महेन्द्रगुफा गुरुयोजना सफलतातर्फ उन्मूख, प्रदेश सरकारको रातो किताबमा यो वर्ष २ करोड बजेट

सराङकोट न्यूज
20 July, 2021 9:44 am
Advertisements

पोखराको उत्तरी भेगमा रहेको महेन्द्रगुफा चमेरी गुफाको बृहत्तर निकासका लागि गण्डकी प्रदेश सरकारले यो वर्षका लागि २ करोड बजेट विनियोजित गरेको छ । विश्वकै परिचित पर्यटकीय गन्तव्य महेन्द्रगुफा चमेरी गुफालाई यस अघिका सरकारको ध्यान पुगेको थिएन । गत वर्ष प्रदेश सांसद कुमार खड्काको पहलमा चिल्ड्रन पार्कका लागि ४० लाख रुपैया बजेट प्राप्त भएको थियो ।
गण्डकी प्रदेशमा भर्खर गठन भएको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारका मन्त्री कुमार खड्काले महेन्द्र गुफा बृहतर विकासका लागि २ करोड रुपैया विनियोजित गरेका छन् । आज सम्म सरकारको नजरबाट बाहिर रहेर ओझेलमा धिकिर धिकिर चलिरहेको महेन्द्रगुफाले आफ्नो मुहार फेर्ने अपेक्षा गरिएको छ ।
पोखरा १६ को विन्ध्यवासिनी मा.वि.को संरक्षण र सञ्चालनमा रहेको महेन्द्र गुफा र चमेरी गुफाको आम्दानीबाट गुफा परिसर र आसपासको विकासमा टेवा दिदै आएको छ । विन्ध्यवासिनी मा.वि.को सञ्चालन र व्यवस्थापनमा यी दुई गुफाको विशेष भूमिका रहेको कारण पनि महेन्द्र गुफा चमेरी गुफाको बृहत्तर विकासको आवश्यकता औल्याइएको छ । स्थानीय बासिन्दाहरुको माग र राज्यको आवश्यकतालाई सम्बोधन गर्दै गुरुयोजना कार्यान्वयनका लागि वजेट व्यवस्था गरिएको मन्त्री कुमार खड्काले बताएका छन् ।
सरोकारवालाहरु सँग गरिएको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले विनियोजित रकम महेन्द्र गुफा परिसर भित्र स्वीकृत गरिएको गुरुयोजना भित्र खर्च गर्नुपर्ने बताए। महेन्द्र गुफाको सौन्दर्यता पर्यटक लोभ्याउने खालको हुनुपर्नेमा मन्त्री खड्काले जोड दिदै थप बजेटका लागि केन्द्र सरकारसँग ससर्त अनुदानको बजेट ल्याउन पहल भइरहेको बताए । महेन्द्रगुफा पोखराको १६ नम्बर वार्डमा रहेपनि यो आम पोखरेली र नेपालकै लागि आकर्षक पर्यटकीय गन्तव्य रहेको उनले बताए ।
विन्ध्यवासिनी मा.वि. बाटुलेचौरको आयेजनामा भएको कार्यक्रममा विव्यस अध्यक्ष चन्द्रा थापा वडा नं.१६ का अध्यक्ष जीवन प्रसाद आचार्य विद्यालयका प्राचार्य कृष्ण प्रसाद आचार्य, विद्यालयका पूर्व वि.व्य.स.का अध्यक्ष गोविन्द बस्नेत, विद्यालय अनुगमन समितिका अध्यक्ष चित्र बहादुर थापा, वि.व्य.स सदस्य नविन अधिकारी, गुफा विकास समितिका संयोजक गुरुदत्त भट्टराई, गुफा संरक्षण तथा विकास संस्थाका पूर्व अध्यक्ष केशव बस्नेत, विद्यालयका सहायक प्र.अ. रामबहादुर बानिया लगायतले समय सिमा भित्रै योजना सम्पन्न गरी गुफाको विकासमा लाग्न सुझाव सहित शुभकामना व्यक्त गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: