अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तिम चरणको तयारी पुरा

सराङकोट न्यूज
29 May, 2018 2:12 pm

उद्घाटन पृथ्वीसुव्वाले, समापन प्रचण्डले गर्ने

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अन्तिम चरणको कार्यक्रमको तयारी पुरा भएको छ । यहि जेठ १७ गते देखि २० गते सम्म आयोजना हुने अन्तिम चरणको कार्यक्रमको उद्घाटन प्रदेश नं। ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले गर्ने भएका छन् भने २० गते हुने समापन समारोह नेकपाका अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने तय भएको महोत्सवका प्रचार प्रसार संयोजक टंक अधिकारीले वताए । समापनको दिन कास्कीबाट मन्त्री वनेका रविन्द्र अधिकारी र जगत विश्वकर्मा पनि सहभागी हुने पनि अधिकारीले वताए।
महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथन रहेको छ । अन्नपूर्ण वेसक्याम्पवाट घान्द्रुक सम्मको ४२।१९५ किमी दुरीमा आयोजित यो म्याराथान दुर्लभ मानिएको छ । म्याराथन विजेताले १ लाख नगद पुरस्कार सहित मेडल प्राप्त गर्नेछन् भने दोश्रोले ७०हजार र तेस्रोले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र पाउनेछन् । यसका अतिरिक्त अन्तर वडा स्तरिय महिला भलिवल, क्लव स्तरिय पुरुष वास्केटबल, भेट्रान पुरुष भलिवल हुनेछन् । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको उद्घाटन ०७४ असोज २५ गते अन्नपूर्ण वेशक्याम्प भएको थियो भने दोश्रो चरण पुष १० देखि १५ गते सम्म छोम्रोङमा भएको थियो।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: