![](https://www.sarangkotnews.com/wp-content/uploads/2019/10/most-wanted-1024x554.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
जहाँ प्रहरी प्रशासन वलियो छ त्यहाँ विधिको साशन जहाँ विधिको साशन चल्छ त्यहाँ सुशासन । राज्यकोषबाट तलव भत्ता सुविधा खाएर शान्ती सुरक्षा र सुव्यवस्था कायम गर्न पठाइएका खटाइएका प्रहरीहरुले विधिको साशन छोडेर सजिलै कमाउधन्दा तिर लागेपछि नागरिकले कसको भर पर्ने ? यो एउटा यक्ष प्रश्न तेर्सिएको छ राज्य माथि तनहुँ प्रहरीको सन्दर्भ ।
जिल्ला प्रहरी प्रमुख आटिलो र भरलाग्दो नहुँदा जिल्लाका नागरिकहरु कति त्रासमा वाँच्नु पर्छ भन्ने कुरा करिव १० वर्ष अघि कस्केली जनताले भोगेका थिए । तत्कालिन कास्की प्रहरी इञ्चार्ज सुवास चौधरी हुँदा गुण्डा राज चल्यो। ठेक्का पट्टा हाल्ने गुण्डाहरु, कमिशन खाने गुण्डाहरु, असुली फिरौती लिने गुण्डाहरुको संरक्षणमा लागेर कुस्त कमाएका एस पि चौधरीकै पालामा नयाँबजारमा प्रहरी माथि गुण्डाले गोली चलाएर जुनियर प्रहरीको मनोवल गिराएर ताण्डव मच्चाएका थिए । समाचार लेख्ने पत्रकारलाई प्रहरीकै आदेशमा गुण्डाले थर्काउथे लगभग न्याय र कानूनी साशन हराएको थियो । तत्कालिन डिआइजि नवराज ढकाल र एसपी चौधरीको वीच सकृय पुलिसिङ र सुशासन वाहेक धेरै कुरा मिलेको पाइन्थ्यो ।
तनहुँ प्रहरीको सन्दर्भ अहिले ठ्याक्कै त्यस्तै हुन खोजेको छ । कास्कीको सिमाना सँगै जोडिएको तनहुँ गुण्डाहरुको लागि स्वर्ग वनेको छ । डेढ वर्ष देखि ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका गुण्डाहरु अहिले खुल्लम खुल्ला वजारमा हिडिरहेका छन् । कारागारमा थुनिएका अभियुक्तहरुलाई कारागार कम्पाउण्ड भित्रै पुगेर भेटघाट, टिकोटालो र भोज भतेर गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर सिंगो प्रहरी संगठनलाई चुनौती दिइरहेका छन्।
एस.पि. विनोद सिलवालको ध्यान फरार अभियूक्त पक्राउमा छैन । उनले आफ्नो क्षमता देखाउन असफल सावित भएका छन् । तनहुँ कारागारमा पुगेर प्रहरी र पीडित पक्षलाई शक्ति प्रदर्शन गरेको उद्घोष दिएका सञ्जु भुजेल र सञ्जिव राइको ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त सुरज कायस्थ र सुवास कायस्थलाई पक्राउ गरेर अदालतमा वुझाउन तनहुँ प्रहरी असफल रहेको पुष्टि भएको छ । स्मरणिय छ सराङकोट साप्ताहिकले असोज २८ गते मंगलवार सराङकोट साप्ताहिकले “मोष्ट वान्टेडले दिए तनहुँ प्रहरीलाई चुनौती” शिर्षकमा प्रमुख समाचार छापेको थियो । समाचार आएको दिन एसपी. विनोद सिलवालले फरार अभियूक्त खोज्न केहि प्रहरीलाई खटाएका थिए तर प्रहरी नेता र शक्तिकेन्द्रलाई सेटिङ मिलाएका गुण्डाहरु पक्राउ पर्ने सम्भावना कमै रहेको वुझिन आएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको गृह जिल्ला तनहुँमा भइरहेको गुण्डाराज आफैमा लाजमर्दो छ। अपराध नियन्त्रणका लागि जस्तोसुकै जोखिम उठाउन निर्देशन दिने आइजिपी खनालको आदेश र निर्देशन उनको आफ्नै गृह जिल्लामा पंगु वनेको छ । तनहुँ प्रहरीको निरिहता यतिमा मात्र सिमित छैन । गुण्डाहरुको संरक्षण मात्र हैन ठूला जुवा घरलाई पनि संरक्षण दिएर रहस्यमय ढंगले कमाउ धन्दामा लागेको आरोप लागेको छ । दुई चार सयको जुवा समातेर लाखौं जुवा चल्ने तनहुँको सदरमुकाम दमौलीका जुवाघर निर्वाध चलिरहँदा पनि प्रहरी मुकदर्शक वनिरहेको भन्दै स्थानिय वासिन्दाले आश्चर्य व्यक्त गरेका छन् । व्यास नपा वार्ड नंं १ भादगाउँको जीवन ठकुरी र व्यास नपा गणेशमान चोक नजिकको साइला सुनारको घरमा महिनौ देखि चलेको मिनी क्यासिनोमा प्रहरीले किन छापा हानेन ? तनहुँका ठूला जुवाडेको जमघट हुने उक्त जुवाघर तनहुँ प्रहरीको प्रत्यक्षको संरक्षणमा संचालन हुने गरेको स्थानिय प्रत्यक्षदर्शीले वताएका छन् ।
यो जुवा प्रकरणमा मुद्दाका सई नारायण पौडेल धुमुवा सई कृष्ण वानियाँ, प्रह कृष्ण गुरुङ, डि.आइ.जि.को विश्वास पात्र घुमुवा सोम वि.क. ज जसले जस्तो भूमिका खेलेपनि त्यसको जस अपजस जिल्लामा एस.पि. विनोद सिलवाल प्रदेशमा डि.आइ.जि. विनोद शर्मा घिमिरे र केन्द्रमा आइजिपी सर्वेन्द्र खनालको अनुहारमा हिलो छ्यापेको छ । अव प्रश्न उठ्छ कहिले सम्म चल्छ संरक्षणमा जुवा घर ?
गुण्डागर्दी लाई जोगाउने तनहुँ प्रहरी, जुवा घर जोगाउने तनहुँ प्रहरी, वन्दी पुर ४, ठुल्ढुंगा का घाँटी रेटेर मारिएका श्याम शाहीका अपराधी पत्ता लगाउन नसक्ने तनहुँ प्रहरी, ९० दिन थुनेर अनुसन्धान गर्नु पर्ने लागू औषध कारोवारीलाई एक हप्तामै छुटाउने पनि तनहुँ प्रहरी । यहि शैलीको पुलिसिङले कस्तो शान्ती सुरक्षा र सुशासनको अपेक्षा राख्ने जनताले ? आउँदो माघ २८ गते अनिवार्य अवकाश पाउँदै गरेका प्रदेश प्रहरी प्रमुख डि.आइ.जी. विनोद शर्मा घिमिरे माथि विभिन्न ठाउँबाट रकम उठाउने धन्दा चलाएको आरोप सेलाएको छैन । रिटायर्ड हुन महिना गन्ती सुरु भएपछि प्रदेश प्रमुख वन्न ईच्छा राखेका डि.आइ.जी.ले जागिरको शाख जोगाउने गरी निस्पक्ष र सकृय पुलिसिङ विर्सेको भान जनतालाई नपरेको राम्रो । अघिल्लो हप्ता सराङकोटले तनहुँको जुवा काण्डको वारेमा संकेत गरेपछि जीवन ठकुरीले जुवाडे जम्मा पार्ने र मोवाइल क्यासिनो चलाउँदै आएको वुझिएको छ भने साइला सुनारले आफ्नै सुराकी र प्रहरीको सेटिङमा धन्दा चलाइरहेको विश्वस्त समाचार श्रोतले वताउँछ।
तनहुँ प्रहरीको अर्को काण्ड, ४० हजारमा ६ जनालाई छुटकारा
प्रहरीले विना कारण सायदैलाई पक्राउ गर्छ । गल्ती सानो ठूलो अनुसन्धानले वताउने कुरा हो तर जव प्रहरीले वदनियत राख्छ उसले निर्दोषलाई पनि दुःख दिन्छ दोषीलाई पनि उन्मुक्ति दिन्छ । असोज २ गते १५ थान डाइजोपाम सहित पक्राउ परेको अर्जुन परियार एक हप्तामै छुटाएको काण्डमा तनहुँ प्रहरीले चित्त वुझ्दो जवाफ दिन सकेको छैन । ९० दिन सम्म थुनेर अनुसन्धान गर्न पाउने मुद्दामा विधि विज्ञान प्रयोगशालाको रिर्पोट आउन मात्र ३५–४० दिन लाग्छ त्यस्तो मुद्दाका अभियुक्तलाई ७ दिनमै छोडेर तनहुँ प्रहरीले लागू औषध कारोवारीलाई ठूलै गुन लगाएको छ । दमौलीको भोर्लैटार चोकमा जिप्रकाको मुद्दाफाँटका कर्मचारीले गरेको डिल मिलेपछि उक्त मुद्दा ७ दिनमै फास्ट ट्रयाकवाट टुङ्याइएको खुल्न आएको छ।
यस्तै फास्ट ट्रयाकबाट अर्को काण्ड टुङ्ग्याइएको छ । ढिलो गरी सराङकोटलाई प्राप्त खबर अनुसार असोज ११ गते घाँसीकुवा नजिकका रिसिङ होटलको कोठाबाट ५ जना युवती र केहि लागू औषध गाँजा सहित पक्राउ गरेको प्रहरीले केहि वेर पछि दमौली बाट होटल मालिक समेतलाई पक्राउ ग¥यो। मालिक समेत पक्राउ गरे पछि प्रहरीले मुद्दा चलाउने धम्की दिएर उनिहरु बाट ४० हजार लिएपछि ६ जनालाई एकैदिनमा रिहा गरिएको घटना तनहुँ प्रहरी परिसर भित्रै खास खुस चर्चाको विषय वनेको थियो ।
कुरा मिलेपछि मुद्दा चल्ने कुरै टुङ्गिएको छ । तर पनि रकमको मोलमोलाइमा भएका गुह्य धन्दाले प्रहरीको साख गिराएको छ । ति केटीहरु होटलको कोठीमा किन आए उनिहरुको धन्दा के हो ? कसले परिचालन गर्छ, गाँजा वरामद भएको छ त्यो कसले सेवन वा कारोवार गर्छ भन्ने प्रश्न निरुत्तरीत वनेको छ । तनहुँ प्रहरीका पछिल्ला काण्ड छताछुल्ल हुदै गएको छ । आइजी साहेवको गृह जिल्ला किन निकम्वा वन्दै गएको छ । नक्सालको निर्देशन तनहुँमा किन पुगेन ? सेवा निवृत्त हुदै गरेका डिआइजी विनोद शर्मा घिमिरे आफै विवादित वनेका हुन् यसले पनि सकृय पुलिसिङको अभाव महसुस गरिएको छ ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)