राष्ट्रिय स्तरको सेवा प्रवाह गर्दै आएको चितवनको भरतपुर अस्पतालमा ११ औं तहका डाक्टर प्रमुख अर्थात् मेडिकल सुप्रिटेण्डेण्ट रहने कानुनी व्यवस्था छ । निमित्त वाहेकलाई हेर्ने हो भने ११ औं तहकै डाक्टर मेसु हुँदै आएका छन् । ११ औं तहका मेसु भएपनि मेसुले थिति र विधिमा अस्पताल चलाउन सकेका छैनन् । विभिन्न विधाका शाखाहरुमा विषयगत कर्मचारीलाई जिम्मेवारी दिनुको सट्टा गैह्र विषयगत कर्मचारीलाई विभिन्न शाखा प्रमुखको जिम्मेवारी दिइँदा अस्पतालले अपेक्षाकृत ढंगबाट प्रभावकारी सेवा दिन नसकेको भन्दै कर्मचारी वृतमै व्यापक असन्तुष्टि रहेको पाइएको छ ।
समग्रमा हेर्दा भरतपुर अस्पतालका अधिकांस शाखाहरु अहेवको जिम्मा दिइएको छ । ति मध्य कति पय अहेवले चलाएका शाखाहरु निस्प्रभावी रहेको र त्यसले अस्पतालको सेवा प्रभावित हुन गई अस्पतालको छवि माथि नै प्रश्न उव्जिएको छ । विषयगत विज्ञताको आधारमा जिम्मेवारी दिनु पर्नेमा चिनजान र आस्थाको आधारमा गैह्र विषयगत कर्मचारीलाई सेटिङको आधारमा शाखाको जिम्मेवारी सुम्पिएको पाइएको छ । नेपाल सरकारबाट जारी भएका ऐन, नियम, निर्देशिका कार्यविधिहरुको अक्षरस कार्यान्वयन हुनुपर्ने भन्दै कर्मचारीहरु आन्दोलित हुनु परेको छ ।
फर्मासिष्टहरु शान्तिपूर्ण दवाव आन्दोलनमा
भरतपुर अस्पतालका फर्मासिस्टहरु शान्तिपूर्ण दवाव आन्दोलनमा होमिएका छन् । सेवा प्रभावित नहुने गरी उनिहरु आन्दोलित भएका छन् । २०७३ कार्तिक देखि सरकारले सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने प्रावधान ल्याएको थियो । फार्मेसी संचालनमा ल्याए सँगै फर्मासिस्ट हरु नियुक्त गरी अस्पताल फार्मेसी व्यवस्थापन गर्दै आएको थियो ।
सरकारले लोकसेवाबाट फर्मासिस्ट समेतको विज्ञापन गरी सरकारी अस्पतालमा खटाउदै आएको भएपनि भरतपुर अस्पतालमा भने सरकारी निति नियमलाई धोती लगाएर त्यहाँका उच्च अधिकारीहरु मेसु, लेखा र प्रशासनको मिलमतो र सेटिङमा गैह्र फर्मासिस्टलाई फार्मेसी स्टोर्स प्रमुखमा अहेवलाई खटाएको छ । जवकी भरतपुर अस्पतालमा फार्मेसी अधिकृत साँतौ तहका सिनियर फर्मासिस्टलाई स्वास्थ्य मन्त्रालयले करार सेवा अन्तरगत खटाई कार्यरत छन् भने फर्मासिस्ट ५ औ तहको स्थायी दरवन्दीमा अर्का फर्मासिस्ट सोही अस्पतालमा कार्यरत रहि आएका छन् तर पनि अस्पताल प्रशासनले गैह्र फर्मासिस्ट सिअहेव राम हरि ढकाललाई मिति २०७५ असार ३ गते देखि हाल सम्म फार्मेसी स्टोर्स प्रमुखको रुपमा प्रमाणिकरण गर्ने गरी जिम्मेवारी दिइएको छ । औषधीको स्टोर्स व्यवस्थापन सम्बन्धि सामान्य जानकारी समेत नहुने व्यक्तिलाई फार्मेसी स्टोर्स प्रमुख को जिम्मेवारी दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
करोडौं रुपैयाँको औषधी खरिद गर्नु पर्ने अस्पताल फार्मेसी स्टोर्समा ढकाललाई प्रमुख बनाइ राख्नुमा सप्लायर्स सँगको सेटिङ व्यवस्थापन र कमिशनको खेलोमेलो मुख्य रहेको चर्चा चलेको छ । राजनीतिक आडवल समेत मिलाएका कारण उनलाई मेसुले समेत चलाउन सक्दैनन् । “राइट पर्सन राइट प्लेस” गर्न नसक्नु मेसुको अकर्मण्यता मानिएको छ।
डा रविन खड्का मेसु हुँदा फार्मसी स्टोर्स प्रमुखमा नियुक्ति पाएका ढकाललाई त्यसपछि फेरिएका झण्डै आधा दर्जन मेसुले चलाउन सकेनन् । यस अघिका नि.प्र.मेसु डा. जगन्नाथ तिवारीले फार्मसी स्टोर्स प्रमुख परिवर्तन गर्ने सोच वनाएको वताएका थिए तर उनि जिम्मेवारी विहिन हुन पुगेको कारण सि.अ.हेव लगायत केहि कर्मचारीको दवावका कारण पत्र तयार भए पनि सहि हुन सकेन ।
मन्त्रालयबाट मे.सु. नियुक्त भई आएका डा. रोशन न्यौपाने ले “राइट पर्सन राइट प्लेस”का लागि कस्तो पहल गर्छन् त्यो भने केहि दिन कुर्नै पर्छ । मेसुले अहेवलाई कहाँ खटाउने नर्सलाई कहाँ खटाउने लेखा अधिकृतलाई कहाँ खटाउने भन्ने कुरा काुनन सम्मत निर्णय गर्ने कुरा हो तर अनावश्यक वाह्य शक्ति र स्वार्थ समूहले चालेका गोटी र षडयन्त्रका पुलिन्दाले प्रभावित पनि हुनुहुन्न।
संस्थाको प्रमुख सफल हुन संस्थाका शाखा महाशाखा प्रमुखको विशेष भूमिका रहन्छ । गैह्र विषयगत जिम्मेवारी आलोचनात्मक मात्र हैन पत्यूत्पादक पनि हुन सक्छ जुन विगत ३ वर्ष देखि भरतपुर अस्पतालमा हुँदै आएको छ । नवनियुक्त प्रमुख मे.सुले अस्पताललाई विषयगत कर्मचारीको ज्ञान र सीपबाट चलाउने कर्मचारीहरुले अपेक्षा राखेका छन् ।
कार्यदलको प्रतिवेदन पंगु वनाउन खेल
फार्मेसी व्यवस्थापन, भण्डारण, खरिद प्रणाली लगायतका विषयलाई प्रभावकारी वनाउने उद्देश्यले अस्पताल व्यवस्थापले अध्ययन अवलोकन कार्यदल बनायो । अस्पताल विकास समितिका सदस्य केशव देवकोटाको संयोजकत्वमा वनेको आठ सदस्यीय कार्यदलले २०७७ फागुन १३ गते १० पृष्ठ लामो प्रतिवेदन वुझायो । प्रतिवेदनले नेपालका चर्चित अस्पतालहरु वीर, निजामती, गंगालाल क्यान्सर अस्पताल लगायतका फार्मेसी संचालन भण्डारन खरिद जनशक्ति व्यवस्थापन, लगायतका विषयमा अध्ययन अवलोकन गरेको थियो । भरतपुर अस्पतालको खर्चमा प्रतिवेदन तयार भयो वुझाइयो तर ४ महिना वितिसक्दिा पनि प्रतिवेदन लागु गर्ने तत्परता अस्पतालले देखाएको छैन । आन्दोलनरत फर्मासिस्टहरुले अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।
स्थलगत अध्ययन प्रतिवेदन अस्पतालको फार्मेसी व्यवस्थापन सम्बन्धि अर्गानोग्राम तयार गरेको देखिन्छ । जसमा फार्मेसी अफिसरको नेतृत्वमा ४ वटा युनिटको कार्य विभाजन र जनशक्ति व्यवस्थापन गर्न सुझाइएको छ । त्यसमा फार्मेसी तर्फ अहेव सि अहेवको कुनै कल्पना समेत गरिएको छैन ।
प्रतिवेदन कार्यान्वयन गर्न नदिने तत्वको पहिचान भइसकेको छ । त्यसबाट स्वार्थ समूह हावी भएको पाइन्छ । व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथि उठेर अस्पतालका प्रमुख मेसुले अस्पतालको हितमा कठोर कदम चाल्न उपयुक्त हुन आउँछ । अहेवले चलाएको अस्पताल लाई पद्दतिले चलाएको र चलेको अस्पताल बनाउन पद्दतिलाई आत्मसात गर्न सकेमात्र काफि हुन्छ ।
कामको जिम्मेवारी माग्दा ६ महिनामै सरुवा
भरतपुर अस्पतालमा काम अनुसारको कर्मचारी व्यवस्थापन गर भन्दै शान्तिपूर्ण दवाव आन्दोलन गर्दा भरतपुर अस्पतालका एक जना फार्मेसी अधिकृतको आकसिमक सरुवा गरिएको छ । सातौ तहका डा सैलष वस्याललाई स्वास्थ्य सेवा विभागले २०७८ जेष्ठ ६ गते निर्णय गरी सोहि दिन पत्राचार गरी औषधी व्यवस्थापन विभाग काठमाडौंमा सरुवा तानेको छ ।
मन्त्रालयबाट करार नियुक्ती पाई ६ महिना पहिला भरतपुर अस्पतालमा खटाइएका वस्यालले भरतपुर अस्पतालमा “राइट पर्सन राइट प्लेस” र जहाँ औषधी त्यहाँ फर्मासिस्टको सिद्धान्तलाई लागु गर्न अस्पताल प्रशासन समक्ष माग गर्दै आएका थिए । उक्त शान्तिपूर्ण आन्दोलनमा अस्पतालमा कार्यरत फर्मासिस्ट लगायतका कर्मचारीहरुको ऐक्यवद्धता रहेको थियो ।
अस्पतालमा रहेको सरकारी फार्मेसीलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न आव्हान गर्दा केहि कर्मचारीको गलत मनसाय बोकेर पुरानो सेटिङ तोडिने डरले आन्दोलन तुहाउन मेरो सरुवा गराएका हुन डाक्टर शैलेष वस्यालले भने । उनले भने मेरो सरुवा गरिए पनि अस्पतालको समग्र हितमा जारी शान्तिपूर्ण आन्दोलन सफल हुने छ ।