शान्ती पत्रकारिता पुरस्कारमा राजबहादुर गुरुङ छनौट

सराङकोट न्यूज
29 August, 2018 4:16 am
Advertisements

नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ चयन भएका छन्।

रमेश पौडेलको संयोजकत्वमा सदस्य सरस्वती गुरुङ, गीता विष्ट एवम् प्रतिष्ठानको तर्फबाट धर्मराज बराल (भोला) र कुञ्जन बराल रहेका छन् भने पदेन सदस्य प्रेस युनियनका अध्यक्ष शिरोमणी बराल र युनियनकै सचिव प्रकाश चन्द सापकोटा सहित ७ सदस्यीय छनौट समितिले गुरुङलाई सर्वसम्मतले छनौट गरेको थियो।

नेपाल प्रेस यूनियन कास्की द्वारा संञ्चालित पुर्ण प्रसाद बराल मायादेवी बराल प्रतिस्ठानद्वारा स्थापित गण्डकी प्रदेश स्तरीय शान्ति पत्रकारिता पुरस्कार २०७५ द्वारा पोखरामा आफ्नो कर्म थलो बनाइ लामो समय पत्रकारताको माध्यमबाट सेवा पुर्याउदै आएका नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार राज बहादुर गुरुङलाई प्रदान गर्ने निर्णय पुरस्कार छनौट समितिको सिफारिसमा भाद्र १२ गते शिरामणी बरालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकद्वारा सर्व सम्मत अनुमोदन गरिएको छ।

यही भदौ २२ गते बिहान ८ बजे पोखरा उद्योग बाणिज्य संघ को अमृत कक्षमा परमपुज्य महयोगी सिद्धबाबा श्री श्री १००८ श्री डा. श्रीवैश्नव कृष्णदास जी महाराजका वाहुली बाट उक्त पुरस्कार प्रदान गरिने भएको छ।

बुवा हिरा सिंह र आमा देवकुमारी गुरुङको कोखबाट अन्नपूर्ण गाउपालिका–११ मा जन्मेका गुरुङ हाल पोखरा–१६ सेतिमार्गमा बस्दै आएका छन्। पत्रकारितामा स्नातक गरेका गुरुङ २०५१ साल देखि स्थानिय तथा राष्ट्रिय मिडिया मध्ये जनसत्ता साप्ताहिक, सुचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श , तरुण, घटना र बिचार , जनमन्थन, सगरमाथा टेलिभिजन, युनाइटेड दैनिक लगायतमा सम्बादाता, प्रकाशक, सम्पादक भई कार्य गरेका छन्।

नेपाल पत्रकार महासंघद्वारा सन्चालित गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, तमु (गुरुङ ) संचारकर्मी संघ नेपाल द्वारा सन्चालित “तमु पत्रकारिता पुरस्कार, तमु संस्कृतिक प्रतिष्ठान द्वारा सञ्चालित पार्बता पत्रकारिता पुरस्कार तथा दर्जनौं संघ,संस्था बाट सम्मानित भईसकेका छन्।

विभिन्न संघ संस्थामा आवद्ध रहेका गुरुङ युनाइटेड खबर डटकम तथा युनाइटेड दैनिकका प्रधान सम्पादक हुन भने तमु(गुरुङ) संचारकर्मी संघ नेपालका सल्लाहकार समेत रहेका उनि विभिन्न विकाश निर्माणका कार्यहरुमा समेत उल्लेखनिय योगदान पु¥याउदै आएका छन्।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: