क्षेत्रीय अस्पतालको लायन्स पार्कमा अज्ञात व्यक्तिद्वारा झुण्डिएर आत्महत्या

सराङकोट न्यूज
31 August, 2021 3:17 pm
Advertisements
Advertisements

भाद्र ९ गते विहान झम झम पानी परिरहेको थियो ।, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको लायन्स पार्कमा रहेको रुखको हांगामा एक अधवैंसे मानिस तुर्लु· झुण्डिरहेको अवस्थामा भेटिए । झरी परिरहेकोले पार्क भित्र आउ जाउ लगभग शुन्य थियो । विरेन्द्र सिं गुरुङको शालिक अगाडि रहेको रुखमा केहि झुण्डिरहेको देखे । कतिले त डमी मान्छे झुण्ड्याई राखेको पनि लख काटेको वताए ।
नजिकै गएर हेर्ने केहि व्यक्तिले रुखको हा·ामा झुण्डिएको मान्छे नै भएको एकिन गरे । केहि छिनमै हल्ला फैलियो । अस्पतालमा खटिएका प्रहरी हवल्दार सुजन घिमिरे पनि आइपुगे । उनले पनि अलि परबाट हेर्दा डमी जस्तै झुण्डिएको आशंका गरे तर नजिक रुखको फेदैमा पुग्दा पुष्टि भयो मानिस झुण्डिएको । अन्दाजी ४० वर्ष जतिको मंगोलियन आकृतिको मुहार, फौजीकट कपाल काटेको हृष्टपुष्ट शरीर भएको व्यक्ति को हुन् ? किन झुण्डिइ आत्महत्या गरे भन्ने खुल्न नसकेको सुरक्षाकर्मी प्रहरी हवल्दार सुजन घिमिरेले बताए ।
मृतकको हातमा रोहित नामको टाटु खोपिएको देखिएको छ । उनको शव क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ । अस्पतालको चौधेरा जहा २४ सै घण्टा मान्छेहरुको चहल पहल हुन्छ, पर्याप्त उज्यालो हुन्छ । चारैतिर बाटोबाट देखिने पार्क भित्रको उक्त आत्महत्याको घटना रहस्यमय छ । कारण पहिल्याउन जरुरी देखिएको छ। कतै आफन्तको उपचार गर्न नसक्दा यो मृत्यु रोजेका हुन या आफै डिप्रेसनको शिकार बनेका हुन रहस्यकै गर्भमा छ । मर्नका लागि अस्पताल नै किन रोजे उनले त्यो पनि अनौठो प्रश्न बनेर उत्तर खोजिरहेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: