२४ घण्टामा २९०९ संक्रमित थपिए

सराङकोट न्यूज
6 November, 2020 5:23 pm
Advertisements

बितेको २४ घण्टामा थप २९०९ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्तमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।

हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ । यसैबीच देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएकोृ छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: