२ हजारमै पिसिआर टेष्ट गर्न पाइने लाइफकेयरमा

पदम श्रेष्ठ
16 October, 2020 9:20 pm
Advertisements
Advertisements

लाईफकेयर डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर पोखराले कोरोना भाइरसको पीसीआर परीक्षण सुरु गरेको छ।
पोखरा न्यूरोडमा विगत ६ वर्षदेखि सञ्चालनमा रहेको ल्याब नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त प्रदेशकै १ मात्र ‘क’ वर्गको ल्याब हो। ल्याबले पहिलोपटक निजीस्तरबाट गण्डकी प्रदेशमा पीसीआर परीक्षण सुरु गरेको छ।
कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि आरटी–पिसिआर मेसिनसहित सामग्री खरिद गरेर प्रयोगशाला स्थापना गरेको ल्याब विज्ञ समेत रहेका सञ्चालक डा. अमर नागिलाले बताए। ल्याबमा रहेको आरटि पिसिआर मेसिनले एकपटकमा ९६ वटा नमुना स्वाव परीक्षण गर्न सक्ने हुँदा १५ जना दक्ष जनशक्तीको व्यवस्था गरिएको ल्याबमा १२ घण्टामा ३०० वटा स्वाव परिक्षणको रिर्पोट दिन सकिने नागिलाले जनाए। लाइफकेयरले तत्काल २ हजार जनाको स्वाब परीक्षण गर्न सकिने गरी भिटिएम लगायत सामग्री समेतको व्यवस्था गरेको छ।
करिब ३ करोड भन्दा बढी लागतमा सञ्चालन भएको उक्त ल्याबमा कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको र कोभिड–१९ जाँच गर्दा प्रति व्यक्ती २ हजार लाग्ने ल्याबका प्रवन्ध निर्देशक शुक्रराज कँडेलले बताए।
लाइफकेयरको छुट्टाछुट्टै रुपमा ब्लक ए मा जनरल चेकअफ र ब्लक ‘वि’ मा कोभिड–१९ (कोरोना) को चेकअप गरिएको छ। सेवाग्रहीहरु आफ्नो समस्या अनुसार कुनैपनि असर नपर्ने गरि दुईबटा ब्लकबाट सेवा दिइरहेको कँडेलले जानकारी दिएका छन्। कोभिड–१९ को परिक्षण गर्ने ब्लक “वि”का स्वास्थ्य कर्मचारीहरु पूर्णकालिन रहेको र उनिहरु होटल क्वारेन्टाइनमा बस्ने र लाइफकेयर ब्लक ‘वि’मा काम गर्ने हुुँदा आम जनसमुदाय समेत सुरक्षित रहने कँडेलले बताए्।
त्यसै गरि ब्लक ‘ए’मा जनरल चेक जाँच गरिने र कोभिड सम्बन्धी कुनैपनि जाँच नहुने र स्वास्थ्य कर्मचारीहरु समेत छुट्टाछुट्टै भएको हुँदा अन्य नियमित सेवाग्रहीहरु समेत ढुक्कसँग आफ्नो नियमित जाँच गर्दा कुनै समस्या नहुने कँडेलले बताए।
लाइफकेयर डायग्नोस्टिक एण्ड रिसर्च सेण्टरले पोखरामा कोरोना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग अनुमति मागेको थियो।
प्रयोगशालाले खटाएको टोलीले स्थलगत निरीक्षण गरेर निजी प्रयोगशालालाई कोभिड–१९ को परीक्षण गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका–२०७७ अनुसार मापदण्ड पूरा गरेको प्रतिवेदन दिएको थियो।
कोभिड–१९ (कोरोना) भाइरसको संक्रमणले गण्डकी प्रदेशमा अनियन्त्रित रुपमा बढिरहनु र सरकारी हस्पिटल, ल्याबमा पिसिआर टेष्टका फाइलहरु थन्किरहँदा निजीरुपमा सञ्चालन भएको लाइफकेयर डाइग्नोष्टिक ल्याबले कोभिड–१९ को परिक्षण गर्नुले आम जनमानसमा एउटा खुसीको बहार ल्याएको छ।
नजिकैका छिमेकी जिल्लाहरु पर्वत, स्याङ्जामा कार्तिक १ गतेबाट पिसिआर टेष्ट अनिवार्य अन्यथा १४ दिन क्वारेन्टाइन बस्नु पर्ने बाध्यता सिर्जना गराएको छ। हिन्दुहरुको महान चाड वडादशैंमा आफ्नो गाउँघरमा जाने रहर कस्को पो रहर नहोला तर गण्डकी प्रदेशमै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफूखुसी परिक्षण गर्नेको भिड छ भने क्षयरोग उपचार केन्द्रमा लिइएका स्वाव कलेक्सन नै खात बनेर बसेका छन्। यस्तो विषम परिस्थितिमा लाइफकेयर ल्याबमा कोभिड–१९ को परिक्षण गर्नुले केही मात्रामा भएपनि खातलाई घटाउने विश्वास गर्न सकिन्छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: