प्रश्न पत्र आउट गर्ने २ जना पोखराबाट पक्राउ

सराङकोट न्यूज
29 April, 2024 9:44 pm
Advertisements

१२ कक्षाको प्रश्न पत्र आउट गरेको आरोपमा दुईजना पोखराबाट पक्राउ परेका छन् । पोखरा ११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
आइतबारको प्रश्न पत्र आउट गरेको उजुरी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको थियो । पोखरा ११ फूलबारी बस्ने ३९ वर्षका नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए
उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान पनि बरामद गरिएको शर्माले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो कान्ड बाहिरियपछी पोखराको छवि माथी गम्भीर प्रश्न उठेको छ । ती प्रश्न पत्र आउट प्रकरणमा को को सम्लग्न छ्न छानबिन जुन आवश्यक छ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: