पोखरामा “डिडिए” को अनुगमन,दुई औषधी पसल बन्द, १५ लाई स्पष्टिकरण

सराङकोट न्यूज
3 March, 2021 11:12 am

औषधी व्यवस्था विभाग (डिडिए) ले पोखराको औषधी पसलहरुमा अनुगमन गरेको छ । गत हप्ता गरिएको ११० वटा औषधी पसलको अनुगमनका क्रममा दुई वटा पसल वन्द गरिएका छन् । ति मध्य पोखरा १३ मिया पाटनको निरिन मेडिकलले गैह्र कानूनी ढंगले पसल चलाएको भन्दै सिलवन्दी गरिएको छ । उक्त मेडिकल गैह्र व्यवसायीले चलाएको पाइएपछि गत विहिवार विभागका अनुगमनकर्ताले पसल वन्द गरेर विभागमा हाजिर हुन निर्देशन दिएका थिए तर निरिन मेडिकलका संचालकले विभागको निर्देशन अटेर गरी विहिवार र शुक्रवार पसल नियमित संचालन गरेके थाहा पाएपछि शुक्रवार अपरान्ह डिडिए टोली त्यहाँ पुगेको थियो आफ्नो निर्देशन अवज्ञा गरेको पुष्टि भएपछि डिडिएको अनुगमन टोलीले सटर पसल सिल गरेर फर्किएको छ ।

यस्तै पोखरा १३ कुँडहरमा रहेको कुँडहर मेडिकललाई पनि अनुगमनले वन्द गराएको छ । तर पसल सिल गरेको भने छैन फार्मेसी संचालकलाई आवश्यक कारवाहीको लागि विभाग वोलाइएको छ । गत वर्ष २०७६ फागुन अन्तिम सातामा डिडिएले पोखराका औषधी पसल अनुगमन गर्दा पनि कुँडहर मेडिकल चिकित्सकको पूर्जा विना विक्री गर्न नमिल्ने नार्कोटिक औषधी विक्री गरेको फेला पर्नुका साथै आरेन्टेशन मात्र लिएका सरकारी कर्मचारी अहेव रमेश गैह्रेको प्रमाण पत्र राखी पसल दर्ता भएको तर अन्य व्यक्तिले पसल चलाएको फेला परेको थियो । विभागले उक्त मेडिकललाई १५ दिन निलम्वन गर्ने निर्णय ग¥यो तर फिल्डमा निलम्वनको आदेश कार्यान्वयनमा आएन । निलम्वनको जानकारी स्थानिय सरकार र स्थानिय प्रशासन समेतले नपाएको वताए । डिडिएले कर्मकाण्डी कारवाहीको नाटक गरेको आरोप लागेको थियो । यस पटकको अनुगमनमा पनि कुँडहर मेडिकल निसानामा परेको छ । वन्द मेडिकल खुलाउन विभागले थप निर्देशन गर्नु पर्ने हुन्छ । कारवाही के कस्तो हुन्छ भन्ने एकिन हुन वाँकी छ ।
वजार अनुगमनमा आएका फार्मेसी निरीक्षक टेकेन्द्र मिश्र वजार अनुगमन र कारवाहीलाई तिव्रता दिइएको वताउँछन् । पोखरामा गरिएको ११० वटा फार्मेसी पसल (मेडिकल) अनुगमनका क्रममा दुई वटा वन्द गरिएका वाहेक अरु करिव डेढ दर्जन फार्मेसीलाई चिट काटेर विभागमा तारेख लगाइएको मिश्रले वताए । ति पसलहरु नविकरण नगरिएका, मनोदिपक औषधीको अभिलेख नराखी अनियमितता गरेको व्यवसायी भएका तर नभेटिएका जस्ता समस्या देखिएको अनुगमनमा संलग्न सदयले वताए ।
डिडिएले वजार अनुगमनलाई तिव्रता दिएपछि औषधी व्यवसायीहरु अत्तालिएका छन् । आफ्नै सदस्यहरु कारवाहीमा पर्न थालेपछि व्यवसायीहरुको संस्था औषधी व्यवसायी संघ ९ल्ऋम्ब्० कास्की र प्रदेश कमिटि सँग हामीले प्रतिकृया लिएका थियौं । औषधी व्यवसायी संघ कास्कीका अध्यक्ष विक्रम पन्त भन्छन् कानून भन्दा माथि व्यवसाय हुन सक्दैन कानून मिचेर पसल चलाउने गैह्र व्यवसायीलाई संरक्षण गर्दैनौं । व्यवसायीलाई मर्यादित वनाउन आफै अनुगमन गर्छौ र सरकारलाई जानकारी गराउँछौ पन्तले भने ।
यस्तै गण्डकी प्रदेश अध्यक्ष कृष्ण पाण्डे पनि गैह्र व्यवसायी र प्रचलित कानून विपरित चल्ने जो कोहीलाई कारवाही हुनुपर्ने वताउँछन् । संघका कास्की जिल्ला महासचिव पूणर्् वहादुर वस्नेत पनि औषधी ऐन नियम विपरित पेशा गर्ने छुट कसैलाई नहुने वताउँछन् ।
व्यवसायीहरुका प्रतिनिधिमूलक संस्थाले कानून कार्यान्वयनमा सहयोग पु¥याउने वताएका छन् तर सानो तिनो गल्ती कमजोरी हुँदा पनि हाजिर हुन राजधानी धाउनु पर्ने परिपाटी अव्यवहारिक भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण पाण्डे नेपालमा सवै क्षेत्रमा संघियता कार्यान्वयनमा आए पनि औषधी व्यवस्था विभागमा केन्द्रीयता कायमै रहेकोले व्यवसायीले हैरानी मात्र पाएका छैनन् की अनुगमन र नियमन समेत नियमित हुन सकेको छैन । औषधी व्यवस्था विभागले हरेक प्रदेशमा प्रादेशिक कार्यालय खोल्न जरुरी रहेको ल्ऋम्ब् का गण्डकी प्रदेश अध्यक्ष कृष्ण पाण्डेले वताए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: