पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कमिशनको गन्ध, लाखौंको सामान किन्दै मिल्काउँदै

सराङकोट न्यूज
27 December, 2018 3:40 am
Advertisements

स्तन क्यान्सर स्क्रिनिङका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानले मेमो ग्राफी मेसिन खरिद गरेको डेढ वर्ष भइसक्यो तर एक पटक पनि प्रयोगमा ल्याइएको छैन । ५१ लाख ४१ हजार ५ सय रुपैयामा खरिद खरिएको उक्त मेमो ग्राफी मेसिन जिन्सि दाखिल भएको १८ महिना पूरा भइसकेको छ तर विरामीको उपचारमा उक्त मेसिन उपयोग हुन सकेको छैन ।
यस्तै ७ लाख ३४ हजार पाँच सय रुपैयामा खरिद गरिएको इ.इ.जि. मेसिन स्टोरमा मिल्काइएको छ । मानसिक रोगको उपचार गर्ने उक्त मेसिन सुरुका केहि समय चल्यो तर त्यसले निरन्तरता पाएन ।
मानसिक रोगको उपचार गर्ने अर्काे यन्त्र इसिटी पनि प्रयोग विहिन वन्न पुगेको छ । १ लाख ४८ हजार ५९५ रुपैयाको मेसिन प्रयोगमा ल्याउन सम्बन्धित चिकित्सक प्राविधिक र अस्पताल प्रसाशनको ध्यान गएको छैन ।
यस्तै २०७२ असार २७ गते खरिद गरि जिन्सी ताखिला गरिएको ए.वी.जी. मेसिन आइ.सि.यु.मा थन्किएको छ । ८ लाख ६७ हजार रुपैयामा खरिद गएिको ए.वि.जी मेसिन पनि खरिद गरियो तर प्रयोग गरिएको छैन । ति अधिकांस मेसिन आर्थिक वर्षको अन्तिम महिनामा खरिद गरेको पाइएको छ ।

किन गरिएन प्रयोग ?

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानले विभिन्न मितिमा खरिद गरेका विरामीको उपचार सम्बन्धि उपकरणहरु खरिदमा दशौं लाख खर्च भएका छन् । राज्यको ढुकुटी बाट खर्च गरि खरिद गरिएका समानहरु स्टोरमा मिल्काइएका छन भने कतिपय मेसिन उपकरणहरु सम्बन्धित शाखामा भएर पनि प्रयाग विहिन अवस्थामा छन् । समानको अर्डर गर्ने चिकित्सक, प्राविधिक र अस्पताल प्रसाशनलाई समेत मेसिन उपयोग गर्ने चासो देखिदैन । समान खरिद गर्दा कमिशन पाइने भएपछि समान खरिद पछि त्यसको वारेमा अस्पताल प्रसाशनलाई खासै चासो देखिदैन ।
५१ लाख ४१ हजार रुपैयामा २०७४ असार ३० गते खरिद भइ जिन्सी दाखिला भएको मेमो ग्राफी मेसिन प्रयोग नगर्नुका कारण वारे जिज्ञाशा राख्दा अस्पतालका निर्देशक डा अर्जुन आचार्य भन्छन् प्रिन्टर मेसिन मभएका कारण सेवा सुरु गर्न सकिएन मेमो ग्राफी मेसिन संगै प्रिन्टर पनि खरिद टेण्डर गर्नूृ पर्नेमा मेमो ग्राफी मात्रको खरिद प्रकृया गरिएका कारण प्रयोगमा ल्याउन नमिलेको डा.आचार्यले वताए । यो आर्थिक वर्ष भित्र प्रिन्टर खरिद गर्ने र प्रयोगमा ल्याइने भनिएको छ । मेसिनको वारेन्टी समय एक वर्ष असारमै सकिएको छ । मेमो ग्राफी स्तन क्यान्सर पहिल्याउने महत्वपूर्ण मेसिन हो तर खरिद प्रकृया र व्यवस्थापकीय चांजो पांजो मिलाउन नसक्दा मेसिन प्रयाग नै नभई पत्रु वन्ने अवस्थामा पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानले यस अघि खरिद गरिएका इसिटि स्टोर्समा थुपारिएको हो । इ.इ.जि. मेसिन (मानसिक रोग उपचार गर्ने मेसिन) पनि उपयोग गरिएको छैन । डा. लुमेश्वर आचार्यको माग बमोजिम खरिद गरिएको इ.इ.जी मेसिन अलपत्र रहेको छ । यस्तै सेट भइसकेको एम.आर.आई मेसिन जेनेटरको अभावमा सञ्चालनमा ल्याइएको छैन । सि.सट. स्क्यान वाड अवस्थामा छ ।

निजिलार्ई पोसाउने कमिशन कुम्ल्याउने

नेपालको सरकारी स्वास्थ्य सेवा जागिर खाने अखडा जस्तो वन्दै गएको छ । सरकारले नि शुल्क स्वास्थ्य सम्बन्धि निति ल्याए पनि शुल्क तिर्दा सम्म सर्व सुलभ सुल्कमा उपचार नपाएको अवस्था छ । मेसिन किन्ने तर नचलाउने एउटै कारण हुन सक्छ खरिदमा कमिशन । मेमो ग्राफी, सिटी स्क्यान, एम.आर.आई लगायतका विभिन्न समान प्रयाग नगर्दा निजि अस्पताल र किल्निक मोटाउने निशिचत छ सरकारी अस्पतालमा काम गर्ने अधिकांस चिकित्सकको निजि अस्पताल र क्लिनिकमा लगानी रहेको छ । सेवानपाएका विरामीलाई आफ्नो अस्पताल र क्लिनिकमा पठाएर कमाउ धन्दा गर्न पनि सरकारी अस्पतालको सेवा निस्प्रभावी वनाइएको सहजै वुझ्न सकिन्छ ।
अप्रेसनका विरामीहरुलाई ६ महिना देखि लाइनमा राख्ने गरिएको छ ६ महिना पछि विरामी उपचार गराउन अप्रेसनको लागी आउने संभावना न्यून रहन्छ लामो लाइनका कारण पनि विरनमीहरु विकल्पमा निजि अस्पताल र क्लिनिकको महंगो खर्च गरेर अप्रेसन गर्न वाध्य पारिएका छन् ।

Advertisements

नाम मात्रको प्रतिष्ठान

पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान नाम मात्रको प्रतिस्ठान रहेको टिप्पणी भइरहेको छन् । प्रतिष्ठान सुविधा सम्पन्न हुनुपर्नेमा सामान्य उपचारको लागि समेत महिनौ सम्म पालो कुर्नु पर्ने भएको छ । दातको उपचार गर्न आएकाले एक्सरे गर्नु वाहिर जानु पर्ने अवस्था छ । चिकित्सक उत्पादन गर्ने प्रतिस्ठान आज कागजमा मात्र प्रतिस्ठान वनेर वसेको छ । सेवा आायोग समेत गठन हुन सकेको छैन । अस्पताल मात्र हुदा पाइरहेको सेवासुविधा मा समेत कटौती हुदै गएको छ वरु निजि स्वास्थ्य संस्थालाई सरकारी अस्पताल भित्रै प्राईभेट क्लिनिक खोल्न दिन स्वास्थ्य मन्त्रालयले गरेको छ यसलाई कसरी मूल्याङकल गर्ने ?

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: