कालो धुवाँ फाल्ने नगर बस ट्राफिक कारबाहिमा यातायातले चेक गर्दैन सवारी प्रदुषण

सराङकोट न्यूज
25 April, 2024 8:04 am
Advertisements

पोखरामा चल्ने नगर बसले अत्यधिक कालो धुँवा फालेर नगर प्रदुशित बनाएको भन्दै कास्की ट्राफिकले नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अगाडि बढाएको छ।अत्याधिक कालो धुवाँ निकालेर सडक ढाक्ने सवारीलाई कारबाही गर्न नागरिकले ट्राफिकको ध्यानाकर्षण गराएका थिए ।

वायु प्रदुषण गराउने पोखरा नगरक्षेत्र भित्र संचालित ग१ख ८१२४ नम्बरको नगरबसलाई पोखरा ०४ बिपिचोकबाट आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी कास्किका सुचना अधिकारी बरिस्ठ सइ मीन बहादुर खड्काले बताएका छन ।
यातायात ब्यबस्था कार्यालयका प्राबिधिकले सवारिको प्रदुषण जाँच गर्ने प्रबिधि र मेसिन भएपनी प्राबिधिक र सवारी धनिको मिलेमतोमा परिक्षण गर्ने गरिएको छैन यातायात ब्यबस्था कार्यालय सवारी कास्किका प्राबिधिक इन्जिनियर समिना पुन मगरका अनुसार प्रदुषण जाँच गर्ने मेसिन छ तर कोभिड पछि जाँच गरिएको छैन। सवारी पार्किङ स्थल अभावको कारण जाँच हुन नसकेको उनले बताइन । राज्यको उदाषिनताको कारण पोखरेलिले कालो मुस्लोको भित्र बाच्नु परेको छ यसमा कारबाही कसलाई गर्ने बस चालकलाई कि चेक नगर्ने यातायात कार्यालयका प्राबिधिकलाइ ?
राज्यले दिएको मेसिन थन्किएको अबस्थामा रहेको छ ।यता पर्यटकीय राजधानी सहरमा गाडिका कालो मुस्लोले ढाकेको छ । ट्राफिकले नगर बस पक्राउ गरेको बिषयमा पोखरा यातायात प्रालिका अध्यक्ष देउ प्रसाद गुरुङले सवारी प्रदुषणको कारण मिसावट तेल ,डुप्लिकेट मोटरपार्ट्स र दक्ष प्राबिधिकको अभाव लाई कारण देखाएका थिए ।समयमा इन्जिन परिक्षण गर्नु व्यावसायि र चालकको कर्तब्य रहेको उनले सम्झाए । यता सवारी चेक नगर्ने राज्यको कमजोरीको फाइदा व्यावसायि र चालकले लिएका छ्न यस बिषयम राज्यको तत्काल ध्यान जान जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: