खाजाघर बन्यो जुवाघर , ६ जना पक्राउ L

सराङकोट न्यूज
27 January, 2024 10:16 am
Advertisements

पोखराको राष्ट्र बैंक   चोकबाट ६ जना जुवाडेलाई  बैदाम प्रहरीले रंगेहात पक्राउ गरेको छ । बिहीबार साँझ स्थानीय समिता खाजा घरमा जुवातास खेलिरहेका उनीहरू पक्राउ परेका हुन् ।

पोखरा-७ राष्ट्र बैंक चोक बस्ने वर्ष ४५ की खाजा घर सञ्चालक समिता आले, राष्ट्रबैक चोक बस्ने वर्ष ४५ को रमेश वारिक, पोखरा-७ मासवार बस्ने वर्ष ४७ को सागर थापा मगर, पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३२ का नविन रिंजाली, पोखरा महानगरपालिका वडा नं ७ बस्ने वर्ष ५२ का शुक बहादुर मगर र गोर्खा सुलिकोट गाउँपालिका वडा नं. ७ घर भई जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ४२ का डिल बहादुर मगर पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ४३ हजार ६ सय ५५ रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय बैदामकै हिरासतमा राखिएको छ ।

उनीहरु विरुद्ध जिल्ला अदालत कास्कीबाट कानूनवमोजिम जुवासम्वन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने बैदामका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: