![](https://www.sarangkotnews.com/wp-content/uploads/2018/06/36176022_2132752180317169_1505543507928940544_n.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
शिवराज वास्ताकोटी (शिवदाई)
असार ११, सोमबार
यातायात व्यवस्था गण्डकी सवारी चालक अनुमति पत्र कार्यालयमा राजश्वमा जम्मा भएको रकम मध्येवाट रु. एक हजारको नक्कली नोट फेला परेको छ । कार्यालयको काउन्टर नं. १ मा नयाँ पास लाइसेन्सको राजस्व काट्ने क्रममा १० गते आइतवार सो नोट आएको हुन सक्ने कार्यालयका लेखापाल रघुनाथ पौडेलले वताए । उनले राष्ट्रिय वाणिज्य वैंक पृथ्वी चोकमा सोमवार ११ गते आइतवारको राजस्व रकम जम्मा गर्ने क्रममा सो नक्कली नोट भएको भन्ने कुरा जानकारीमा आएको वताए । यसो त केहि दिन पहिला पनि सोही कार्यालयमा काटिएको राजश्व मध्य वाटै रु. एक हजारकै नक्कली नोट वाणिज्य वैंकमा जम्मा गर्ने क्रममा फेला परेको थियो फेरि सोही प्रकृतिकै नोट फेला पर्नुले आफूहरुले अवका दिनमा कसरी राजश्व काट्ने समस्या भएको लेखापाल पौडेलले वताए । यस्ता नक्कली नोट वजार वढि भिडभाड हुने कार्यालयमा झुक्याउन सहज हुने कारण नक्कली नोट प्रयोगकर्ताले यसो गरेको हुन सक्ने पौडेलले जानकारी गराए । एउटै कार्यालयमा पटक पटक नक्कली नोटले यसरी प्रवेश पाउनुले समस्या देखिएको छ । एउटै नोटमा दुई थरी नम्वर पटक पटक देखिनुले यस कार्यमा एउटै व्यक्तिको हात रहेको अनुमान गर्न सकिन्छ ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)