औषधी बिहिन पोखरा महानगरको सहरि स्वास्थ प्रबर्द्दन केन्द्र

सराङकोट न्यूज
8 May, 2024 10:05 pm
Advertisements

आइतबार पोखरा ८ मा रहेको शहरि स्वास्थ्य प्रवर्द्धन केन्द्र महाशाखा पोखरा महानगर पालिका नया बजार ८ मा लामो समयदेखि अौषधि विहिन रहेको छ।
जसले गर्दा स्वास्थ्य महाशाखा नया बजारमा बिमा सेवा लिन जाने दिर्घ रोगी नियमित अौषधि सेवन गर्ने सेवाग्राहि मर्कामा परेका छन्। सेवाग्राहीले अौषधि उपलब्ध नभएपछि महाशाखा प्रमुख हेम आचार्य सग अौषधि नपाएको गुनासो गरेपछि उनले केही समय अझै यहि समस्या रहि रहने वताए।किन भन्ने जिज्ञासा सेवाग्राहिले राखेपछि उनले बैक खाता रोकिएको जनाउ दिदै अौषधि उपलब्ध हुन नसक्ने वताएका थिए। सेवाग्राहीले विकल्प के त भनी गरेको पश्नको जवाफ दिदै लेखाले खाता रोक्का गरेको तर्फ सङ्केत गर्दै आफू बाट केहि हुन नसक्ने जवाफ दिदै महानगर पालिकाको लेखामै गएर सोध्न वताएका थिए।
सोमबार पुन लेखामा लेखा प्रमुख जयराम पौडेलसग यसबारे जिज्ञासा राखेपछि आफ्नो कुनै जिम्मेवार नरहेको जनाउदै सम्वन्धित शाखा प्रमुख नै जिम्मेवार बन्नुपर्ने वताउदै लेखामा बोलाएर यसबारे छफल गरेपछि प्रमुख आचार्यले आफुले लेखामा जान नभनेको भन्दै उम्किन खोजेपछि त्यसो भए सेवाग्राही कहाँ जाने भन्ने थप जिज्ञासामा प्रमुख आचार्य मौन रहेका थिए ।
आइतवार नै मेयर धनराज आचार्य समक्ष गुनासो पुगेपछि मेयर आचार्यले सबै शाखा प्रमुखलाइ बोलाएर सचेत गराएको स्रोतले जनाएको छ। आज सोमवारकै दिन वैठक बसेर तिनदिन भित्रमा सबैखाले अौषधि उपलब्ध गराउने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

काठमाडौमा वालेनको शहरमा निशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरेको घोषणा भइ रहदा आचार्य धनराजको शहरमा स्वास्थ बिमाको अौषधि पनि उपलब्ध हुन नसक्नु भनेको आम सर्वसाधारण नगरवासिका लागि दुखद कुरो हो। महानगर स्वास्थ महाशाखा पोखराका सुचना अधिकारी फुलदेव तिम्सिना सङ्ग बुझ्दा खाता रोक्का भएको कारण औषधी
स्वास्थ्य जस्तो गम्भीर जहाँ को वातावरण राम्रो हुने हो भने मानिसको आधा बिमार स्वत घटेर जान सक्छ तर यहाको वातावरण र व्यवस्थापन लाई देख्दा भने झन् ग्यास्टिक तथा थप बिमार लिएर जानू पर्ने पो हो कि भन्ने अवस्था छ।
यस्तो स्वास्थ्य जस्तो सँवेदनशिल क्षेत्रमा न त सर सफाइमा ध्यान दिइएको छ। न त राम्रो व्यवस्थापन हुन सकेको देखिन्छ सम्वन्धित निकाय महानगर कहिले जिम्मेवार बन्ने हो त्यो भने हेर्न बाकि नै छ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: