स्वास्थ्य स्वयंसेवीका सन्जालद्वारा प्रकाशित क्यालेन्डरको बिमोचन

सराङकोट न्यूज
11 April, 2024 10:51 pm
Advertisements

पोखरा महानगरपालिकामा सेवा गर्दै आएका महिला स्वयंसेविका संजाल द्वारा प्रकाशित भित्तेपात्र सोमबार मेयर धनराज आचार्यले बिमोचन गरेका छन । पोखरा महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका सन्जाल नेपालमा पहिलो पटक गठन भइ आफ्नो भित्ते पात्रो प्रकाशन गरेको भन्दै मेयर आचार्यले बधाइ तथा शुभकामना ब्यक्त गरेका थिए । नागरिकको घरसम्म पुग्ने पहिलो स्वास्थ बिज्ञ नै स्वयंसेवीका भएको बताउदै आफुले स्रोत साधनले भ्याएसम्म सहयोग गर्ने मेयर आचार्यले बताए ।
उप मेयर मन्जुदेवी गुरुङ्ले महिलाले गरेको स्वयम् सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताइन । सन्जालकी कास्की अध्यक्ष भिमा पौडेलले पोखरा महानगरलाइ स्वस्थ्य राख्न सन्जालमा आबद्ध स्वयमसेविकाहरु सदैब तत्पर रहेको घोषणा गरेकिथिइन । राज्यले स्वयसेविकाको योगदानको सहि मुल्यांकन गरिनुपर्ने तर्फ ध्यानाकर्षण गराउदै अध्यक्ष भिमा पौडेलले भनिन समय सापेक्ष पारिश्रमिक देउ ।
हाल पोखरा महानगरपालिकामा मात्र ६५६ जना स्वास्थ्य स्वयमसेविकाहरु कार्यरत छ्न । राष्ट्रिय अभियान सफल पार्न उनिहरुको मुख्य भुमिका रहेको छ । खोप , महामारी नियन्त्रणमा खट्दै आएका उनिहरुले एक दिनको पारिश्रमिक जम्मा ४ सय रुपैयाँ र बर्षमा ड्रेस किन्न १० हजार रुपैयाँ दिने गरिएको छ ।


भित्तेपात्रो बिमोचन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कास्किका प्रमुख राम नेपाली , स्वास्थ्य महाशाखाका प्रमुख हेम आचार्य , पत्रकार यदुनाथ बन्जारा लगाएतले महिला स्वयमसेविकाको भुमिकाको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरेका थिए । भिमा पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सन्जालकी सदस्य सगिता बरालले स्वागत मन्तब्य र सचिब गिता भन्डारिले सन्चालन गरेकी थिइन ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: