पोखरा विश्वविद्यालयले अनलाइनबाटै बोर्ड एक्जाम लिने, विद्यार्थी असन्तुष्ट

सराङकोट न्यूज
27 July, 2021 1:38 pm
Advertisements
Advertisements

पोखरा विश्वविद्यालयले बोर्ड एक्जाम अनलाइन माध्यमबाट लिने भएको छ । श्रावण १५ गतेदेखि भाद्र २२ गते सम्म लिखित परीक्षा र त्यसपछि भाइवा दुवै अनलाइनबाट हुने पोखरा विश्वविद्यालयले बताएको छ ।
कोभिड–१९ को झण्डै डेढ वर्ष लामो महामारीका कारण विद्यार्थीहरुको दुई सेमेस्टरको समय गुमिसकेको छ तर पनि अब हुने परीक्षा अनलाइनबाटै गर्ने पोखरा विश्वविद्यालयको निर्णय प्रति विद्यार्थी संघ संगठन भित्र मात्र हेर्न शिक्षक प्राध्यापकहरु समेत असन्तुष्ट रहेका छन् । विद्यार्थीहरुले पटक पटक विश्वविद्यालयका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन् तर विश्वविद्यालय पेलेरै जाने मनस्थितिमा देखिएको छ।
यति लामो समय खेर गइसक्दा पनि अनलाइन परीक्षा नै लिने हो भने त्यो उपलब्धिहिन हुने एक विद्यार्थी नेता रविन न्यौपानेले बताए । उनले भने अनलाइन परीक्षा नै लिनु थियो भने पहिल्यै लिएको भए सेमेस्टर ल्याप्स हुने नै थिएन ।
यस विषयमा पोखरा विश्व विद्यालयका परीक्षा समितिका सदस्य सचिव तुलसीराम भण्डारी पदाधिकारी नियुक्तिमा ढिलाइ भएका कारण फिजिकल परीक्षा लिन नसकिएको बताउँछन् । परीक्षा शुल्क पुरै लिइएको छ, स्वयम् उपस्थित भएर परीक्षा शुल्क तिरिएको छ तर बोर्ड परीक्षा भने अनलाइनबाट यो निरिहता र गैह्र जिम्मेवारपूर्ण पराकाष्ठ हो । यतिखेर चिकित्सा शिक्षा आयोग लोक सेवा मात्र हैन त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायतले बोर्ड परीक्षालाई फिजिकली गर्न सुरु गरिसकेका छन् । अरुको सिको गर्न समेत नसकेको पोखरा विश्वविद्यालय कोरोनाको भूत देखाएर आफै भागिरहेको देखिन्छ, जसले विद्यार्थीको भविष्य समेत खेलबाड भइरहेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: