प्राचार्य खड्काको कारण गण्डकी बोर्डिङ विवादमा , तर पनि कार्यकाल थप्न किन गर्दैछन मरिहत्ते ?

सराङकोट न्यूज
15 March, 2024 9:15 pm
Advertisements

शिक्षा दिनुपर्ने शिक्षण सस्था सेवामा भन्दा मेवामा रमाए के होला ? यस्तै छ पोखराको एउटा पुरानो शिक्षण सस्थाको नियती ।पोखरामा रहेको गण्डकी आवासिय बोर्डिङ स्कुल लामाचौरले बितेका पछिल्ला बर्ष आलोचना र मुद्द्दा मामिला झेलेर बिताएको छ । अघिल्ला प्राचार्य रबिराज बरालले आफ्नो अबकास हुनु अघि बिज्ञापन गरि नियुक्त गरेका प्राचार्य  बिरेन्द्र खड्काले ५ बर्ष त गुजारे तर राष्ट्रको गौरवको रुपमा स्थापित गण्डकी बोर्डिङ्लाइ बिबादै बिबादको डङ्गुरमा मिल्काएर गुजारे ।
गण्डकी बोर्डिङ स्कुलले कमाएको ख्याती आज बिस्वभर परिचित छ । उच्च क्वालिटिका जनशक्ति उत्पादन गरेको गण्डकी बोर्डिङका भूपू बिध्यार्थिहरु युरोप अमेरिका लगाएत विकसित राष्ट्रमा सेवारत छन । तर आज तिनै भूपू बिध्यार्थिहरुले गण्डकी बोर्डिङ स्कुलको प्रशासकिय नेतृत्व प्रती गम्भिर असन्तुष्टि ब्यक्त गर्दै आएको पाइएको छ । बोर्डिङका प्राचार्य बिरेन्द्र खड्काको कार्यकालमा भएको बेथिति र विभिन्न खालको अनियमितता भएको , शैक्षिक गुणस्तर खस्किएरअब्बल बिध्यार्थी समेत नपाउने अबस्थामा पुगेको , जस्ता आवाज बुलन्द गर्दै बिध्यालय ब्यबस्थापन समिती समक्ष उजुरी निबेदन गरेको पाइएको छ ।
गण्डकी बोर्डिङका भूपू बिध्यार्थिहरुको हाल नर्थ अमेरिकामा बसोबास गर्दै आएकाहरुको सस्था एग्बोसा नर्थ अमेरिकाले गण्डकी बोर्डिङ स्कुल ब्यबस्थापन समितिका अधक्षलाइ सम्बोधन गरि दिएको लिखित उजुरी निबेदन सराङ्कोटन्युजलाइ प्राप्त भएको छ । उक्त निबेदन बोर्डिङका बिब्यस सदस्य समेत रहेका कास्किका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेलाई समेतलाई बोधार्थ दिइएको छ ।
एमालेका कार्यकर्ताको रुपमा परिचीत खड्का अध्यक्ष के पि ओलिको आशीर्वादबाट गण्डकी बोर्डिङ स्कुलका प्राचार्य बनेका बिरेन्द्र खड्काले आफुलाइ दोहोराउन शक्ति केन्द्र धाइरहेको सुचना प्राप्त भएको जनाउदै एग्बोसा नर्थ अमेरिकाले गण्डकी बोर्डिङलाई ध्वस्त बनाउने कार्य रोक्न उनलाइ नदोहोर्याउन निबेदन मार्फत सचेत गराएको छ ।प्राचार्य खड्काले बिनियमावली बिपरित आफ्ना आसेपासेलाइ जिम्मेवारी दिएको , अनुमति नलिइ ७०/८० वटा रुख काटी बिक्रि गरेको , कक्षा १२ को परीक्षाको बोर्ड परिक्षामा परिक्षाको मर्यादा उल्लंघन गरि कपि साटेर फेललाइ पास पासलाई फेल बनाउने कार्य गरेको , सरकारी गाडी ल्याइ मर्मतको नाममा लाखौ रुपैयाँ खर्च देखाइ रकम हिनामिना गरेको देखि सरचना निर्माणका नाममा प्रक्रिया बिपरित कार्य गरि बिध्यालयलाइ हानी नोक्सानी पुर्याएको आरोप लगाउदै उनको म्याद थप्ने काम नगर्न एग्बोसाले बिब्यसको ध्यानाकर्षण गराएको पाइएको छ ।
सार्बजनिक गुठी अन्तरगत संचालित गण्डकी बोर्डिङलाइ सरकारले बार्षिक रुपमा करिब डेढ करोड रुपैयाँ नगद अनुदान दिदै आएको भएपनी गण्डकी बोर्डिङ स्कुलले बिध्यार्थी संग गत बर्ष २० प्रतिशत सुल्क बढाएको थियो । बोर्डिङको आन्तरिक कोषमा हाल करिब ४० करोड भन्दा बढी रकम रहेको छ ।
बोर्डिङले आबासिय बिध्यार्थी भर्ना लिने कार्यलाइ प्राथमिकता दिने नीति लिएको छ । प्रबेश परिक्षामा कम नम्बर ल्याएपनी होस्टेल बस्ने सर्तमा भर्ना लिने गरिन्छ । त्यसरी राखिएका बिध्यार्थी सोर्स र फोर्सको आधारमा डे बोर्डर्समा झारिने क्रम पछिल्लो बर्षमा ह्वात्तै बढेको छ । बोर्डिङका होस्टेल सुपरभाइजर राजकुमार ढकाल र प्राचार्य बिरेन्द्र खड्काको योजनामा हुनेखाने र ठुलाबडाहरुको चित्त बुझाउने र आफ्नो स्वार्थमा बिध्यार्थिहरुलाइ ट्रान्सफर गर्नु सामान्य कार्य भएको छ । शैक्षिक उन्नयन र बिध्यार्थिको हित भन्दा पद थमौती गर्नु प्राचार्य खड्काको मुख्य योजना रहेको बुझिन्छ । बिब्यसमा एमाले निकटको बर्चस्व रहेको कारण पनि आफ्नो म्याद थपिनेमा खड्का फुरुङ्ग देखिएका छन उनी निकट स्रोतले बतायो ।

यी हुन बिबादास्पद शृङ्खला

१,पछिल्लो समय गण्डकी बोर्डिङमा चरम बिबादमा मुछिएको छ ।बन कार्यालयलाइ थाहै नदिइ बोर्डिङ भित्रका रुख फडानी गरेर काठ बिक्रि गर्ने काम गरेको सप्रमाण समाचार प्रकाशन गरेपछी छानबिन सुरु भएको छ । सिमल , चाप , सिसौका हुर्केका रुख सोत्तर पारेर बिक्री गरेको बिषय हाल अनुसन्धान भैरहेको छ ।
२, स्कुललाई आवश्यकता नै नभएको गाडी सिक्षा कार्यालयबाट लगेको र मर्मतमा कमिसन लिन प्रक्रिया पूरा नगरी आफ्नो भु पु बिध्यार्थिको वर्क्सपमा बा १ झ ८६१५ नम्बरको निसान जीपको मर्मत खर्च एकै पटकमा ८ लाखको बिल पास गर्न खोज्दा आफ्नै कर्मचारीले बिरोध् गरेपछि नक्कली कागज बनाइ बिल भुक्तानी गरेको।
३, मनोमानी ढङबाट निर्माणकार्य गरि सार्बजनिक खरिद कानुन उल्लंघन गरेको । कक्षा १ देखि पढाइ सुरु गर्न भवन बनाएको तर पढाइ ४ कक्षाबाट मात्रै गरेको ।
४, कक्षा १२ को बोर्ड परिक्षामा आफै केन्द्राध्यक्ष र सहाएक केन्द्राध्यक्ष झबिन्द्र अधिकारी मिलि परिक्षार्थिको कपि केरमेट गरि नतिजा साट्फेर गरि अमर्यादित कार्य गरेको। हाल अख्तियारमा बिचाराधिन ।
५, स्कुल परिसरको रुख बिना अनुमती काटी ढलाइ बजारमा बिक्री गरेको । हाल बन कार्यालय कास्किमा अनुसन्धानरत ।

बितेका ५ बर्षमा गण्डकी बोर्डिङका प्राचार्य बिरेन्द्र खड्काले गन्डकी बोर्डिङ्लाइ आफ्नो स्वार्थमा प्रयोग गरेर स्कुलको साख गिराउन मुख्य भुमिका खेलेको यो एउटा पार्स्वचित्र हो । भर्नाको लागि बिध्यार्थिको भार थेग्न नसक्ने गण्डकी बोर्डिङमा अहिले सिट पूरा गर्न बिध्यार्थी खोज्नु परेको छ , फोन गरेर बिध्यार्थी बोलाउनु परेको छ।
शिक्षा मन्त्रालयका सहसचिव बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष र सिडिओ , शिक्षा बिकाश तथा समन्वय इकाइका प्रमुख र महानगर शिक्षा महाशाखा प्रमुख सदस्य रहने एउटा जिम्मेवार सरकारी सयन्त्र रहेको भएपनी प्राचार्यले आफ्नै औलामा घुमाएर बिध्यालय चलाउदै आएका छन । मोटो स्रोत , सुबिधाजन्य रजगजको स्वाद पाएका प्राचार्य खड्का अझै एक कार्यकाल दोहोरिन मरिहत्ते गर्दै शक्तिकेन्द्रको वरिपरि चाहारेका छन । पुन म्याद थप गर्न उनले न्वारान देखिको बल प्रयोग गरि आएको बुझिन्छ । २०८१ जेष्ठको पहिलो साता बाट म्याद सकिने भएपनी अझै सम्म नयाँ नेतृत्वको लागि कुनै बिज्ञापन निकालेका छैनन बरु मन्त्रालय धाएर अध्यक्ष र कास्किको सिडिओको चित्त बुझाउन लागिपरेका छन ।
गण्डकी बोर्डिङ स्कुल पोखराको गौरब हो राज्यको सम्पती हो । यसको साख उच्च बनाउन राजनीतिक रङ नपोतिएका दिग्गज शिक्षा सेवी प्रशासकको खाचो महसुस गरिएको छ । निजि स्वार्थमा रम्ने , आर्थिक कमिसनमा भुल्ने, परिक्षाको गरिमा र मर्यादा नबुझ्ने पात्रलाई पुन दोहोर्याइने हो भने भूपू बिध्यार्थिहरुको सस्था एग्बोषाले भने झै बिध्यालय धोस्त हुने बाटोमा नजाला भन्न सकिन्न । बिबादित प्राचार्यलाइ दोहोर्याएर गण्डकी बोर्डिङ स्कुललाई बिबादित बनाउनु भन्दा बेलैमा बिज्ञापन गरेर खुल्ला प्रतिस्पर्धा बाट योग्य पात्र खोजिनु सर्बजन हिताय कार्य हुने थियोकि ? ब्यक्तिगत फाइदा लिने केही पात्र बाहेक खड्काको पक्षमा न बिध्यालय छ न समाज नै । बिरालाको घाटिमा घन्टी झुन्ड्याउने पात्रको मात्र अभाव देखिन्छ ।शक्तिको पुजा गर्ने रोग गन्डकी बोर्डिङमा पनि उस्तै देखिन्छ । बिज्ञापन निकाल्न गरेको ढिलाइ र खड्काको दौडधुपले गण्डकी बोर्डिङलाइ कस्तो प्रभाव पार्ला बिबादको आगोमा घ्यु थप्ला या नयाँ नेतृत्व ल्यायेर निकाश देला ? त्यो भने ब्यबस्थापन समितिको कोर्टमा पुगेको बलले बताउनेछ । शिक्षा मन्त्री सुमना श्रेष्ठ सम्म प्राचार्य खड्कालाई दोहोराउन नहुने भन्दै गुनासो र उजुरी पुगेको छ तर मन्त्रालयका सह सचिब केशब दहाललाई रिझाएर दोहोरिने खेलमा लागेका बताइन्छ । बिस्वभर रहेका अधिकास भूपू बिध्यार्थी र सुभेच्छुकले गण्डकी बोर्डिङलाइ जोगाउन नया र क्षमतावान प्राचार्य खुल्ला बिज्ञापनबाट ल्याउन सुझाब दिएका छ्न ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: