Prabhu Bank Ad

समस्या र चुनौतीको घेरामा प्राकृतिक राजधानी मुस्ताङ

सराङकोट न्यूज
4 November, 2018 3:04 am

हिमाल पारीको जिल्ला मुस्ताङ यतिखेर धपक्क बलेको छ । ऐतिहासिक, धार्मिक, पुरातात्विक तीनै प्रकारको विरासत धान्न सफल मुस्ताङ आन्तरिक र वाह्य पर्यटकको रोजाइको गन्तव्य वनेको छ । १ वर्षे वालक देखि सय वर्षे वृद्धा वृद्ध सम्मको रोजाइमा पर्न सफल मुस्ताङको खास राज के छ ? त्यहाँको पर्यटन कसरी फस्टाइरहेछ, समस्या र चुनौती हरु के के छन् ? राज्यको योजना र अवधारणा के छन् ? सराङकोट साप्ताहिकले गरेको स्थलगत रिपोर्ट ः

मुस्ताङ जिल्लाको भू–गोल
३५७३ वर्गकिलो मिटर क्षेत्रफल रहेको मुस्ताङ जिल्लालाई हिमाल पारीको जिल्लाको उपमा दिएको

मुक्तिनाथ मन्दिर परिसर

 छ । मुस्ताङ जिल्लाको डोल्पा, मनाङ र म्याग्दीलाई जोडेको छ भने उत्तरी सिमाना पुरापुर चिन सँग जोडिएको छ । करिव सत्र हजार जनसंख्या रहेको मुस्ताङमा साविक १६ वटा गा.वि.स. रहेको थियो हाल ५ वटा गाउँ पालिका रहेका छन् जसमा लोमान्थाङ, डालोमे, वारगाउँ मुक्तिक्षेत्र, घरापजोङ र थसाङ गाउँपालिका वनाइएकाछन् । वौद्ध र हिन्दु धर्मालम्वीहरु रहेको त्यहाँको भाषा नेपाली थकाली, घले र टिवटेन रहेको छ ।
भौगोलिक विकटताले गर्दा मुस्ताङ जिल्ला विकासमा पछि परेपनि त्यहाँको प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक र पुरातात्विक महत्वको कारण मुस्ताङ जिल्ला नेपालको लागि मात्र नभएर विश्वकै लागि चर्चित वन्न पुगेको छ ।
मन जित्न सुन्दर हुनुपर्छ, सुन्दर हुन हरियाली चाहिन्छ भन्ने धारणालाई मुस्ताङ जिल्लाले गलत सिद्ध गरिदिएको छ । उजाड देखिने मट्यौले पहाड, वुङ्ग उड्ने धैसे वालुवाको पहाड पनि अलौकिक सुन्दर लाग्ने गरी मोहनी लगाइदिएको छ मुस्ताङले । मरुस्थल लाग्ने ति भुगोलमा अमृत तुल्य पानी, देखि जीवन धान्ने वुटी समेत उपलव्ध छन् ।
धौलागिरी र निलगिरी हिमालको काखमा रमाइरहेको मुस्ताङलाई गुम्वा र गुफाहरुको जिल्ला पनि भनिन्छ । हिन्दु र वौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र मुक्तिनाथले वर्षमा लाखौं पर्यटकलाई भित्र्याउने गरेको छ । अर्को प्रसिद्ध धार्मिक स्थल दामोदर कुण्ड पनि मुस्ताङ जिल्लामै रहेको छ । मार्फाको स्याउ सर्वत्र लोकप्रिय छ । यार्सा गुम्वा, भेडा च्याङग्राले पनि वजारमा कव्जा जमाएको छ ।

कसरी जाने मुस्ताङ
गण्डकी प्रदेशको राजधानी पोखराबाट जोमसोमको सडक मार्गको दुरी करिव १६० किलोमिटर रहेको छ । पोखरा वाग्लुङ राजमार्गलाई मालढुंगामा छोडेर वेनी हुदै भुरुङ तातोपानी, दाना, रुप्से, घासां, कोवाङ, स्याङ, मार्फा हुदै जोमसोम पुगिन्छ । पैदल यात्राबाट ४२ घण्टामा जोमसोम पुगिन्छ भने अहिले वस, जिप र मोटरवाइक मार्फत सहजै जोमसोम छिचोलिन्छ । वसमा १० घण्टा, जिपमा ८ घण्टा र मोटरसाइकलमा ७ घण्टामा जोमसोम पुगिन्छ ।
जोमसोमबाट कागवेनी ११ किलोमिटरको कच्ची सडक छ । कागवेनीवाट मुक्तिनाथ १२ किमी कालोपत्रे सडक रहेको छ । अपर मुस्ताङ जान कागवेनीवाट ४२ किलोमिटर सडक यात्रा तय गर्नु पर्छ । यो रुटमा खास मोटर चल्दैनन् तर पनि जिप रिजर्व गरेर करिव आठ घण्टामा लोमान्थाङ पुग्न सकिन्छ । कालिगण्डकी तर्दै पहाड चढ्दै वगर झदै लोमान्थाङ पुग्दा गाडीको हण्डर ठक्कर सहजै भुलाउँछ प्रकृतिको मनमोहक सुन्दरताले ।

कागवेनी

भाडा र खानामा सिण्डिकेट

केहि वर्ष अघि सम्म मुस्ताङको यातायातमा मुस्ताङीको मात्र एकक्षत्र रजाई थियो । पछिल्ला केहि वर्ष देखि बल्ल सवै खाले नम्वरका गाडीहरुले मुस्ताङमा प्रवेश पाएका छन् । काठमाडौं, जोमसोम, सुनौली जोमसोम, वेनी सोमसोम, पोखरा जोमसोम सिधा वसहरु सञ्चालनमा छन् । जिपले पोखरा वेनी, वागलुङ वाट सेवा दिइरहेका छन् । मुस्ताङ जीप तथा वस समिति, म्याग्दी यातायात समिति, धौलागिरी यातायात, घोडाघोडी वस सेवा, म्याग्दी कोरला जीप समिति गरी करिव आधा दर्जन संस्थाले यातायात सेवा सञ्चालन गरेका छन् । संख्यात्मक रुपमा विभिन्न समिति र प्रा.लि. देखिए पनि भाडाको सिण्डिकेट तोडिएको छैन । सवै समितिले भाडा समान वनाएका छन् ।

पोखरावाट जोमसोम जान बसमा ११ सय, जिपमा १८ सय पचास लिने गरेका छन् । यस्तै जोमसोमबाट मुक्तिनाथ जम्मा २३ किमी सडकमा ३ सय ३० रुपैया भाडा असुल्दै आएका छन् । भाडा निर्धारण अपारदर्शि रहेको छ । १८० दुरी पार गर्न वसमा १४ सय ३० रुपैया र जिपमा २ हजार दुई सय रुपैया तिर्नु पर्छ ।

खाना खाने होटलमा म्याग्दी देखि लोमान्थाङ सम्म एक दाम तोकेका छन् । म्याग्दीको तातोपानी देखि दाना, घाँसा, मार्फा, जोमसोम, कागवेनी, मुक्तिनाथ लो मान्थाङ सम्म एक छाक सादा खानाको ३ सय ५० र मासु भात ५ सय तोकेका छन् । भात व्यवसायीहरुले वैठक वसेरै एक दाम तोकेको उनिहरु बताउँछन् ।
सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउन खोजेपनि व्यवसायी वीचको सिण्डिकेट उस्तै रहेको छ । सडकको स्तरोन्नती भए पनि भाडा समायोजन गर्न र अन्य लोकमार्गमा जस्तो पोखरा मुस्ताङ मार्गमा मेनु व्यवस्थापन गर्न सकेको छैन ।

चुनौती : व्यवसायी व्यवसायी वीच रुष्टता वढ्दो
राज्यले सिण्डिकेट प्रणाली विस्थापन गर्न खोजेपनि व्यवसायीहरुवाट झन् कठोर सिण्डिकेट लाद्ने गरेका छन् ।
लोप्से वहुउद्देश्यीय प्रा.लि. काठमाडौं द्वारा सञ्चालित घोडाघोडी यातायातले मुस्ताङको सडकमा एकाधिकार लाद्ने जमर्को गरेको छ । काठमाडौं महानगरपालिका सँग गोगवु वसपार्क सञ्चालनको ठेक्का लिएको लोप्सेले मुस्ताङको यातायात कव्जा गर्न खोजेको छ । आफ्नो वस सेवा वाहेक अरुलाई गोगवु वसपार्कमा काउन्टर समेत राख्न नदिएका कारण अन्य यातायात व्यवसायीहरु मर्कामा परेको जनाएका छन् । काउन्टर नपाएपछि एकतर्फि मात्र यात्रु वोक्न पर्दा व्यवसाय डुव्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । राज्यले सवैलाई समान दृष्टिकोण राख्नु पर्ने मुस्ताङ जिप तथा वस व्यवसायी समितिले आग्रह गरेको छ ।

खासगरी मुस्ताङमा अझै पनि कानून कार्यान्वयनको चुनौती रहेको छ । वाहिरी जिल्लाबाट आउनेलाई जग्गा जमिन खरिद गर्न सहज छैन । व्यापार व्यवसायमा पनि स्थानियकै वर्चस्व रहि आएको छ । मुखिया प्रथावाट प्रसाशन चलाउने देखि विवाद समाधान गर्ने पद्दति अझै पनि कायम रहेको छ ।

जोमसोम सडक

राज्य के गर्दैछ ?
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले घासां देखि कोरोला सम्मको लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको महत्व वुझेर ठेक्का तोकिएकै अवधिमा सकिने गरि काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए । पाँच वटै गाउँ पालिकामा सडक पहुँच पुगिसकेको तर विद्युत   पुग्न वाँकी रहेको ठाउँको वारेमा सम्बन्धित निकाय र जनप्रतिनिधि सँग छलफल गरेर प्रकृया अगाडि वढाइने प्र.जि.अ. क्षेत्रीले वताए ।
मुस्ताङमा हाल कायम रहेको भाडा दर महंगो भएको वारे अध्ययन गरिने र प्रयोजन विपरित भाडामा संचालित रातो प्लेटका सवारी साधन लाई केहि दिनमै सार्वजनिक सूचना जारी गरी नियमन गरिने उनले वताए ।
मुस्ताङीहरुमा ठूलो अपेक्षा खासै नरहेको भएपनि आकस्मिक र अत्यावश्यक उपचार गर्न सुविधा सम्पन्न अस्पताल नरहेको र पोखरा काठमाडौं लैजान यातायात अभाव रहेको उनले वताए । जोमसोमको पद्धति मुखिया व्यवस्था सँग जोडिएको ले जनप्रतिनिधि मुखियासँग सहकार्य गर्दै अघि बढ्ने प्र.जि.अ. गगा बहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्: