सवारी चेकजाँचमा तिव्रता दिँदै कास्की ट्राफिक, मालवाहक ट्रक पनि फन्दामा !

यदुनाथ बन्जारा
29 September, 2021 8:59 am
Advertisements
Advertisements

पोखरा : कोरोनाको लकडाउन अन्त्य र ठूला चाडपर्वको आगमनसँगै सवारी चेक जाँचलाई कास्की ट्राफिकले तिव्रता दिन थालेको छ । लामो समय सम्म थुनिएर बस्न बाध्य भएका जनताहरु यतिखेर असरल्ल सडक, बजारमा फिंजारिएका छन् । सवारी साधनको चाप ह्वात्तै बढे सँगै ट्राफिक नियम उल्लंघन गर्नेहरुको चाप पनि अनपेक्षित ढंगले बढ्दै गएको छ ।
सवारी तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुमध्ये मापसे गरी सवारी चलाउनेको संख्या सबैभन्दा बढिरहेको कास्की ट्राफिकले गरेको कारबाहीको संख्याले पुष्टि गरेको छ । लेकसाइड, महेन्द्रपुल, पृथ्वीचोक, बगर, रामबजार क्षेत्रमा गरिएको सवारी जाँचको क्रममा मोटरसाइकल चालक सबैभन्दा बढी कारबाहीमा परेका छन् भने कार चालक दोश्रो कारबाहीमा परेका पाइएको छ।
असोज ८ गते प्र.ना.नि. पूर्ण बहादुर अधिकारीको नेतृत्वमा गरिएको चेकिङका क्रममा एक घण्टाको अवधिमा तीन दर्जन बढी सवारीहरु मापसे कारबाहीमा परेका थिए । उनीहरुको सवारी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारी चालकलाई प्रशिक्षण दिई जरिवाना असुल गरेर मात्र सवारी जिम्मा लगाइने जनाइएको छ । दुर्घटना न्यूनिकरण गर्न मापसे चेकिङ कारबाहीलाई निरन्तरता दिइने जनाइएको छ ।

मालबाहक सवारीलाई हाइवे चेकिङ

यात्रुबाहक सवारी साधनलाई गरिने चेकिङको अलावा राजमार्गमा चल्ने मालबाहक सवारी ट्रक ट्रिपरलाई पनि चेकिङ गर्न थालिएको छ । असोज १० गते पृथ्वीराजमार्गको मजुवा स्थित धर्मकाटामा मालबाहक लोड सवारी साधनको तौल परिक्षण गर्ने क्रममा १६ वटा ट्रक ट्रिपर कारबाहीमा परेका जनाइएको छ ।
लामो दुरीमा चल्ने मालवाहक (लाइन) ट्रक, यात्रुवस लाई नियमानुसार संचालनका लागि कास्की ट्राफिकले नियमित चेकिङ कार्यलाई थप प्रभावकारी बनाइने कास्की ट्राफिक प्रमुख प्र.नि. अमृत वस्नेतले वताए । वसको छतमा ओभरलोड समान राख्ने, सिट भन्दा वढि यात्रु कोचेर असुरक्षित यात्रा गराउने, वढि भाडा असुल गर्ने कार्यलाई व्यवस्थित गर्न कास्की ट्राफिकले योजना वनाएर कार्य गरिरहेको प्र.नि. वस्नेत बताउँछन् । पोखराको वाग्लुङ वसपार्क र पृथ्वी चोक वसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी समन्वय गरिरहेको बताउँदै यात्रु स्वयम् सचेत भई ठगिनबाट जोगिनु पर्ने र ठगि गर्ने उपर प्रहरीलाई सूचना दिन आग्रह गरेका छन् ।


राजमार्गमा चल्ने ट्रकहरुले ओभरलोड गरे नगरेको धर्मकाटा परीक्षण गरी कारवाही गरिएको र यसमा ट्रक यातायात व्यवसायी संघले समेत सहयोग पु¥याएको बताएका छन् ।
ट्रक यातायात व्यवसायी संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष विकास थापाले नियमले तोकेभन्दा वढि लोड वोक्न नहुने र त्यस्तो भएमा अनलोड गरी कारवाही गर्नु उचित भएको वताए । ओभर लोड ट्रक, ट्रिपरका कारण सडक पुल विग्रने दुर्घटना वढ्न सक्ने हुँदा आम व्यवसायीलाई कानुनले तोके वमोजिम लोड ढुवानी गर्न वरिष्ठ उपाध्यक्ष थापाले आग्रह गरेका छन् । हाल कास्की ट्राफिकले गरेको चेकिङमा आइतवार र सोमवार दुई दिनमा ३९ वटा ट्रक ट्रिपरहरुले ओभरलोड गरेको फेला परेको छ । खासगरी तराइका इट्टा, सिमेन्ट, छड ढुवानीमा वढी लोड पाइएको ट्राफिक प्रहरीले वताएको छ ।
राजमार्गमा जताततै चेक प्वाइन्ट छ, धर्मकाटा पनि छ तर चेकिङ छैन । सर्लाहीको ईट्टा वोकेको ट्रक पोखराको सिमाना सम्म कसरी आइपुग्यो ओभर लोड वोकेर ? झापाको केरा यात्रु वसको छतभरी लादेर पोखरा सम्म कसरी आइपुग्यो ?
सवारी चल्ने सुरु विन्दुवाटै चेकिङ हुने हो भने ३ सय देखि ६ सय किलोमिटर टाडा सम्मको यात्रा कसरी पार गर्छन् ति ओभरलोड वोक्ने ट्रक तथा वसहरुले ? नेपाल प्रहरीले आफ्नो संयन्त्रलाई लोडिङ हुने सुरु विन्दू वाटै चेकिङ नीतिलाई कार्यान्वयन गर्न जरुरी छ । पोखराबाट वाहिरी जिल्ला छुट्ने सवारी साधनलाई पोखराबाट सवै चेक जाँच गरेर किन्न चिट दिएर पठाउन सकियो भने त्यो वस या ट्रकले गन्तव्य सम्म पुग्दा कुनै समस्या सामना गर्नु पर्ने छैन ।
यसमा यातायात व्यवसायी संघ संस्था प्रहरी, ट्राफिक प्रहरी र नागरिक समाज सवैको इमान्दार प्रयास जरुरी छ । ३/४ सय किलोमिटर ओभर लोड सवारी साधन निर्वाध आउने तर वाँकी २५–३० किलोमिटर वाँकी हुँदा कारवाही भोग्नु पर्ने अवस्था अव आउनु हुन्न व्यवसायी र चालकले पनि यस वारेमा जिम्मेवार हुनुपर्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: