कोरोना निगरानी : पोखरा उच्च जोखिममा

सराङकोट न्यूज
4 November, 2020 10:06 am
Advertisements

कोभिड–१९ अर्थात् कोरोना भाइरसले मच्चाएको महामारीको पारो जती पछि त्यति तातेर गएको छ । सुरुका सामान्य दिनहरुमा गरिएको लकडाउन र निषेधाज्ञा यतिखेर उच्च आवश्यकता महसुस गरिएको छ । महामारी नै नआइकन गरिएका लकडाउन अर्थहिन सावित भए । आश र त्रासमा सरकराले संक्रमणको गंभिरतालाई वुझ्न सकेन । दिउँसो तेल दिँदा नखाने राती कोल चाट्न जाने परिपाटी यतिखेर झल्किएको छ ।
चीनको वुहानबाट उत्पती दावी गरिएको कोरोना भाइरसले अहिले विश्व कम्पाएमान गराएको छ । युरोप, अमेरिका, मात्र हैन दक्षिण यसियाको ठूलो देश भारत पौने करोड वढी संक्रमणलाई च्यापेर विश्वकै दोस्रो ठूलो संक्रमित छ भने त्यसको नेतृत्व अमेरिकाले गरेपनि अन्तत्न्वगोत्वा भारतले उछिन्न सक्ने अवस्थामा पुगेको छ ।
भारतको खुला सिमाना भएको देश नेपालले सिमा सुरक्षा र सर्तकता अपनाउन नसक्दा त्यसको प्रत्यक्ष डम्पिङ साइट नेपाल वन्न पुगेकोछ । नेपालको राजधानी काठमाडौं यतिखेर सर्वाधिक जोखिममा परेको छ । दैनिक हजारौं मानिस कोराना संक्रमणको सिकार वनेका छन् । परीक्षण गरिएका मध्य ३० प्रतिशत भन्दा वढीमा कोरोना भेटिनुले गंभिर चिन्ता व्यक्त गरिएको छ । यि अस्त व्यस्तता र भद्रगोल परिस्थिति सरकारकै अकर्मव्यताका कारण सुरुआत भएको हो भन्ने ठम्याई गरिएको छ ।
अरवौं रुपैयाँमा होली खेल्ने सरकारका मन्त्री र उच्च अधिकारीको चुस्त र पारदर्शी कार्यशैलीको अभावमा मुलुकले जन धनकोे ठूलो क्षति व्यहोर्न परेको छ । पौने दुई लाख नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ भने झण्डै हजार जनाको मृत्यु कोरोनाको कारण भएको खुल्न आएको छ ।

गण्डकी प्रदेशमा पोखरा उच्च जोखिममा

सरकार संक्रमित पहिचान गर्न असफल भएको छ । उपचार गर्ने त कुरै छाडौं । आफ्नै पैसाले उपचार गर्न सम्म असम्भव वनेको अवस्था छ । पर्यटकीय नगरी पोखरा गण्डकी प्रदेशको राजधानी शहरको उस्तै छ दुर्दशा । सानो तिनो गफ गर्ने नजान्नेले ठूला काम देखाउनै सकेनन् । सुख सयल सुविधाले लठ्ठ परेको प्रदेश सरकार आफै रनभुल्ल परेको छ । फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्य कर्मी सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप जोखिम भत्ता दिन नसक्ने गण्डकी प्रदेश सरकार ४ महिनामा २० करोड रुपैयाँ कोरोनाकै नाममा सकाएको छ तर आजका दिनमा न परीक्षण र पहिचान छ न उपचार नै । यति सम्म लाजमर्दो काम भएको छ कि जोखिम पूर्ण विरामीले उपचार पाउन सक्ने अवस्था नै छैन ।
गण्डकी प्रदेश सरकार यो अवस्थामा पुगिरहँदा निरिह जनताले मृत्यु को विकल्प देख्न छोडेका छन् । प्रदेश सरकारकै आफ्नै अस्पताल सक्रामक तथा सरुवा रोग अस्पताल सिसुवामा समेत अक्सिजन समेत नरहेको अवस्था छ । नाम मात्रको सुव्वेनी के आएर हो उव्विनी भने जस्तै सिसुवा अस्पताल नाम मात्रको कोभिड अस्पताल वनेको छ ।
पोखराको फेवासिटि अस्पताल भन्छ कोरोना पोजेटिभ राख्ने वेड नै छैन । चरक मेमोरियल भन्छ प्याक छ । फिस्टेल भन्छ कोरोनाको विरामी नै राख्दैनौ, गण्डकी अस्पताल भन्छ वेड खाली छैन, मणिपाल भन्छ वेड प्याक छ । अव कहाँ जाने ? खाली भएको एउटा छ गण्डकी मेडिकल कलेज त्यो पनि १ लाख धरौटी, दैनिक २५ हजार वेड चार्ज ।
अव कहाँ जाने ? पैसा भए जिएमसी जाने पैसा नभए विष किनेर खाने । अर्को विकल्प देख्ने त के सोच्ने समय पनि छैन । सर्वेक्षण भन्छ नेपालका २२ वटा पालिका उच्च जोखिममा छन् त्यो मध्य पोखरा महानगरले समेत सर्वाधिक जोखिमको नाममा उपमा पाइसकेको छ ।
७५३ पालिका मध्य पोखरा उच्च जोखिमको २२ नम्वर पर्न सफल भएको तथ्यांक सार्वजनिक गरिएका छन् । तर सरकारसँग त इच्छा न उपाय नै ।

कोरोनाको अत्यन्तै उच्च जोखिममा परेका २२ स्थानीय तह

  • रामधुनी नगरपालिका, सुनसरी
  • बर्जु गाउँपालिका, सुनसरी
  • राजविराज नगरपालिका, सप्तरी
  • सप्तकोसी नगरपालिका, सप्तरी
  • सुरुंगा नगरपालिका, सप्तरी
  • त्रियुगा नगरपालिका, उदयपुर
  • उदयपुरगढी गाउँपालिका, उदयपुर
  • जनकपुरधाम उपमहानगर, धनुषा
  • कमलामाई नगरपालिका, सिन्धुली
  • लिशंखु–पाखर गाउँपालिका, सिन्धुपाल्चोक
  • मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक
  • बलेफी गाउँपालिका, सिन्धुपाल्चोक
  • नमोबुद्ध नगरपालिका, काभ्रे
  • सनुकोसी गाउँपालिका, ओखलढुंगा
  • काठमाडौं सबै
  • भक्तपुर सबै
  • ललितपुर सबै
  • मनहरी गाउँपालिका, मकवानपुर
  • वीरगन्ज महानगरपालिका, पर्सा
  • परवनीपुर गाउँपालिका, बारा
  • भरतपुर महानगरपालिका, चितवन
  • पोखरा महानगरपालिका, कास्की

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: