गृहको प्रशासनिक बागडोर गौतमको हातमा

सराङकोट न्यूज
27 February, 2024 4:59 pm
Advertisements

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी थानेश्वर गौतमलाई दिएका छन् । अनुभवी र भद्र स्वभाबका गौतमलाइ प्रशासन महाशाखाको बागडोर दिइएपछी देशभरको प्रहरी प्राशासनको निस्पक्षियता र सकृयतामा अपेक्षाकृत सुधार आउने बिश्वास लिइएको छ ।

गृहमन्त्री श्रेष्ठले गौतमलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् । उनले यसअघि नीति, योजना तथा मूल्यांकन शाखाको जिम्मा सम्हाल्दै आएका थिए ।
प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएको थियो । कास्किको प्रमुख जिल्ला अधिकारी रहि आलोचना रहित भुमिका निभाएका गौतमलाई कुशल र इमान्दार प्रशासकको रुपमा लिइन्छ । देशभरका प्रहरी परिचालन सरुवा बढुवा र प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी दिने नियमन र निगरानीमा समेत मुख्य भुमिका रहने गृह मन्त्रालयको प्रशासन प्रमुख पदलाई महत्त्वपूर्ण रुपमा लिइन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: