, कार्यक्रमका प्रमुख सहयोगी व्यक्तित्व सुजन तामाङ, पूर्व अध्यक्ष धन प्रसाद तामाङले तामाङ समुदायको योगदान र संगठनको महत्व र औचित्यको बारेमा प्रस्ट्याउँदै कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिको आयोजनामा भएको कार्यक्रमको सभापतित्व राम बहादुर तामाङ (शिवु) र उपाध्यक्ष कुमार थिङले स्वागत मन्तव्य र सचिव अञ्जना तामाङले कार्यक्रम संचालन गरेकि थिइन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: