कक्षा ४ को प्रवेश परीक्षा अनियमितता भएको आशंका जिविएसमा अख्तियारद्वारा छानविन सुरु

सराङकोट न्यूज
1 September, 2021 10:49 am
Advertisements

पोखरा

देशकै चर्चित शैक्षिक प्रतिष्ठान गण्डकी बोर्डिङ स्कूलमा छोराछोरी पढाउने धेरै अभिभावकको रहर हुन्छ । भर्नाको प्रवेश परीक्षा पास गर्नु पनि लोकसेवा पास गरेजस्तै मानिन्छ । लामो समयदेखि शैक्षिक गुणस्तरको विरासत धान्दै आएको गण्डकी बोर्डिङ स्कूल चालु शैक्षिक सत्रको कक्षा ४ को प्रवेश परीक्षा विवादमा तानिएको छ ।
कक्षा ४ को प्रवेश परीक्षामा अनियमितता भएको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले बोर्डिङबाट परीक्षा सम्बन्धी कागजात नियन्त्रणमा लिएर छानविन गरिरहेको छ । केही दिन अघि मात्र गण्डकी बोर्डिङ स्कूल विनियमावली समेत झिकाएको छ । विनियमावली अनुसार प्रवेश परीक्षा भए नभएको बारे छानविन भइरहेको अख्तियार स्रोतले बताएको छ ।
गण्डकी बोर्डिङ स्कूल पोखराका सह–प्राचार्य यज्ञ शर्माले अख्तियारले कक्षा ४ को परीक्षा सम्बन्धी कागजपत्र र विनियमावली लगेको तर के विषयमा छानविन भइरहेको आफूलाई थाहा नभएको बताए। प्रवेश परीक्षा नियमानुसार र निस्पक्ष ढंगबाट हुने गरेको सह–प्राचार्य शर्माले बताए । पछिल्ला वर्षहरुका प्रवेश परीक्षाको निस्पक्षतामा प्रश्न उठ्ने गरेको छ। जनस्तरबाट उठ्ने यी आरोपका प्रश्नहरुको यथार्थता पाउन अख्तियारको निस्पक्ष छानविनको नतिजा कुर्नुपर्ने भएको छ । हामी अख्तियारको धारणा र निस्कर्षको बारेमा पनि पाठकहरुलाई जानकारी गराउने प्रयास गर्नेछांै।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: