कास्की प्रहरी सुरक्षामा सक्रियता

सराङकोट न्यूज
25 June, 2018 10:17 am
Advertisements

शिवराज वास्ताकोटी (शिवदाई)

असार ११, सोमबार

जिल्ला प्रहरी कार्यालय कास्कीले शान्ती र सुरक्षालाई मध्य नजर गरी आफ्नो सुरक्षा चेक जाँचलाई कडाईका साथ अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपि ओम रानाले पोखराको सिद्धार्थ राजमार्गमा पर्ने नागढुंगामा ११ गते सोमवार एक भारतिय द्यच्इक्ष्ऋन् घडद्दठ नंं को एक कारलाई आफ्नो नियन्त्रणमा लिई सो कारमा रहेको सिसामा टासिएको कालो रंगको प्लाष्टिक ठाउँका ठाउँ निकाल्न लगाई कारवाहीका लागि ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । यस्ता सवारी भने पछिल्लो समयमा पोखराका सडकमा भने छ्याप्छयाप्ती देखिन थालेका छन् । यातायात व्यवस्था ऐन सवारी नियममा कुनै पनि सवारीको सिसामा कालो सिसा टाँस्न प्रतिवन्ध छ ।
यसो त एसपि रानाले वढि भाडा लिने यात्रुलाई सास्ती दिने जहाँ पायो त्यही रोक्ने तिव्रगतीमा सवारी हाँक्ने कुनै पनि सवारीलाई कारवाही गर्न जि.प्र.का. लाई निर्देशन दिएको वताए ।
कतिपय नागरिकले भने प्रहरी आफैले ट्राफिक नियम उल्लंघन गर्छ आफै फेरि कारवाहीका कुरा गर्दा अचम्मीत भएको वताएका छन् । यसो त पोखरालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएपनि पछिल्लो समय भने केहि उल्लंघन भएको देखिन्छ । पोखरामा गुडेका निजि पर्यटक तथा सार्वजनिक सवारीमा नियम विपरित राखिएका पोष्टर नम्वर प्लेट साथै प्रयोग भएका काला सिसामा प्रहरीको ध्यान जान्छ जादैन त्यो भने हेर्न वाँकी नै छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: