पुरानो चेक किर्ते गरि फसाउने खेल, चेक मार्फत् गरिने लेनदेन कारोवारमा माछापुच्छ्रे बैंक र सांग्रिला बैंकको लापरवाही

सराङकोट न्यूज
1 February, 2022 9:49 am

पोखरा: कानूनले दिएको म्याद गुज्रिएको भएपनि त्यसलाई किर्ते मिति राखेर आफ्नो हात माथि पार्न र अरुलाई फसाउन जे पनि गरिदो रहेछ भन्ने नयाँ प्रोपोगाण्डा सराङकोटले फेला पारेको छ । चेक मार्फत् गरिने कारोवारमा कुनै धोका धडि भयो या दिइएको चेक लेखिएको मितिमा साटिएन भने त्यसमा पनि कानूनी उपचारको व्यवस्था छ तर पोखराका एक व्यापारिक फर्मले कानूनको आँखा छल्ने गरि किर्ने मिति लेखेर आफ्नै ग्राहकलाई फसाउने प्रपञ्च रहेको खुल्न आएको छ ।
पोखरा स्थित फेवा इन्टरकन्टिनेन्टल ट्रेडिङ प्रा.लि.ले आफ्नो ग्राहक कावेरी निर्माण सेवाबाट रु. ५ लाखको साग्रिला विकास बैंक न्यूरोड शाखाको चेक वुझेका थिए । २०७६ पुष ७ गते साट्ने मिति उल्लेख भएको चेक साटिएन । कावेरी निर्माण सेवाले चेक नसाटिए पनि ट्रेडिङकै खातामा पटक पटक गरि रकम जम्मा गरेको वामदेव पौडेलले वताए । पैसा वैंकमा हालेपछि चेक मागेको तर हरायो भन्दै नदिए पछि पौडेल चुप रहँदै आएको बताउँछन् ।
२०७८ माघको पहिलो साता आफ्नो खाता रहेको सांग्रिला विकास वैंकले ५ लाखको चेक नसाटिएको विषयमा कालो सुचि प्रकृया सुरु हुन लागेको सूचना दिए पछि पौडेल झसंग भएको बताउँछन् । उनले केशमा जा ने गरी चेक नदिएको र २ वर्ष पहिला दिएको चेकको कारोवार भइसकेको वताए । २ वर्ष पुरानो चेक वाँकी नै भएपनि कानूनी म्याद गुज्रि सकेकोले कानूनी उपचार लाग्न सम्भव नहुने वताए तर यति खेर उनले वैंकमा पुगेको चेक हेरे मिति २ वर्ष पछि सच्चाएर क्लियरिङका लागि माछापुच्छ्रे वैंक मार्फत् चेक अगाडि वढेको देखे तव मात्र उनले आफू विरुद्ध षडयन्त्र भएको आशंका गरे ।
हो हामिले पनि कावेरी निर्माण सेवाले दिएको मिति २०७६ पुष ७ गतेको चेक हे¥यौं । त्यहाँ २ वर्ष अगाडि को मिति २०७६ को ६ लाई किर्ते गरि ८ बनाएर २०७८ साल पुष ७ गते वनाईएको प्रष्ट देखियो। किर्ते गरि २०७८ साल वनाएर लगत्तै फेवा इन्टर कन्टिनेन्टल ट्रेडिङ प्रा.लि. आफ्नो खाता रहेको माछापुच्छ्रे बैंक लि. न्यूरोड शाखामा क्लियरिङ मार्फत् भुक्तानी दावी गरेको पाइयो । दुई वर्ष पुरानो मिति सच्चाई ६ लाई ८ बनाएको किर्ते चेक वेरोतोक अगाडि बढ्यो । ३ पटक सम्म इन्डोर्स भएको चेकमा चेक दाता वालाको खाता रहेको सांग्रिला विकास वैंकले समेत यथार्थ अवस्था र वैधता वारे वुझ्न नसकेको देखियो । अलि राम्रो सँग चेकको मिति हेरिएको थियो भने माछापुच्छ«े बैकबाट नै त्यो चेक इन्डोर्स हुने थिएन भइहालेपनि सांग्रिलाले आफ्नो ग्राहकको चेक किर्ते भएको आशंकामा फिर्ता पठाई सच्चाइएको मिति छेउमा दस्तखत गरि ल्याउन वा अर्को चेक ल्याउन भन्न सक्थ्यो तर दुवैको आँखाबाट फेवा कन्टिनेन्टल ट्रेडिङको किर्ते चेक सुटुक्क छिर्न पुग्यो यो मिलेमतो हो या हेलचेक्र्याई ? अनुसन्धानको विषय वनेको छ ।
चेक पेश गर्ने फर्म फेवा इन्टरकन्टिनेन्टल ट्रेडिङका प्रबन्ध निर्देशक विष्णु कोइरालाले दुई वर्ष पुरानो चेकको मिति सच्चाएको स्वीकार गरे । उनले चेक दिने फर्मका व्यक्तिहरुले पैसो दिनु भएन, सम्पर्क मै रहनु नभएकोले मिति सच्चाएर चेक क्लियरिङमा पेश गरेको वताए । कारवाहीको लागि अघि वढेको कोइरालाले वताएका छन् ।
दुई पक्षवीचको लेनदेन विषयमा सराङकोटले तालुक राख्ने कुरा भएन तर दुई वर्ष सम्म चेकको कुनै वास्ता नगरि बस्ने, चेक काट्ने पक्षलाई फिर्ता दिन नखोज्ने, ६ महिना भित्र चेक अनादर मुद्दामा जान पाउने कानूनी सुविधा गुजार्ने अनि दुई वर्ष पछि मिति किर्ते गरि कानूनी मार्ग खोजेको नाटक गर्ने र फसाउन खोजेको प्रष्ट बुझ्न सकिन्छ । सक्कली चेक हातमा भएको पक्षले जुनसुकै मितिमा अदालतमा मुद्दा गर्न सक्छ तर किन अपनाए किर्ते बाटो ? कानून विपरित मार्ग खोजेर न्याय खोज्न खोज्नु कतिको सान्दर्भिक होला ?
यो प्रकरणमा दुवै वैंकको कमजोरी देखिन्छ । हेर्दै नहेरी किर्ते चेकलाई स्वीकार गरेर अगाडि वढाईदा त्यसको परिणाम कसले जिम्मा लिने । माछापुच्छ्रे वैंक न्यूरोडका प्रबन्धक विरेन्द्र केसीसँग उक्त चेक प्रकरणका वारेमा प्रतिकृया लिँदा उनले भने चेकमा हुनु पर्ने कुरा ठीक देखेर क्लिरिङ पठाइएको वताए । मिति सच्चाइएको चेक वारेमा खातावाला वैंकले हेरेर वुझेर मात्र भुक्तानी दिने भएकोले उसकै दायित्व हुने केसीले वताए ।
यता सांग्रिला विकास वैंक न्यूरोडका सहायक प्रवन्धक कोशी गुरुङ क्लिरिङ चेकको स्क्यान कपि हेडक्वाटर पुग्ने भएकोले व्राञ्चमा केहि जानकारी नहुने वताउँछिन् । चेक पाउने फर्मबाट कालो सूचिमा प्रकृया बढाउन आएको र पछि आफैले उक्त चेक र निवेदन फिर्ता लगेको गुरुङले वताइन् । आफ्नो ग्राहकको खाताको चेक हेर्दा मिति किर्ते गरेको देखेपछि सांग्रिला विकास वैंक न्यूरोडले मिति सच्चाइएको चेक रद्द गरेको बताएको छ ।
चेक कारोवार ऐन नियमको परिधिभित्र रहेर गर्नुपर्छ । चेक दिने र लिने दुवै पक्ष कानुनको परिधिमा रहेका हुन्छन् । चेक लिने व्यक्तिले आफू माथि पर्न किर्ते काम गर्ने, केरमेट गर्ने, डवल राइट गर्ने, अर्थात् आफू अनुकुल सच्चाउने कार्य गर्नु कानुन विपरित प्रमाणित हुन सक्छ यस्ता कार्य रोक्न बैंक सवैभन्दा वढि चनाखो र सम्वेदनसिल भएर काम गर्नुपर्छ तव ात्र सेवाग्राहीले असुरक्षा र अन्याय महसुस गर्नु पर्ने छैन । जनताको सम्पत्तिको सुरक्षा र विश्वासमा काम गर्ने वैंकहरु जवाफदेहि वनेर सेवा प्रवाह गर्नु जरुरी देखिन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: