पदको दुरुपयोग गर्दै यौन शोषणका आरोपी लेखा अधिकृत निलम्वनमा

यदुनाथ बन्जारा
8 September, 2020 11:13 am

महिला कर्मचारीहरु कार्यस्थलमै कति असुरक्षित हुन्छन् भन्ने घटनाको पछिल्लो उदाहरण हिमालय आँखा अस्पताल पोखरामा घटेको छ । उक्त अस्पतालमा काम गर्ने सरसफाई कर्मचारी आफ्नै कार्यालयका लेखा अधिकृतले विगत लामो समयदेखि मजबुुरीको फाइदा उठाउँदै दवाव र प्रभावको भरमा शारीरिक शोषण गर्दै आएको भन्दै पीडित महिलाले अस्पताल व्यवस्थापन र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन समक्ष यौन दुराचारबाट न्याय पाउँ भन्दै निवेदन दर्ता गरेकि छिन् ।
अस्पताल प्रशासनले आफ्नै कार्यालयका लेखा अधिकृत वामदेव सुवेदीलाई निलम्वन गरेको बताएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले भने –“हाम्रै कार्यालयमा कार्यरत जुनियर कर्मचारीले लेखा अधिकृतबाट शारीरिक शोषण गरेको आरोप सहित उजुरी दिएपछि लेखा अधिकृत वामदेव सुवेदीलाई निलम्वित गरेका छौं ।”
अस्पतालमा कार्यरत जुनियर र सिनियर कर्मचारी वीच घटेको उक्त प्रकरण वाहिरिएपछि हस्पिटलमा कार्यरत एउटा पक्षले घटना मिलाएर लैजाने कसरत गरेको छ भने अर्को पक्षले यौन शोषण गरेको आरोप लागेका लेखा अधिकृत विरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेर कारवाही अगाडि वढाउनु पर्ने भन्दै कसरतमा लागेको पाइएको छ ।

के हो घटना विवरण

यौन शोषणको शिकार भएकी हिमालय आँखा अस्पतालमा कार्यरत करिव ३५ वर्षकी महिलाले २०७६ साल मंसिर पहिलो हप्तामा आफ्नो भाइको विवाह आँटेकोले ५० हजार रुपैयाँ आफ्नै तलवबाट पेश्की सापटी मागेकि रहिछन् । लेखा अधिकृत वामदेव सुवेदीले मिल्दैन भन्दै धेरै झुलाएछन् । माइती र आफ्नो आर्थिक अवस्था कमजोर रहेको भन्दै जसरी भएपनि पेश्की सापटी माग्नुको विकल्प नभएपछि महिला कर्मचारीले ताकेता गरिरहिन् ।
यहि क्रममा एकदिन लेखा अधिकृत वामदेवले तिम्रो माग पुरा हुन्छ कोठामा जाउ म त्यहि आउँछु भनेर खाना खान ११ वजे कोठामै पठाए। केहि वेरपछि वामदेव महिलाको कोठामा पुगेर उनिसँग शारीरिक सम्पर्क राखेपछि मात्र पेश्की सापटी रकम दिएर अफिस फर्किए ।
महिला कर्मचारीले आफ्नो तलवको रकम पेश्की सापटी लिदाँ पनि शरिर सुम्पनु पर्ने गरिवीको फाइदा उठाएको उनले वताइन् । यो भन्दा पहिला ४ वर्षसम्म कुनै न कुनै विषय जोडेर मजवुरीको फाइदा लिन दवाव र प्रभावको भरमा दर्जनौ पटक लेखा अधिकृत सुवेदीले आफ्नो अस्मिता लुटेको भन्दै पीडित महिला भक्कानिइन् । तलव, भत्ताको सवै काम लेखा अधिकृत बाटै हुने हुँदा उनले वढि तनाव वेहोर्न परेको दावी गरिन् । एक पटक इज्जत लुटेपछि त्यहि कुरालाई लिएर पटक पटक धम्काई धम्काई शारीरिक शोषण गरेको महिलाले दावी गरेकी थिइन्।
पीडा सहँदा सहँदा असह्य भएपछि वल्ल आफूले साहस वटुलेर न्यायको लागि याचना गरेकि ति महिलाले कानुन व्यवसायी सँग परामर्श लिएर प्रहरीमा उजुरी दिने तयारी गरिरहेको बताएकी छिन् । १९ गते शुक्रवार नै लेखा अधिकृत वामदेवलाई निलम्वन गरिसकेका छ भने अस्पताल विकास समितिले मेडिकल डाइरेक्टर डा. इन्द्र मान महर्जनको संयोजकत्वमा एक छानविन समिति गठन गरेको छ । अधिवक्ता सुरेन्द्र थापा मगर भन्छन् यो समिति आन्तरिक विषय हो प्रहरीमा मुद्दा दर्ता भए लगत्तै छानविन समितिको औचित्य रहनेछैन किनकी यो फौजदारी अपराध संहिता अन्तर्गतको मुद्दा हो ।”

Advertisements

अर्की पीडित थपिइन्

सरसफाई कर्मचारीले आफू ४ वर्ष देखि शारीरिक शोषणबाट पीडित भएको कुरा वाहिर ल्याए लगत्तै करिव सोही उमेर समूहकी अर्की महिलाले पनि आफू लेखा अधिकृत वामदेव सुवेदीको यौन शोषणको शिकार हुनु परेको खुलासा गर्दै कानुनी उपचार खोज्न पोखरा आएको वताइन् । गरिवी र वेरोजगारीका कारण जागिर खोज्ने क्रममा २०७५ साल वैशाख देखि आफूलाई सुवेदीले यौन शोषण गरेको दावी उनले गरेकी छिन् ।
जागिरको लागि २०७५ वैशाखमा एक महिना कोठा लिएर वस्न उनैले लगाएको र सोही कोठामा आएर पटक पटक यौन कृयाकलाप गरेको ति महिलाले वताइन् । हात मुख जोर्न धौ धौ परिरहेको वेलामा त्यहि मजवुरीको फाइदा उठाएर मेरै कोठामा आएर उसले जवर्जस्ती प्रस्ताव राख्यो, सम्पर्क गर्न नदिए जागिर दिन्न भन्दै धम्क्याइ धम्क्याइ मलाई शरीर सुम्पन वाध्य वनायो म लाचार भएर सुते उनले भक्कानिदै आफ्नो पीडा पोखिन् ।
तनहुँको दमौली स्थित आँखा सेवा केन्द्रमा कार्यालय सहयोगी पदमा करार नियुक्ति दिने दिनमा २०७५ जेष्ठ १ गते हिमालय आँखा अस्पताल पोखरामा आफ्नै कार्यालयको भित्री कोठामा लगेर चुक्कुल लगाई यौन सम्पर्क गर्न खोज्दा मैले प्रतिकार गरें, संवेदनशिल अंगमा आक्रमण गर्न थालेपछि आफू रुदै कराउँदै वचेर वाहिर निस्किएको उनले वताइन्। महिनाको १० हजारको जागिर खान पटक पटक शरीर सुम्पनु पर्दा असैह्य पीडा वोध भएको र तनहुँमा सेवा केन्द्रमा गए पछि आफूले सुरक्षित महसुस गरेको ति महिलाले वताइन् ।
तनहुँ कार्यालय रहँदा पनि वेला वेलामा भेट्न वोलउने, होटल जान आग्रह गरे पनि आफूले वेवास्ता गरेको कारण २०७५ पुष मसान्तमा आफूलाई जागिरबाट निकालेर अलपत्र पारेको भन्दै उनले दुःख व्यक्त गरेकी थिइन् । कार्यालयको काममा केहि कमजोरी नहुँदा नहुँदै पनि लेखा अधिकृत वामदेवले आफ्नो स्वार्थ पूर्ति गर्न नपाए पछि एक्कासी मलाई हटाएर घरको न घाटको वनाएको भन्दै जागिर पुनरवाहाली माग र यौन पिपासुलाई कारवाहीको लागि आफूले संघर्ष गर्ने ति पीडित महिलाले बताइन् । २ वर्ष सम्म किन न्याय नखोजेको भन्ने हाम्रो जिज्ञाशामा जागिर खाइरहेकी साथीलाई समस्या पर्न सक्ने हो कि भन्ने पीर र वामदेव सुवेदीको धम्की र डरका कारण उजुरी गर्न नसकेको पनि उनले वताइन् । उसंग (वामदेव सँग) धन सम्पत्ति, नेता, सवै छन् म सँग केहि छैन, कोही पनि छैन मैले न्याय पाउँछु र यौन दुराचारीलाई सजाय दिलाउन सक्छु भन्ने ढुक्क हुक भने सकेको छैन उनले सुस्केरा हाल्दै भनिन्
मैदानमा आएका यि महिलाहरुले यौन दुराचारीको आरोप लगाएका पात्र हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदी सँग हाम्रो जिज्ञाशा थियो पदको दुरुपयोग गरेर यौन दुराचार गर्नभएको हो ? उनले आरोप अस्वीकार गर्दै भने यो सत्प्रतिशत झुट्टा र मलाई फसाउने नियोजित षडयन्त्र मात्र हो यसमा कुनै सत्यता छैन । सुवेदीले ति दुवै महिलालाई आफूले राम्रो सँग चिनजान समेत नभएको वताए । आफैले नियुक्ति पत्र वनाई कार्यकक्षमै दिन वोलाएर जोर जुलुम गरेको दावी गर्ने तनहुँ कर्मचारीलाई चिनेकै छैन भन्न समेत भ्याएका छन् जवकी सेवा प्रमाणित पत्रमा लेखा अधिकृत वामदेव सुवेदी स्वयम्ले दस्तखत गरेका छन् । देखादेख झुट्टा वोलेको पुष्टि हुँदा पनि आरोपी सुवेदीले आफूलाई निर्दोष देखाउन मुद्दा मिलाउन दृश्य अदृश्य शक्तिको दुरुपयोग गर्न सक्ने देखिएको छ । मुद्दा मिलाएर आरोपीलाई चोख्याउन व्यवस्थापन र अस्पतालका उच्च अधिकारीहरुले पीडित पक्षका कुरा मिडिया र प्रहरीमा नलैजान परोक्ष दवाव दिएको खुल्न आएको छ ।

 

 

 

 

 




Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: