यातायात क्षेत्रमा वेथिति भित्र्याउदै अवैध ‘राइड शेयरिङ’, पोखरामा ‘मोटरगाडी’ ले वैधता पाउँला ?

सराङकोट न्यूज
21 September, 2021 2:56 pm

पोखरा : नीजि नम्वरमा दर्ता भएका सवारी साधनलाई भाडामा लगाएर कानुन विपरित धन्दा गर्दै आएका टुटल र पठाओ काठमाडौं प्रहरी प्रशासनका लागि टाउको दुखाइको विषय वनि रहेको वेला पोखरामा पनि त्यस्तै रोग सल्कन लागेको थाहा हुन आएको छ। केहि व्यक्तिहरुले पोखरामा ‘मोटर गाडी’ नाम राखेर टुटल र पठाओको सिको गर्दै “राइड शेयरिङ” व्यवसाय गर्ने तयारी गर्दै गरेको रहस्य सराङकोटले फेला पारेको छ । राम बजारको घले चोकमा कार्यालय स्थापना गरेर राइड शेयरिङ व्यवसायको तयारी गरिरहेका छन् । त्यहाँ कार्यरत एक कर्मचारीले दशैं अगाडि नै राइड शेयरिङ सेवा सुरु गर्ने गरी तयारी भइरहेको वताइन् ।
राइड शेयरिङमा आवद्ध हुन भन्दै सामाजिक संजालमा विज्ञापन समेत आव्हान गरिएको छ । सम्पर्कमा आएका स्कुटर र मोटरसाइकल चालकसँग अफिसमा आएर फर्म भर्न र ग्लोवल आइएमई वैंकमा खाता खोल्न उनिहरुले आग्रह गरेका छन् । चालक सँग लाइसेन्स व्लु वुक लिएर आउन आग्ह गरेकी ति कर्मचारीले त्यस कम्पनीका संचालकहरुको वारेमा वताउन मानिनन् । उनले भनिन् “संचालकहरुको परिचय वताउन मिल्दैन ।”

के हो राइड शेयरिङ व्यवसाय ?

नीजि नम्वरमा दर्ता भई नीजि प्रयोजनमा संचालन अनुमति पाएका सवारी साधन स्कुटर, मोटरसाइकल र कारलाई यात्रु ओसार पसार गरी भाडा असुल गर्ने कार्यलाई राइड शेयरिङ व्यवसाय भनिन्छ । नेपालको प्रचलित कानुनमा यसलाई अवैध व्यवसाय मानिन्छ । नेपालको राजधानी शहर काठमाडौं भित्रै टुटल र पठाओ को नाममा यो राइड शेयरिङ व्यवसाय चलाउँदै आएको छ । व्यवसाय गैह्रकानुनी भन्ने थाहा हुँदाहुँदै तत्कालिन प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा टुटल र पठाओ चल्दै आएका छन्।
“सवारी तथा यातायात व्यवस्था ऐन २०४९ वमोजिम नीजि प्रयोजनका लागि दर्ता भएका सवारी साधन भाडामा प्रयोग गर्न पाइदैन” यातायात व्यवस्था कार्यालय सवारी, गण्डकीका प्रमुख डिल्लीराम रिजालले भने। पोखरामा संचालनको तयारी गरिरहेको मोटर गाडी नामक राइड सेयरिङ व्यवसाय कानुन विपरित रहेको भन्दै त्यसले दुर्घटना भवितव्य पर्दा विमा दावीमा समस्या पर्ने प्रमुख रिजाल बताउँछन् ।
काठमाडौंमा संचालित टुटल र पठाओको वारेमा थुप्रै वेथितिका खवरहरु सार्वजनिक भइरहेका छन्। दुर्घटना गराएर भाग्ने देखि मनोमानी भाडा असुल गर्ने सम्मका हर्कत गरेको समाचारहरु वाहिर आइरहेपनि त्यहाँको प्रशासन गैह्र कानुनी राइड शेयरिङ व्यवसाय रोक्न असक्षम देखिएको छ ।
पोखरामा भित्र्याउन खोजिएको मोटर गाडी नामक कम्पनीले यातायात व्यवस्था कार्यालयबाट स्वीकृति नलिई राइड शेयरिङ व्यवसाय गर्न सम्भव नहुने यातायात व्यवसायका जानकारहरु वताउँछन् । कानुनी प्रकृया पुरा नगरी व्यवसाय गर्न सम्भव नहुने यातायात व्यवसायका जानकारहरु बताउँछन् । कानुनी प्रकृया पुरा नगरी व्यवसाय सुरु गर्नु पूर्व नै त्यस्तो धन्दालाई नियमन गर्नु प्रहरी, प्रशासन, यातायात कार्यालयको पहल कदमी जरुरी छ ।
समग्रमा भन्नुपर्दा राइड शेयरिङ विचौलिया व्यवसाय हो । नीजि सवारी प्रयोग गरेर भाडाको यात्रु वोक्ने र कमिशन कुम्ल्याउने कार्य यसको मुल लक्ष हुन्छ । यसमा यात्रुको जोखिम वहन, विमा सुरक्षा शून्य हुन्छ । छिटो र सस्तो सेवा भनि प्रचार गरिएपनि चालकले मनोमानी असुल गर्ने समस्या उस्तै रहन्छ । कानुनी हैसियत विपरित हुने राइड शेयरिङ व्यवसायलाई पोखरा भित्र्याएर वेथिति निम्त्याउनु भन्दा राज्यका सरोकार राख्ने निकायले वेलैमा सोचेर कदम चाल्न जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: