फलेवास नगरपालिका १ कार्कीनेटा राममन्दीर टोलमा जन्मिएका अमृत प्रसाद पौडेलले पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीमा आयु अर्गानिक कृषि फार्म सुरु गरेका छन्।
पौडेलले आफ्नै ८ रोपनी जमिन र थप ४ रोपनी जमिन भाडामा लिएर सञ्चालित व्यवसायिक फार्ममा भौसीको दुध, ध्यू तथा नेपालका र विदेशका नौला स्वादका पकाएर र काचै खान मिल्ने सागसब्जी समेत पाइन्छ।
नेपालमा नै पहिलो पटक करिब १० प्रकारका विदेशमा प्रख्यात सागका विउहरु ल्याई उत्पादन समेत गरिसकेका छन्। विगत १८ महिना अगाडिबाट सुरु गरेको फार्ममा अहिले आफूले सोचे भन्दा राम्रो उब्जनी भएको जनाएका छन्। जमिनमा विषादी मल पहिला प्रयोग गरिएको र आफूले फार्म सुरु गरेबाट अर्गानिक मल प्रयोग गरेको हुदा अर्को वर्षदेखि राम्रो उब्जनी हुने बताएका छन्।
नेपालमा करिब १४ वर्ष प्रहरीको जागिरमा देशको सेवा गरि विदेशमा गएर केही गर्ने सोंचमा युरोपको बेल्जियममा गई १५ वर्ष आफ्नो कर्मथलो बनाएका थिए। वेल्जियममा परिवार सहित रहेका पौडेलले रेष्टुरेष्ट समेत चलाएका थिए। मासिक २ लाख भन्दा बढी कमाएका पौडेललाई नेपालमा कृषि पेशाले किन फर्कायो भन्ने हाम्रो प्रश्नमा “नेपाल कृषि प्रधान देश भएको र नेपाललाई कृषि क्षेत्रबाटै विकाश गर्न सकिने, कृषि क्षेत्रको विकास नभए देशको विकाश नहुने हुँदा आफूले १२ वर्ष कृषि क्षेत्रमा अध्ययन गरेको र सिकेको सीपलाई सम्पूर्ण नेपालीमा सिकाउनको लागि आएको” जनाएका थिए।
“यो मेरो सानो प्रयास हो आगामी दिनमा ईमान्दारीता पूर्वक काम गर्ने साथीहरु पाएमा हाम्रो देशलाई नै अर्गानिक कृषिमा पूर्ण निर्भर बनाउन सक्ने ग्राण्ड डिजाइन भएको जानकारी गराएका छन्।” विदेशमा अहिले अर्गानिक हरिया सागसब्जीको महत्व बढी रहेको छ उनिहरुलाई “स्वास्थ्य नै पहिलो धन मान्दछन् तर हाम्रो देशको प्रकृति राम्रो भएपनि खानपानमा भने हेलचक्राइ गरेको पाइन्छ न समयमा खाना खाइन्छ न स्वस्थ्य नै” पौडेल भन्छन्।
“विदेशमा भएका युवाहरुको पीडा आफूले भोगेको र देखेको हुँदा त्यती नै परिश्रम कृषि क्षेत्रमा व्यवस्थित तरिकाले गर्ने भने नेपालमा कमाई धेरै हुने जानकारी गराएका छन्।
पौडेलले अन्नपूर्ण मावि, मा अक्षयकोष स्थापना, ठापाठानाका पहिरो पिडित रेखा बिन्दु लाई रकम संकलन गरि लायन्स कलब पर्बत मार्फत सहयोग, बेल्जिमयममा नेपालि स्कुल सञ्चलन, सेतिबेनिमा असाय बालबच्चालाइ पर्बत समाज बेल्जियम मार्फत सहयोग गरि सामाजिक कार्यमा समेत उल्लेख्य योगदान गरेका छन्।
बजारमा उत्पादन कर्ता र उपभोक्ताको विचमा धेरै विचौलिया भएको कारणले कृषि पेशा धराशय हुनु मुख्य कारण रहेको छ। त्यसमाथी सरकारले उचित कृषक चिन्न नसक्नु र कृषि सुविधा प्याकेज पनि कृषकलाई नभई अन्य दलगत बाडिनुले झन कृषि क्षेत्र अन्धकारमय बन्न पुगेको छ। आगामी दिनमा विदेशबाट आएका पौडेल जस्ता एनआरएनहरुको सीप र क्षमतालाई लाई सही सदुपयोग भयो भने के कृषिमा क्रान्ति नहोला। कोरोनाको कहर सँगै नेपालमा ३० लाख भन्दा बढी नेपाली बेरोजगार हुने सम्भावना छ। विदेशमा रहेका नेपालीहरु फर्कने अवस्था छ। प्रलयले घाटा मात्र होइन नयाँ उर्जा समेत दिने गर्छ। यस समयमा हामी हाम्रो भूमिलाई उर्वर बनाउन सक्यो र अब आधुनिक अर्गानिक कृषिमा लाग्ने हो भने विश्व बजारबाट आयात गरिने कृषिलाई रोक्न सकिन्छ। कैयौ पैसा जोगिन्छ र स्वस्थ्य तरकारी खान पाइन्छ। स्वस्थ्य जिवनयापन जिउन सकिन्छ। हामी पैसा तिरेर रोग किनीरहेका छौं। हामीले खाने हरेक सागसब्जीमा किटनाशक औषधि प्रयोग गरिएको छ। यसलाई निर्मूल पार्न अर्गानिक कृषि उत्पादन र बजारको आवश्यकता छ। औषधि उपचारको लागि लगानी गर्नु भन्दा स्वस्थ खानपिनमा लगानी गर्नु आजको आवश्यकता हो।