मन्त्री कुमार खड्कालाई विद्यालयको बधाई

सराङकोट न्यूज
6 July, 2021 6:06 pm
Advertisements

आफूले पढाएको विद्यार्थी मन्त्री पदमा नियुक्त हुँदा उच्च सन्तुष्टि नहुनेै भएन । एउटा शिक्षक अनि त्यो विदालयको लागि आफ्नो उत्पादन राज्यको उच्च पदमा पुग्नु नै वास्तविक सफलताको चुचुरो हो । यस्तै सफलताको चुचुरो वनेका पोखरा–१६, बाटुलेचौरका कुमार खड्का विन्ध्यवासिनी मा.वि. पोखराका पूर्व विद्यार्थी थिए जो आज गण्डकी प्रदेश सरकारका शिक्षामन्त्री वन्न पुगेका छन् ।
यस अघि केन्द्र सरकारका क्याविनेट मन्त्री बनी सकेका कुमार खड्का अहिले गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री खड्का विन्ध्यवासिनी मा.वि. का वरिष्ठ सल्लाहकार हुन् । आफ्नो पूर्व विद्यार्थी तथा वहालवाला वरिष्ठ सल्लाहकारलाई विद्यालयले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, विद्यालयका सल्लाहकार जगन्नाथ तिमिल्सिना, निर्माण अनुगमन समितिका संयोजक चित्र बहादुर थापा, विद्यालयका प्राचार्य कृष्ण प्रसाद आचार्य, सहायक प्र.अ. जीवनाथ पौडेल, सूचना अधिकारी राम बहादुर बानियाँ, गुफा विकास समितिका संयोजक गुरुदत्त भट्टराई, निर्माण समितिका संयोजक नवीन अधिकारी, शैक्षिक गुणस्तर विभाग संयोजक शंकर वस्नेत, कक्षा ११–१२ एकेडेमिक डिन भेषराज पौडेल लगायतले नवनियुक्त मन्त्रीलाई खादा सहित बधाई तथा शुभकामना सन्देश अंकित सम्मान पत्र प्रदान गरेकाथिए ।
नेपालको पुरानो विद्यालयको सूचिमा रहेको विन्ध्यवासिनी मा.वि.को शैक्षिक विकास एवम. गुणस्तरिय नतिजाका लागि गण्डकी प्रदेशकै उत्कृष्ट तीन विदालयको सूचिमा स्थापित रहेको छ । यसै वर्ष हिरक जयन्ती मनाइरहेको विद्यालयले भौतिक विकासमा पनि छलाङ मारेको छ । ३२ कोठाको नयाँ भवन तयारी गर्दै रहेको यस विद्यालयले १२ सय वढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।
गत वर्ष देखि कक्षा ११–१२ मा विज्ञान विषयको पठन पाठन सुरु गरेको विन्ध्यवासिनी मा.वि.का भूपू विद्यार्थी, भूपू व्यवस्थापन समिति पदाधिकारी तथा सदस्यहरुको समेत विशेष भूमिका रहेको प्राचार्य कृष्ण प्रसाद आचार्य बताउँछन् । स्मरणीय छ यस विद्यालयका ५ जना भूपू विद्यार्थीहरु गत चुनावमा संघ तथा प्रदेशका सांसद भएका थिए ।
हाल गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि, तथा सामाजिक विकास मन्त्री कुमार खड्का, प्रदेश नम्वर एकका प्रदेश प्रमुख सोमनाथ प्यासी संसद सचिवालयका महासचिव भरतराज गौतम यसै विद्यालयका विद्यार्थी हुन् भने सोमनाथ प्यासी र कुमार खड्का विद्यालयका वरिष्ठ सल्लाहकार रहेका छन् ।
बधाई तथा शुभकामना ग्रहण पछि मन्त्री कुमार खड्काले आफूले विदालय विकासका लागि सवैको हितमा योजना बनाएरै कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: