खोल्छाको छेउमा बहुउद्देश्यीय भवन

सराङकोट न्यूज
19 April, 2024 10:48 am
Advertisements

पुर्ब तर्फबाट हेर्दा यो भवन गज्जबको , आकर्षक र भिमकाय देखिन्छ ।पोखरा १९ घार्मी गुरासपधेरो टोलमा बनेको यो भवन खहरे खोल्छाको छेउमा बनाइएको छ ।पश्चिम तर्फको खहरे खोल्छाले घरलाइ कहिले ढाल्छ भन्ने भन्न नसकिने अबस्थामा छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिस्वकर्मा सुनारले सरकारी बजेट ल्याएर खोल्छाको डिलमा किन राज्यकोषको पैसा लगानी गरे होलान ? त्यो जग्गा कसको थियो ? कतिमा किनियो र बस्तिनै न्यून रहेको स्थानमा बहुउद्देश्यीय भवन किन बनाइयो ? बहुउद्देश्यीय योजना कहिले पूरा होला ?

३ करोड भन्दा बडि लगानी गरि निर्मित उक्त भवन उपभोक्ता समितिको नाममा बनाइएको छ को होला कानुन बिपरित बडि बजेट खर्च गर्ने भाग्यमानी उपभोक्ता समिती ? यी सबै प्रश्नको जवाफ पाउन राज्यका संबैधानिक निकायले निडरता पुर्बक छानबिन गर्नु जरुरी देखिएको छ । राज्यको लगानी बालुवामा पानी नबनाउन खबरदारी गरौ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: