खोपको व्यवस्था गर्ने आश्वासन पाएपछि ग्याँस विक्रेताहरुको आन्दोलन स्थगित

सराङकोट न्यूज
29 June, 2021 10:24 am
Advertisements

एल.पि. ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सुचारु गर्ने भएको छन् । ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए ।
सोमवार प्रदेश स्वास्थ्य मन्त्री मधु कुमारी अधिकारी र कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमसँग भएको छलफलमा अवको लट आउँदा खोप व्यवस्था गर्ने कार्यलाई अगाडि वढाउने सहमती भएपछि एल.पि. ग्याँस विक्रेता संघले आफ्नो आन्दोलन फिर्ता लिएको हो । एल.पि. ग्याँस विक्रेता संघ कास्की अध्यक्ष वालकृष्ण कोइरालाले आजैबाट कास्कीका डिपोहरुले कम्पनीबाट ग्याँस उठाएर आपूर्ति व्यवस्था सहज वनाउने प्रतिकृया दिए । कोइरालाका अनुसार कास्कीमा हाल करिव ५५ वटा डिपो र करिव ९ सय खुद्रा विक्रेता रहेका छन् । कास्कीमा नेपालका विभिन्न १८ वटा कम्पनीका गयाँस डिपो रहेका छन् । गयाँसको डिपो र खुद्रा व्यवसायीमा कार्यरत व्यवसायी र कामदारलाई लगाउन करिव एक हजार खोप आवश्यक पर्ने अध्यक्ष कोइरालाले वताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: