![](https://www.sarangkotnews.com/wp-content/uploads/2020/11/5e910f2c2310b_5e7aa8f95a833_1297980124Nepal-police.jpeg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा कोरोना संक्रमणको दर ह्वात्तै वढेको छ । समुदायमै संक्रमण फैलिएपछि पोखरामा चिन्ता वढेको छ । जनसम्पर्क वढि हुने पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय वढि जोखिममा परेका छन् दिनानुदिन पोजेटिभ आउने क्रम वढेको समयमा सरकारले हात झिकेपछि आफ्नै खर्च गरेर पिसिआर टेष्ट गर्न आनकानी गर्न गरिएको पाइएको छ यसको गंभिर नतिजा आउने क्रम सुरु भएको छ ।
पोखरा गण्डकी प्रदेशमै सवैभन्दा वढी संक्रमित भएको जिल्ला बन्न पुगेको छ । दैनिक रुपमा संक्रमितहरु थपिने क्रम बढेको छ । को कतिखेर संक्रमित हुने हो केहि थाहा छैन । सरकारले आम नागरिकको स्वास्थ्य माथि चासो राख्न छोडेपछि बजारमा स्वास्थ्य मापदण्ड त के पोजेटिभ नतिजा आएकाहरु पनि खुल्लेआम हिड्न थालेका छन् । आफ्नो नतिजा लुकाएर वजार डुल्ने, नियमित काम गर्ने गरेको पाइएको छ ।
कोरोनाको बढि असर परेको क्षेत्र मध्य प्रहरी रहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पि. जीवन कुमार श्रेष्ठलाई कोरोना पोजेटिभ भएको छ । उनि निवासमै आइसोलेसन वसेको बताएका छन् भने डि.एस.पि. सुवास हमाल कोरोना पोजेटिभ भएर १० दिन आइसोलेसन बसाई पछि नेगेटिभ नतिजा आएको छ उनी आइतबार देखि कार्यक्षेत्रमा खटिएका छन् ।
जिप्रकामा कोरोना पोजेटिभ हुने र जितने कम उस्तै रहेको छ । आइतबार सम्म पोखरामा विभिन्न कार्यालय र निकायमा कार्यरत प्रहरी मध्य ८७ जनालाई कोरोना पुष्टि भई आइसोलेसनमा बसेका छन् । ट्राफिक कार्यालय गुल्म, गण, प्रदेश र वडा प्रहरी इकाई हरु समेतमा गरी उक्त संख्या हाल आइसोलेसनमा रहेको कास्की प्रहरी प्रवक्त हमालले वताए ।
सरकार कोरोना नियन्त्रणमा भूमिका निभाउन असफल भएको छ । जिम्मेवारीबाट पन्छन गरेको प्रयासलाई सर्वोच्च अदालतले रोकेपछि सरकारलाई “हिस्सा बुढि हरिया दाँत” भएको छ ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)