निजि आवादी क्षेत्रको वन पैदावर काट्ने र कारोवार गर्ने उपर मुद्धा दायर

सराङकोट न्यूज
23 November, 2021 6:02 pm

पोखरा : डिभिजन वन कार्यालय कास्की मातहत रहेको अन्नपूर्ण सव डिभिजन कार्यालय ढिकुरपोखरीले ३ जना विरुद्ध वन पैदावार कटानी र ओसार पसार कारोवार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । सव डिभिजन कार्यालय अन्नपूर्णको क्षेत्राधिकार भित्र पर्ने अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का जग्गाधनी माछापुच्छ«े–७ बस्ने जयलाल अधिकारी काठ किन्ने अन्नपूर्ण गा.पा. ९ वस्ने मनिष वि.क. र काठ ओसार्ने ट्रिपर चालक भिम बहादुर वि.क. लाई मुद्दा दायर भएको अन्नपूर्ण सव डिभिजन इञ्चार्ज सफलता श्रेष्ठ ले वताइन् ।
आरोपीहरुलाई २०७८ असोज ५ गते मध्यराती प्रहरीले टिपर चेक जाँच गर्दा पक्राउ परेका थिए । पक्राउ परेकालाई प्रहरीले डिभिजन वन कार्यालयमा बरामद भएको काठ, ट्रिपर र चालकसहित वुझाएको थियो। पक्राउ परेकाहरुले घरायसी प्रयोजनको लागि काठ काटेर पोखरा ओसारेको वताएका थिए तर उनिहरुले कानुनी प्रकृया पुरा नगरी आवादी जग्गा भित्रको ८ वटा उतिसको रुख ढाली चिरान गरी घर निर्माण ठेकेदारी पेशा गर्ने मनिष वि.क.ले पोखरा २ वागलुङ वसपार्क ल्याउँदै गर्दा प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।
वन सव डिभिजन कार्यालय अन्नपूर्णले आरोपी तीनै जना उपर अनुसन्धान गरी गत कार्तिक २९ गते सरकारी वकिल कार्यालय मार्फत् कास्की जिल्ला अदालत पेश गरेको थियो, अदालतले विगो वापत काठ काट्ने जयलाल अधिकारी, खरिद गर्ने मनिष वि.क. लाई जनही १० हजार रुपैयाँ र काठ ओसार्ने ट्रिपर चालक भिम बहादुर वि.क. लाई २० हजार धरौटी लिई तारेखमा राखी थप अनुसन्धान भइरहेको खवर प्राप्त भएको छ ।
५०३ वटा रुख काट्ने विरुद्ध के होला ?
मादी १२ मा २१ वटा रुख काटेको आरोपमा वेद वहादुर गुरुङ, वुद्धि प्रसाद गुरुङ र उमेश गुरुङलाई बनले मुद्दा चलायो, अन्नपूर्ण ३ मा आफ्नै नीजि आवादी भित्रको जग्गामा ८ वटा उतिसका रुख काटि ओसारेको आरोपमा ३ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। यि दुवै मुद्दाका आरोपीहरु धरौटीमा मुद्दा खेपिरहेका छन्।
तर २० महिना अगािड पोखरा १९ घार्मी डाँडाको नापीले पर्ती जग्गा भनेको ठाउँका ५०३ वटा रुख काटेर सोतराम पारी हरियो डाँडालाई नै उजाड बनाउने पात्रहरु अझै उन्मुक्त रहि आएका छन् । आफ्नो आमोद कमोद गरिरहेको जग्गा सँग जोडिएको वन क्षेत्र काटिएका वारेमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले पटक पटक ताकेदा भइसकेको छ । नापी कार्यालय समेतले फडानी क्षेत्र पर्ति जग्गा रहेको रिपोर्ट दिएको छ ।
सरकारी जग्गामा रहेको वनका ५०३ वटा रुख वुटा काटिएको घटना घाम जतिकै छर्ल· छ । रुखका गिंडा कति हराए केहि त्यहि छन् । फेदको भाग घटनास्थलमै देख्न सकिन्छ तर पनि किन चलेन मुद्दा ? स्थानिय सरकारले वन कार्यालयलाई रुख कसले काटेको हो छाहै छैन भन्ने जवाफ लेखेर पठाएको स्रोतले वताएको छ । झाडीमा सियो हराए झै गरी ५०३ वटा रुख काटेको घटनालाई मुद्दा चल्ने हो या होइन वार कि पार लगाउन जरुरी छ । आफ्नै जग्गाको ८ वटा रुख काट्ने मुद्दा खेप्दैछन्, बाटो खन्ने काममा मादी १२ मा रुख काटेकाहरु मुद्दा खेप्दै छन् । तर विडम्वना पर्ती वनका ५०३ रुख सोतराम पार्नेलाई के होला त्यो भने हेर्न, देख्न र सुन्न वाँकी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: