व्यक्तिगत इगोमा अल्झिएको बाटो विवाद, सार्वजनिक पर्खाल मात्र हैन सिचाँई कुलो खोई ?

सराङकोट न्यूज
23 June, 2021 6:24 pm
Advertisements

स्थानिय विवाद समाधानका लागि वडा अध्यक्षको भूमिका सवैभन्दा वढि हुनुपर्छ तर कतिपय स्थानिय स्तरमा भएका सानातिना विवादलाई समयमै निरुपण गर्न नसक्दा वडाका ति समस्याहरु महानगरकै लागि तनावको विषय वन्ने गरेका छन् । त्यस्तै मध्य एउटा विवाद पोखरा महानगर पालिका वडा नं. १० को सुनकोशी टोलमा परेको छ ।
सरस्वती थापाको पैतृक सम्पत्ति भित्रै पर्ने गरी खोलिएको नीजि बाटोको सिमानामा रहेको पर्खाल भत्काउन वडा नं. १० का वडा अध्यक्ष राजकुमार गुरुङ न्वारानदेखि कै वलले लागेका छन् । उक्त टोलमा बाटो विस्तार भइरहँदा बाटोको घुम्ती चक्ल्याउने भन्दै सरस्वती थापाको नाममा रहेको कि.नं. ५० को नीजि बाटो र सो को सिमाना छुट्याउने पर्खाल यतिखेर विवादको केन्द्रमा छ ।
सरस्वती थापा आफ्नो हकभोगमा रहेको श्रेस्ता पूर्जा समेत भएको जग्गा कुनै पनि हातलमा बाटो विस्तारका लागि दिन नसक्ने वताउँदै आएकी छिन् । सुनकोशी मार्गमा निर्माण भइरहेकोबाटो को मापन नागवेली जस्तै छ । कतै १२ फुट त कतै १४ फुटमा वनिरहेको उक्त बाटोको घुम्तिनिर रहेको सरस्वती थापाको जग्गाको बाण्डो १४ फुट भन्दा वढी रहेको छ तर पनि वडा अध्यक्ष गुरुङ उक्त वाण्डो भत्काएर घुम्ती ठूलो वनाउने बताउँदै आएका छन् । वडाका केहि जनप्रतिनिधिहरु उक्त बाण्डो बारेमा वडाले असिमित अधिकार प्रयोग गर्न खोजेको प्रतिकृया दिइरहेका छन् ।
जग्गाधनी सरस्वती थापा स्थानिय नागरिकहरुले पटक पटक हुल हुज्जत गरेकोले आफ्नो परिवार असुरक्षित वन्न पुगेको भन्दै गुनासो गर्छिन् वडा सरकार विवाद समाधान तिर भन्दा विवाद चर्काउने तिर लागेका छन् । जसरी पनि पर्खाल भत्काउने वताउँदै आएका राजकुमार गुरुङ उक्त पर्खाल २०६६ सालको नापीमा सार्वजनिक बाटो भएको वताउँछन् । पैतृक सम्पत्ति सार्वजनिक हुनै नसक्ने दावी गर्दै आएकी जग्गाधनी सरस्वती थापा र उनका छोरीहरु वडा अध्यक्ष र वाटो निर्माण समितिको कुरा स्वीकार्ने पक्षमा छैनन् । २ पटक विवादित ठाउँमा पुगिसकेका महानगरका प्रमुख मानवहादुर जिसीले थापा परिवारलाई भेट्दा पर्खाल नभत्कने आश्वासन दिने गरेको बताउँछन् तर वडा अध्यक्ष गुरुङ निर्मम तरिकाले किन खनिएका छन् वुझ्न गाह्रो परिरहेको छ ।
सिचा“ई कुलो मासेको कसले हेर्ने ?
पोखरा १० सोही सुनकोशी टोलमा सिचाँई कुलो मासिएको छ । प्लट नक्सामा कुलो प्रस्ट छ तर फिल्डमा कुलो देखिन्न व्यक्ति व्यक्तिले कुलो अतिक्रमण गरेका छन् । यस वारेमा कसले खोजतलास गर्ने ? सार्वजनिक कुलो अतिक्रमण भएको कुरा वडा अध्यक्ष गुरुङ स्वीकार्छन् । उनले भने कुलो जनताले खोजेकै छैनन् खोजेका दिनमा निकालौला वडा अध्यक्षको भनाई यस्तो छ । कुलो हराएपछि कुलोको दायाँ वायाँको मापदण्ड पनि नलाग्ने भएपछि त्यहिँँ निर्मित कतिपय घरहरु प्राविधिकको मिलेमतोमा मापदण्ड मिचेर घर बनाएको स्रोतले वताएको छ यस प्रकरणमा अख्तियारले प्राविधिक खटाएर छानविन गर्ने हो भने हराएको कुलो र मापदण्ड मिचेको दुवै कुरो सतहमा आउन सक्छ ।
बाटो विस्तारको कामै रोकेर विवादको आगोमा घ्यू हाल्ने काम भएको देखिन्छ । सरस्वती थापा आफ्नो पैतृक सम्पत्ति नासमास गरिए अदालत जाने बताउँछिन् यता विवादले उग्र रुप लिएपछि वडा अध्यक्ष राजकुमार गुरुङले उक्त प्रकरणलाई महानगरको न्यायिक समितिमा लैजाने बताउँछन् । न्यायिक समितिले गरेको निर्णयमा चित्त नवुझ्ने पक्ष जिल्ला अदालत पुनरावेदन जान सक्ने वाटो रहन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: