साता गतिविधि (२०८१ जेस्ट १५-२२ )

सराङकोट न्यूज
6 June, 2024 9:19 am
Advertisements

१५ जेष्ठ -सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
१५ गते – महिनावारीको बेला महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने गृहमन्त्री रबि लामिछानेको घोषणा ।
१६ गते -कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् ।
१६ गते -गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ । कास्किमा भरतफमणी पान्डेको आगमन ।
१६ गते -विशेष अदालत काठमाडौँले विकल पौडेललाई थुनामा पठाउने आदेश दिएको छ । बुधबार विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो ।
१६ गते – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीमा सुरेन्द्र राज पान्डेली लिए सपथ ।बिन्दु थापा उर्जा , र सामाजिक बिकाश तथा स्वास्थ मन्त्री र आर्थिक मामिलामा टकराज गुरुङ नियुक्त ।
१६ गते -काठमाडौँ । नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा र ४ जनाको पदस्थापन गरिएको छ
१७ गते – गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।
१७ गते -फेवातालमा फसेकी एक अस्ट्रेलियाकी नागरिकको उद्धार गरिएको छ । बिहीबार अपराह्न आएको हावाहुरीका कारण बिच तालमा फसेकी थिइन ।
१८ गते -मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्धा दायर
१८ गते -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँ घटेको निगमले जनाएको छ ।
१८ गते -पोखराका युवा पत्रकार बिजय नेपाल चलचित्र पत्रकार संघ कास्कीको छैटौँ साधारणसभाको अवसरमा ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ उनी पुरस्कृत भएका हुन् ।
१९ गते – ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
१९ गते -सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
१९ गते -नेकपा एमाले पोखरा महानगर कमिटीको दोस्रो नगर अधिवेशन आजदेखि सुरु ।
१९ गते -जाजरकोट भूकम्पमा मृत्यु भएकाका परिवारलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णय
१९ गते -पोखरामा चोरी भएका साइकलहरु किनबेच गरेको आरोपमा प्रहरीले एक जना फर्निचर बयाबसायीसैत चार जना पक्राउ परेका छन् ।
२० गते – कान्तिपुर सेभिङ एन्ड क्रेडिटबाट एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
२० गते -प्रहरीले ठमेलबाट केटाहरुलाई विभिन्न ईसारा गरेर जिस्काउने र अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई पक्राउ गरेको छ ।
२० गते -काठमाडौं । सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
२१ गते – १४८१ बचतकर्ताको रकम अपचलन गरी तीन अर्ब सम्पत्ति शुद्धीकरण : बागलुङको ढोरपाटनका मेयर देब नेपाली दम्पतीविरुद्ध मुद्दा दायर ।
२१ गते -राष्ट्रिय परिचयपत्रको क्युआर स्क्यान गरेर सवारी लाइसेन्सको विवरण हेर्ने कार्यविधि बनाउन समिति गठन

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: