![](https://www.sarangkotnews.com/wp-content/uploads/2019/01/49895689_378397639373607_1509853133948321792_n.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी दुर्घटना न्यूनिकरणका लागि लामो मध्यम तथा छोटो दुरीमा चल्ने सवारीहरुका सवारी चालकहरुको स्वास्थ्य परिक्षणका लागि जिल्ला प्रहरी कार्यालय कास्की वप्रका डाँडाको नाका प्रहरी प्रमुख यातायात व्यवस्था कार्यालय गण्डकी हिमालयन आँखा अस्पताल जिल्ला स्वास्थ्य कार्यालय सहितको टोलीले संयूक्त अनुगमन गरेको छ ।
वढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको स्वास्थ्य स्थिति र सवारीको अवस्था चोक जाँच गर्न लेखनाथको तालचोकमा संयुक्त टोली खटिएको थियो । सो क्रममा पूर्व तिर वाट आएका लामो छोटो मध्यम तथा छोटो दुरीमा चल्ने सवारीका चालकहरुलाई स्वास्थ्य परिक्षण आँखा चेक जाँच गर्नुका साथै यातायात कार्यालय गण्डकीका प्राविधिकले सवारीको अवस्थावारे चेक जाँच गरेका थिए । चेक जाँचमा करिव ८६ जना चालकको चेक जाँच गरिएको थियो भने चेक जाँचको क्रममा १० जनाको प्रेसर हाई देखिएको तिन जनाले औषधी सेवन गर्दै आएको जानकारी प्राप्त भएको छ भने केहीलाई राम्रो डाक्टर सँग चेक जाँच गर्न सल्लाह दिइएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्यका निरिक्षक टिकाराम भण्डारीले वताए । सो चेक जाँच गर्नुले सवैका लागि राम्रो हुने सवै चालकले प्रतिकृया दिएको भण्डारीले वताए । यसो त सवारी चालकका लागि सवै भन्दा सम्वेदनसिल आँखा नै हुन्छ । हिमालयन आँखा अस्पतालका डा. गोविन्दनाथ योगीले करिव ८६ जनाको आँखा चेक जाँच गरिएको वताएका छन् योगीका अनुसार १० जना चालकले नजिकको नदेख्ने ७ जना चालकले टाढाको देख्न नसक्ने ६ जनाको आँखामा मासु पलाएको ७ जनाको आँखा सुख्खा रहेको अन्यको भने सामान्य रहेको जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख ओम रानाले यसरी चेक जाँच गर्नुले सवैलाई सचेत गराउने काम मात्र नभई धन जनको क्षति हुन वाट जोगाउने काम समेत भएको वताए । अगामी दिनमा पनि यस्ता चेक जाँचको क्रमलाई अझै परिस्कृत र सुधार गर्दै जिल्लाका विभिन्न ठाउँमा समेत चेक जाँच सचेतना कार्यक्रम गरिने वताउँदै आम सर्वसाधारण नागरिक सवारी चालक यात्रुहरुलाई समेत यदि कहि कतै त्यस्तो अस्वभाविक कृयाकलाप भएको देखेमा वा चालके लापरवाही गरी सवारी चलाएको पाएमा जिप्रका कास्की १०० जिट्राप कास्की १०३ मा फोन गरी सूचना तथा जानकारी गराई सहयोग गर्न आम नागरिकलाई अनुरोध गर्नु भएको थियो ।
यस्तै ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. ४ का प्रमुख एसपी विरेन्द्र वश्यालले यस्तो चेक जाँचलाई पोखरामा मात्र नभएर प्रदेश भरकै जिल्लामा समेत चेक जाँचका लागि निर्देशन दिइ सकेको वताए वश्यासलले आगामि दिनमा विभिन्न ठाउँमा सचेतना कार्यक्रम गर्ने मात्र होइन यसलाई यहाँका सम्पूर्ण सरोकार निकाय सँग हातेमालो गर्दै यस्ता कार्यक्रमलाई सर्वत्र विस्तार गर्दै लैजाने वताए ।
ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले भने पोखरालाई राम्रो व्यवस्थित शहर वनाउन एउटा ट्राफिक प्रहरीले मात्र नसक्ने भएको हुँदा यहाँका सरोकार निकाय तथा नियमनकारी निकाय साथै यातायात व्यवसायी यातायात मजदुरहरुको समेत सहयोगको आवश्यकता रहेको वताए । पोखरालाई व्यवस्थित वनाउनु पर्छ । तर यसका लागि सवै सरोकार निकायहरु जिम्मेवार भने वन्नै पर्छ । हिजो के थियो होइन अव के हुनु पर्छ के गर्नु पर्छ भन्ने तिर सवैको ध्यान जानू आजको आवश्यकता हो मिश्रले वताए ।
सो चेक जाँचको क्रममा सामुदायिक सेवा केन्द्र लेखनाथका कोषाध्यक्ष गंगा कुमारी खनाल डाँडाको नाक प्रहरी प्रमुख साथै सुरक्षा निकायका मातहतका प्र.नि. प्रनानी तथा ट्राफिक प्रहरीहरुको समेत उपस्थिति रहेको थियो । अनुगमन तथा चेकजाँचको क्रममा उपस्थित सवारी चालक हरुले यसरी चेक जाँच गरी चालकहरुको स्वास्थ्य परिक्षण तथा आँखा जाँच गरेर आफ्नो अवस्थाको जानकारी गराएकोमा खुसी व्यक्त गरेका थिए ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)