पोखरा मा.वि. बगरले नहरमाथी संरचना बनाउँदै, बगरको नहरमाथी संरचना थप्ने पि.एच.एस. माथी अर्काे झट्का, निर्माण सामाग्री जफत

सराङकोट न्यूज
2 December, 2021 7:34 pm
Advertisements

पोखरा : पोखरा–१, बगरमा सिचाइको नहरमाथी अवैद्य संरचना निर्माण गरिरहेको पोखरा मा.वि.लाई महानगर प्रशासनले चेतावनी दिएको छ । सोमबार नगर प्रहरी पुग्दा अवैद्य निर्माण कार्य भइरहेको पाइएपछि निर्माण सामाग्री जफत गरिएको छ । अवैद्य निर्माण भइरहेका सूचना पाए लगत्तै निरीक्षण महाशाखाको प्रमुख वरिष्ठ कानून अधिकृत नारायण शर्माको निर्देशनमा नगर प्रहरीका असई हरि थापाको नेतृत्वमा गएको नगर प्रहरी टोलीले काम गरिरहेको अवस्थामा ड्रिल मेसिन, बेल्डिङ र धन लगायतका सामाग्री बरामद गरेको थियो ।
संरचना बनाई पार्किङ, स्थलको रुपमा प्रयोग गर्ने उद्देश्यले पोखरा मा.वि.ले सिचाई डिभिजन कार्यालयको स्वीकृति अनुमति नलिई सिचाइ नहरमाथी महानगरबाट योजना समेत पारी पक्का संरचना स्ल्याव ढलान गर्ने तयारी गरिरहदा सिचाई डिभिजन कार्यालये जिल्ला प्रशासन कार्यालयमा कारवाहीको लागि उजुरी हालेको थियो । जिल्ला प्रशासन, महानगर र सिचाई कार्यालयले स्थलगत अवलोकन (अनुगमन) गरी नहरमाथी निर्माण गर्न खोजिएको संरचना तत्काल हटाउन उर्दि जारी गरेको थियो ।
निजी बोर्डिङ स्कूलले निहित स्वार्थमा नहरमाथी संरचना बनाई प्रयोग गर्न खोजेकाले केही दिन चुपचाप बसेका थिए तर उक्त नहर भित्र हालिएका फलाममे आइ विम हटाउनुको सट्टा विम माथी फलामको पाता बेल्डिङ गरेर नहर छोप्ने र माथिको जग्गा प्रयोग गर्ने योजना मुताविक काम गरिरहेका थिए । सोमबार महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बराल र कानून महाशाखा प्रमुख नारायण शर्माले सिचाइ डिभिजन कार्यालयको अनुमती बेगर कुनै पनि काम अगाडी नबढाउन निर्देशन दिइएको छ । वरिष्ठ कानून अधिकृत नारायण शर्माले भने मौजुदा कानून विपरित कुनै पनि संरचना निर्माण गर्न नहुने र गरेमा निर्माणकर्ताकै खर्चमा हटाउनु पर्ने बताएका छन् । नगर प्रहरीले बरामद गरेको सामानहरु एक हजार जरिवाना तिरेर सोमबार फिर्ता लगेको प्रसनि हरि थापाले बताए ।
कानून विपरित काम गर्न उद्धत रहेकाहरुले अझ पनि अवैद्य संरचा निर्माणको मौका पर्खिरहेका देखिन्छ । निर्मित संरचना पूरा हटाइ जाली लगाई सुरक्षित गर्न सिचाई कार्यालय तयार रहेको डिभिजन प्रमुख इ किरण आचार्य बताउँछन् । इ. आचार्यले भने “हामी मंगलबारबाट नै संरचना हटाइ पाउन महानगरलाई अनुरोध पत्र पठाउने छौ ।”
स्थानिय टोलविकास संस्थाले पनि नहरमाथीको अतिक्रमण प्रति असहमती जनाएको छ । भिमकाली साझेदारी टोल विकास संस्थाको पूर्व अध्यक्ष स्वदेश साइ आफूहरुले वडा कार्यालय र सिचाइका सहयोगमा ३० वर्ष देखि नहरको अतिक्रमित क्षेत्र हटाउने काम ग¥यौ तर नहर माथी संरचना बनाउँदा महानगर मौन बस्न नहुन बताउँछन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: