चिलाउनेको काठमा चाप मिसाउने व्यापारी टेक्टर सहित पक्राउ

सराङकोट न्यूज
25 August, 2020 10:26 am

पोखरा महानगरपालिका वार्ड नं. ३३ प्राय चर्चामा आइरहन्छ कहिले ग्रावल उत्खनन् र ओसार पसार, कहिले सामुदायिक वनको सालका काठ तस्करी त कहिले सरकारी वन अतिक्रमण काण्ड ।
पछिल्लो पटक फेरी अर्को काण्ड थपिएको छ । काठ तस्करी काण्ड । स्थानिय दुर्गा कुमार श्रेष्ठले चिलाउनेको रुखको छोडपूर्जी लिएर चापको गोलिया मिसाएर पोखरा–१७ महतगौंडा ल्याउँदै गर्दा डिभिजन वन कार्यालय कास्कीले रंगेहात पक्राउ गरेर कारवाही अगाडि वढाएको छ ।
महतगौंडामा रहेको समिलमा ल्याउँदै गरेको ग १ त ४६४४ नम्वरको टेक्टरबाट चापका ६ वटा अवैध गोलिया लुकाइछिपाई ल्याउन लागेको अवस्थामा नियन्त्रणमा लिएको डि.एफ.ओ. रामकाजी श्रेष्ठले वताए । चिलाउनेको काठ दाउरा ल्याउन छोडपूजि दिएको तर चापको काठ मिसाएको पाइयो । चाँपको काठ ल्याउन अनुमति दिइएको थिएन श्रेष्ठले भने ।
महतगौंडामा रहेको समिलमा ल्याइने काठको वारेमा थप अनुसन्धान गर्नु पर्ने वन कार्यालय स्रोतले वताएको छ । वन क्षेत्रको आसपासमा रहेका समिलहरुमा यस अघि पनि रुख कटान तथा काष्ठ सामग्री तस्करी हुने गरेको स्रोत वताउँछ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: