![](https://www.sarangkotnews.com/wp-content/uploads/2018/12/Lekhnath-Mahotsav-news-coverage-by-Ganthan.png)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको आयोजनामा १५ औ लेखनाथ महोत्सव २०७५ हुनेभएको छ । महोत्सव ‘सांस्कृतिक, स्थानीय उत्पादन विकास र सम्वृद्धि’ भन्ने मुुल नाराका साथ हुन लागेको उद्योग वाणिज्य संघले आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । पुुस ५ गते देखि १६ गते सम्म हुन लाग्ने उक्त महोत्सवको सह आयोजक गण्डकी प्रदेश पोखरा महानगरपालिका र नेपाल उद्योग वाणिज्य संघ रहेका छन् । मूख्य प्रायोजक एडभान्स ग्रुपको एडभान्स सिमेन्टले सहयोग गर्ने भएको छ । महोत्सवको मूख्य उद्देश्य औद्योगिक उत्पादन र हस्तकला वस्तुहरुको वजार प्रवद्र्धन पहिचान स्थानिय उत्पादन लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनका लागि आवश्यक ज्ञान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोक्ता वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जाति, भाषा कला सस्कृती रितीरिवाजको जगेर्नामा टेवा पु¥याउनुका साथै आन्तरिक एवम् वाह्य पर्यटन प्रवद्र्धन गर्ने रहेको आयोजक पत्रकार सम्मेलन संघका अध्यक्षले वताए ।
महोत्सव व्यवस्थित ंगर्नको लागि १३३ सदस्यीय कार्य समिति सम्पादनका लागि र सदस्यीय निर्देशन समिति, २५ सदस्यीय सल्लाहकार समिती र ४० उप–समितीहरु वनाएको आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
त्यस्तै खुल्ला कविता प्रतियोगिता मार्फत प्रथम, द्धितीय, तृतीय क्रमशः १५ हजार, १० हजार, ५ हजार र सान्त्वनालाई ३ हजार प्रदान गरिने उक्त महोसत्मा विद्यालय स्तरिय एकल नृत्य तर्फ प्रथम, दितीया, तृतीया क्रमशः २० हजार, १५ हजार, १० हजार र सान्त्वना २ जनालाई ५–५ हजार दिईने र गण्डकी तारा प्रतियोगीतामा गायन विधामा प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३५ हजार, तृतीय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार १० हजार दिईने जनाइएको छ ।
मातृशक्तिहरुको सम्मानमा रत्यौली गित प्रतियोगीता तर्फ प्रथम रु.३० हजार, द्धितीया २२ हजार, तृतीय १५ हजार र सान्त्वाना रु ७ हजार ५ सय साथै उत्कृष्ट लुठोलाई रु.२५०० र उत्कृष्ट नृत्य तर्फ प्रथम रु २५०० प्रदान गरिने तथा झाकी ¥याली तथा भेषभुषा तर्फ प्रथम रु १५ हजार, द्धितीय रु १० हजार, तृतीय रु ५ हजार र सान्त्वना रु. १ हजारका दरले २५ जनाले उत्कृष्ट सांस्कृतिक प्रर्दशनी तर्फ रु १५ हजार प्रदान गरिने जनाएको छ । यस वर्ष महोत्सवमा नयाँ कार्यक्रमहरु पनि थप गरिएको छ। शैक्षिक प्रर्दशनी सुचना प्रविधी प्रर्दशनी लाईभ म्युजीक कन्र्सट तथा जनविहरुको सम्मानमा लोप हुन लागेको रिती रिवाज तथा संस्कृती झल्कने उत्कृष्ट नृत्यहरु समेत प्रर्दशन गरिने छ ।
महोत्सवमा स्टल संख्या ३५० छन् भने अनुमानित ३ लाख दर्शक आउने अपेक्षा राखिएको छ भने अनुमानित १ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । खर्च तर्फ करिव ९८ लाख र वचत करिव ३५ लाख हुने अपेक्षा राखिएको छ। वचतवाट कृषी उपकरण विक्री केन्द्र निमार्ण प्रर्दशनी स्थलको स्तर उन्नती स्वस्थ्य पर्यटन कृषी लगाएतमा खर्च गरिने वताए । मेलामा मूख्य आर्कषक कवि शिरोमणी लेखनाथ पौडेलको सम्मानमा देश व्यापी खुल्ला कविता प्रतियोगीतामा लुकेको प्रतिभाको खोजी गर्ने छ । महोत्सवमा साधारण टिकटका लागि रु ६० र विद्यार्थी परिचयपत्रको आधारमा रु ४० तोकिएको छ । साँझ कन्सर्टको टिकट भने रु १०० राखिएको छ भने स्थायी प्रवेश पासका लागी रु.२५० तिर्न पर्नेछ । यसका लागी सम्पुर्ण जिम्मेवारी लेखनाथ सामुुदायिक सेवा केन्द्रलाई दिइएको सम्मेलन मार्फत जानकारी गराइएको थियो ।
वृद्ध बुवा आमा अपा· एकल महिला सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा प्रवेश दिइने छ । भने लेखनाथ उद्योग वाणिज्य सघंका सदस्यलाई भने परिचय पत्रको आधारमा प्रवेश दिइने आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)