पोखरा : कोभिड १९ को महामारीले देश आक्रान्त छ । ३ करोड जनता रहेको देश नेपालमा १२ हजार नागरिकको ज्यान गइसकेको छ । खोप अभावका कारण रोगको समस्या जटिल बनिरहेका बेला सरकारले विकास बजेट समेत कटाएर कोभिड विरुद्धको खोप खरिद ग¥र्याे । प्राथमिकताको आधारमा खोप लगाउँदै आएको छ ।
कोरोना खोपका लागि भारतको कोभिड सिल्ड, चीनको भेरोसिल्ड, जापानको अष्ट्राजोनिका, अमेरिकाको मोर्डना खोपहरु नेपालले खरिद ग¥यो, प्राथमिकताको आधारमा सबै जनतालाई खोप लगाउने कार्य अगाडी बढायो । तर खोपको लागि सर्वत्र लाइनको भिड लाग्ने दृश्य देखेर कतिपय पात्रहरुले त्यो भिड र लाइनबाट जोगिने दाउ खोज्ने र त्यस कार्यमा खोप जिम्मा लिने कर्मचारी लगाइदिने प्राविधिक बीच साँठगाठ मिलेको देखियो ।
खोप लगाउन खोज्ने पात्रहरु मध्ये दृश्य अदृश्य शक्तिमा रहेकाहरुले पदको दुरुपयोग गर्न कुनै कसुर राखेनन् । प्रदेशका अधिकांस सांसदहरुले आफ्ना नातागोता देखि कार्यकर्ता सम्मलाई खोप लगाइदिन विभिन्न तिकडम गर्न भ्याय । त्यसको प्रत्यक्ष प्रभाव फ्रन्टलाइनर देखि जेस्ठ नागरिक सम्म परेको थियो । त्यसो त फ्रन्ट लाइनर भनिने पात्रहरुले पनि आफन्त र नातावाद काखी च्यापे नक्कली कार्ड बनाउने बाढी नै चल्यो । यी र यस्ता स्वार्थ प्रेरित कार्यहरुले निमुखा वर्ग र लक्षित समूह समस्यामा परे परिरहे ।
गत हप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब २० लाख खोपको रेकर्ड नै गायव रहेको खुलासा ग¥यो । विदेशबाट मह·ो पैसामा राज्यले खरिद गरेको कोभिड विरुद्ध लगाउने २० लाख खोप हराउनु रहस्यमयी विषय बनेको छ । सरकारी संयन्त्र केन्द्र देखि वडा तह सम्म छ । सरकार पनि तीन तहको सिंहदरबार देखि वडा तहसम्म छ । यति सुरक्षित आफ्नै नेटवर्क बाट कसरी गायव भयो २० लाख खोप ?
निश्चय नै खोपमा गडबड भएको छ । आफ्ना आफ्नालाई खोप दिए त राम्रै हुन्छ तर यहाँ समस्या अर्कै रहेको आशंका पुस्टि हुदै गएको छ । त्यो हो मिलेमतोमा बेचविखन कास्की जिल्ला भित्र पनि खोप लगाउने अनुमती पाई खोप जिम्मा लिएकाहरु र केही क्लिनिक र मेडिकलल सञ्चालकहरुको मिलेमतोमा खोप चोरी पैठारी गरि आफ्नो प्राइभेट क्लिनिकहरुबाट खोप लगाइदिने गरेको रहस्योद्घाटन भएको छ ।
केही महिना अघि पोखरा–१९, तल्लाकोट स्वास्थ्य चौकीका कर्मचारीले राती ९ बजे स्वास्थ्य चौकी बोलाएर गोप्य ढ·बाट खोप लगाइरहदा स्थानियले पत्ता लगाइ प्रहरीलाई जिम्मा लगाए । ती कर्मचारी एक रात प्रहरी हिरासटमा बसी छुटे ।
यसै हप्ताको सुरुमै मियापाटनमा फार्मेसी चलाइरहेका व्यक्ति निरज चापागाईले आफ्नो क्लिनिकबाटै कोरोना विरुद्धको खोप लगाइरहेको अवस्थामा पक्राउ परे । चापागाइले गण्डकी मेडिकल कलेजको खोप केन्द्रको कर्मचारी प्रेमकाशी गुरुङबाट खोप ल्याएको खुलेको छ । सरकारले तोकेको खोप केन्द्र गण्डकी मेडिकल कलेजकी कर्मचारी प्रेमकाशीको मिलेमतोमा खोपको व्यापार गरेको हुन सक्ने उनीहरुलाई पक्राउ गरी रामबजार प्रहरी कार्यालयले जिलला प्रशासन कार्यालय कास्कीमा पठाएकोमा कास्की प्रशासनले उनीहरुलाई तारेखमा छोडेको छ । कोरोना विरुद्ध लगाइने खोपमा धेरै जसोले तोकिएको खोप केन्द्रमा खोप लगाउँदै आएका छन् भने कतिपयले किनेर भएपनि सजिलै खोप लगाउने प्रवृत्तिका कारण खोप केन्द्रका कर्मचारी र फार्मेसी, मेडिकल र क्लिनिक सञ्चालकले सरकारी लगानीको खोपमा किन बेच गर्न उत्साही रहेका छन् । प्रेम काशी गुरुङ र निरज चापागाई त्यसको नमूना पात्र हुन् । क्लिनिकमै खोप लगाउने पात्र मध्ये निरज चापागाईको मियापाटन स्थितको एक फार्मेसीका सञ्चालक चापागाइको यस अघि डिडिएको कारवाहीमा परिसकेका पात्र हुन् ।
Advertisements
Advertisements
Advertisements
Advertisements
Advertisements