एक्यापमा संचालित फेउसरा क्रसर उध्योगको ३वटा गाडी कास्की प्रहरी द्वारा पक्राउ , हरियोखर्कमा बुझाइयो

सराङकोट न्यूज
29 May, 2024 10:17 pm
Advertisements

जिल्ला कास्की माछापुच्छ्रे गाँउपालिका २ नम्बर वार्ड ढाव अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्र सन्चालित फेउसरा क्रसर उध्योगाको नाममा बिल जारी गरि नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको भन्ने ससूचनाको आधारमा मिति २०८१।०२।१४ गते बिहान तीन वटा टिप्पर कास्की प्रहरीले नियन्त्रणमा लिइएको हो।

कास्की प्रहरिको निर्देशनमा प्रहरी चौकी सार्दिखोला कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगपालिका वडा नं.१९ चितेपानी हुँदै पोखरातर्फ आउदै गरेको ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरका ३ वटा टिप्परलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा नदिजन्य पदार्थ ढुङगा, गिट्टी, बालुवा लोड गरी ल्याईएको अबस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
पक्राउ परेका ती टिप्परहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाईएको छ। नदिजन्य पदार्थ उत्खनन् र प्रसोधनाका लागि माछापुच्छ्रे गा पा २ मा इमान सिङ बिकले २०७७ मा क्रसर उध्योग दर्ता गर्न सफल भएका थिए तर उत्पादित माल बस्तु निकासी पैठारी गर्ने बारे कुनै अनुमति लिएको कागज पत्र पेश गर्न सकेको पाइदैन ।
अन्नपूर्ण क्षेत्र सरक्षण आयोजना (एक्याप ) भित्रबाट कुनैपनी निर्माण सामग्री एक्याप क्षेत्र बाहिर निकासी पैठारी गर्न नपाइने कानुनी ब्यबस्था रहेको छ तर फेउसरा क्रसर उध्योगले लामो समय देखि नदिजन्य पदार्थ सेती नदी बाट सकलन गरि क्रसरमा पेलेर पोखरामा निर्बाध निकासी गर्दै आएका थिए । खानी बिभागबाट लाइसेन्स लिएको दाबी गरे पनि त्यो लाइसेन्स उत्खनन गर्नको लागि मात्र रहेको सराङ्कोटलाइ प्राप्त कागजात बाट खुलेको छ ।
कास्की प्रहरीले अन्य व्यकति सरह फेउसरालाइ पक्राउ गरि थप छानबिनको लागि हरियोखर्क पठाइएको बताएको छ । माथि सम्म पावर लगाएर खोल्नै नमिल्ने एक्याप क्षेत्रमा क्रसर उध्योग खोल्न सफल भएपनी अबका दिनमा निकासी पैठारीमा कानुनी अकुश लाग्ने निश्चिति देखिन्छ । कानुन सबैको लागि समान हुने माछापुच्छ्रे गापाका स्थानीयले अपेक्षा गरेका छन ।छानबिन गर्ने निकायले तथ्यपुर्ण र निस्पक्ष गरेको खन्डमा आगामी दिनमा एक्याप क्षेत्रमा भैरहेको दन्डहिनता अन्त्य हुने बिस्वास लिइएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: