सरकार तानाशाही बन्न खोजेकै हो ?

सराङकोट न्यूज
19 February, 2019 7:01 am
Advertisements

२०१५ साल पछि नेपालमा वनेको बलियो सरकार केपी ओली नेतुत्वको सरकार हो । लोकतान्त्रिक भनिएको ओली सरकाले जनताको दुुई तिहाई वढी मत पाएर सत्ता सिन हुन पुगेको छ । जनताले जुन विस्वास र अभिप्रायले बहुमत दिएर सत्तामा पु¥याएर आज त्यहि सरकार जनता विरुद्ध निर्मन ढंगबाट खनिन् पुगेको छ ।
लोकतन्त्र गहना भनेको वाक तथा अभिव्यक्ति स्वतन्त्रता हो तर वर्तमान सरकार जनताको मौलिक अधिकार माथी अकुंश लगाउन उद्दत देखिएको छ । जनताको मुख टाल्न, सर्जकको सृजना माथी वन्देज लगाउन लेखकको कलम माथी हम्मर वर्साउने गरि कानुन वनाएर तानाशाह वन्ने सुरमा देखिएको छ । अहिले सम्म कोही कसैको दाश गुलाम नवनेको नेपालका जनता आफ्नै मतवाट बनेको सरकारबाट पिल्सनुपर्ने अवस्थामा पुुगेको छ । पञ्चायत साशन कालमा समेत नभएको अधिनायकवाद वर्तमान सरकारले लाद्त खोजेको छ ।
सरकार शान्तीपूर्ण गरिने हड्ताल, अनसन समेतमा प्रतिवन्ध लगाउने ध्याउन्नमा लागेको छ । आन्दोलन, हड्ताल, विरोध जुलुस, र्याली, अनसन जस्ता विभिन्न स्वरुपका आन्दोलन बाट प्राप्त भएको लोकतन्त्रबाट स्थापित भएको सरकारले आफ्नो स्थापित औचित्यनै भुल्न थालेको छ । सरकारले आफ्नो स्थापनााको प्रथम वर्षको उपलब्धी लाई चित्रण गर्ने कुनै गतिलो उपलब्धी हाता पार्न सकेको छैन । नागरिक स्वतन्त्रता विरोधी कानुन वनाएर अधिनायकवादी चरित्र प्रदशर्न गर्न तम्सिएको छ ।
स्पस्ट वहुमत प्राप्त सरकारले गति लिन सकेको छैन । जनताको जिवन संग प्रतक्ष सरोकार राख्ने स्वास्थ्य, शिक्षा र सुरक्षा सँग सरकार कति पनि जिम्मेवार देखिदैन । जनतालाई सर्वाधिकार सम्पन्न वताउने तर आफ्नो विरोध सहन त के सुन्न पनि नसक्ने वर्तमान सरकार लोकतन्त्र विरोधी अभियानमा केन्द्रीत पाइनुले चिन्ता व्यक्त गरिएको छ ।
गायक पशुपती शर्माले गाएको “लुट कान्छा लुट” वोलको गित माथी सरकारले दवाव दिएर यूट्यूव बाट हटाउन लगाएको छ । गायक शर्मा देश र जनताको गित गाउने जनवादी गायक हुन् । उनले गाएको गितमा व्यङयात्मक शैलीले सत्य तथ्य उजागर गरेको छन् । सरकारी शिक्षक, चिकित्सक, कर्मचारी, नेता मन्त्री सरकार र रास्ट्रपतिको सुविधामोहलाई छरपस्ट पारेका छन् तर अधिनायकवादी शैलीमा सरकारले आफ्ना विरुद्ध गाइएको आलोचनात्मक शव्दहरुमाथी घोर प्रतिसोध साँधेर त्यसलाई रोक्ने जमर्को गरेको छ ।
सरकाले आफ्नो कमजोर पक्षलाई उजागर गरिदिने सर्जकलाई धन्यवाद दिनुपर्ने थियो । गायक र लेखकलाई रास्ट्रिय सम्मान दिएर उनले देखाएका गल्ती कमजोरीहरुलाई सच्याउने तर्फ लाग्नु श्रेयस्कर हुन्थ्यो तर दुइतिहाईको दम्भ पालेको सरकारले स्वस्थ आलोचना सहन सकेन । यति सम्मकी लोकतन्त्रको मसिहा संझने प्रधानमन्त्री केपी आली र जननेता मदन भण्डारी पत्ती जो आज उनै नेताको रहस्यमय मृत्यूू पशात सहानुभुूतिका भरेङ चढेर रास्ट्रपती वनेकी छिन विद्या भण्डारी उनी समेत नागरिकको अभिव्यक्ती स्वतन्त्रता प्रतिको संवैधानिक हैसियत समेत भुल्न पुगेकिछिन ।
वर्तमान सरकार आम जनताका अधिकार खोस्न षडयन्त्रको तानाबाना वुनिरहेको छ । २१ औं सताव्दी आइटी र चिप्सको युग हो । संसारभरलाई मुुठ्ठीमा राख्न सक्ने समाजका लोकप्रिय समाजिक सञ्जाल समेत माथी गिद्धे नजर लगाइ रहेको छ । जनताले सरकारको गुण र दोषको आधारमा विरोध र समर्थन जनाइरहेको फेसवुक टुइटर लगायतलाई नियन्त्रण गर्ने गरि कानुन वनाउदै रहेको वुझिएको छ ।
हजारौँ अनलाइन पोर्टल वेदर्ता जथाभावी सञ्चालन भइरहेकालाई नियमन गर्न नसक्ने सरकार फेसवुक युटयुुव टयूटर वन्द गर्न खोज्दैछ हिजो फ्रि–वाइफाइको नारा दिएर चुनावी मुद्दा वनाएका दल आज चुनाव जित लगतै वाइफाईको औचित्य कत्लेआम गर्ने योजनामा रहेका छन् । यसले ४ वर्ष पछि चुनाव आउछ भन्ने कुरा वर्तमान सरकारले भुलेकै हो भने केहि भन्नुु छैन हैन भने हजारौ जनतालाई शहीद वनाएर ल्याएको लोकतन्त्र यहाँका वोट विरुवा ढुंगामाटोलाई होइन भन्ने बुझ्न जरुरी छ । लोकतन्त्र प्रेमी नेपालीले उत्तर कोरिया र इरानको जस्तो साशन व्यवस्था चाहेका छैनन् प्रधानमन्त्री केपी शर्मा ओलीले वुझनु जरुरी छ ।
प्रधानमन्त्री ज्यूले गर्नू पर्ने धेरै काम छन् । आफ्ना नागरिकले दिएको सल्लाह सुझावलाई आत्मसात गर्नूृृृृ पर्छ । निर्मला हत्याकाण्डका हत्याराहरु पहिल्याउ, सुन तस्करी, चेलीवेटी र मानव तस्करीका गिरोहलाई जनतासामु उभ्याऊ, होली वाइन पिएर करोडौ जनताको आस्था माथी प्रहार गर्ने कार्य वन्द गर, वाइडवडी खरिदका भ्रस्ट जो सुकै होस कानुनी दायरामा ल्याउ ।
जनता जनार्दन र उनिहरुका अधिकार रक्षाका लागि समर्पित रहनुपर्ने ओली सरकार आफ्नै खुट्टो काटेर आलोकप्रिय वन्ने जमकौ गर्दै कदमहरु वन्द गर । पशुपतिका रास्ट्रवादी गित यू–ट्युवबाट हटाएर जति नै दंगपरेपनि जनमनबाट कसरी हटाउछौ । यति कमजोर काम गरेर उल्टो गतिमा अघि वढेको सरकार अभिव्यक्ति प्रति पनि रोष प्रकट गर्न सक्छन् । जुन सर्वविदिनै छ तर रोकिन्नन् हाम्रा कलमहरु ।

https://youtu.be/CfkL_B46SEk

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: