आफ्नै तौल धान्न नसक्ने लाम्गादी पुल भाँचियो, नेपालका इञ्जिनियरिङ फेल कि ठेकेदारको लापरवाही ?

सराङकोट न्यूज
2 February, 2022 9:13 am
लाम्गादी पुल
Advertisements

पोखरा : नेपालका पुलहरु बन्दाबन्दै चल्नै नपाई भासिने, भत्किने, बगाउने कुरा नौलो होइन । देशका विभिन्न ठाउँहरुमा हुने कमसल निर्माणको नयाँ घटना पोखरामा घटेको छ ।
पोखरा महानगरपालिका वडा नं. ३३ र ३२ जोड्ने लाम्गादी पुल प्रयोगमा नआउँदै भाचिन पुगेको छ । पुलको निर्माण सम्बन्धि काम लगभग सम्पन्न भइसकेको तर भार वहन परीक्षण गर्ने तयारी भइरहँदा पुल वनाउँदा राखिएका टेको हटाउने क्रममा पुलको वीच भागमै क्रयाक हुन पुगी झोलु·ो जस्तो वन्न पुगेको छ । भार वहनका लागि तयार पारिएका लोड ट्रिपरहरु चढ्नै नपाई पुल भाचिन पुगेका कारण ट्रिपरहरु आफ्नो लोड बाटो छेउतिरै खनाएर फर्किएका थिए ।
६ करोड ११ लाख रुपैयाँको लागतमा निर्माण ठेक्का पाएको एलिट कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले निर्माण गरेको उक्त पुल लोड नै नचढ्दा क्याक हुनुले सवै पक्ष तिर गंभिर प्रश्न उठाएको छ । आफ्नै लोड धान्न नसक्ने उक्त पुलको भार वहन क्षमता दुई सय टन रहेको वताएको छ । लोड ट्रिपर ३ वटा पुल तर्न तयार राखिएको थियो पहिला क्रयाक नभएको भए वा क्रयाक भएको थाहा नपाएको थियो भने पुल पुरै भाँिचन गई मानविय क्षति समेत हुन सक्ने थियो तर सुरुमै भाँचिएका कारण मानविय क्षति हुन बाट वाल वाल जोगिएको थियो स्थानिय मेघ नाथ आचार्यले बताए ।

डिजाइन फेल कि ठेकेदार ?

लामगादीमा निर्माणाधिन पुल नेपालकै नयाँ डिजाइनको स्टिल ट्रस व्रिज भनिएको छ। फलाम र स्टिल सामग्रीहरु जडित त्यो पुलको यो हविगत हुनुमा डिजाइनकै कमजोरी थियो कि भन्ने प्रश्न उव्जेको छ। निर्माण कम्पनीका प्रोजेक्ट सुपरभाइजर ईं जीवन पौडेल नक्सा र डिजाइन अनुसार सामग्री प्रयोग गरी निर्माण गरिएको दलिल पेश गर्छन् । यदि निर्माण सामग्रीमा कुनै सम्झौता नगरि वनाइएको हो भने पुलको डिजाइनिङ नै शंकाको घेरामा पर्न सक्ने देखिएको छ ।
पुल भाँचिएको अवस्था हेर्दा त्यहाँको विममा प्रयोग गरिएका फलामका पाताले ठाउँ छोडेको दोव्रिएको र नुहुेको देखिन्छ । नट वल्टुको कसाइको भरमा अडिने पुललाई कस्तो मेटेरियल प्रयोग गर्ने भन्ने कुरामा डिजाइनरले यथेस्ट ध्यान नदिएको वा भनौ एकिन विश्लेषण गरि डिजाइन स्टमेट नगरेका कारण पुलको यो दुर्दशा भएको हो भने त्यसको सजायको र क्षति पूर्तिको भागिदार पुलका डिजाइनरलाई नै वनाउन किन कन्जुस्याई गर्ने ।
सरकारले गर्ने छानविनमा जनताको भरोषा रहेको पाइदैन । संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक टोली परिचालन गरि सत्यतथ्य विवरण नतिजा सार्वजनिक गर्नु पर्छ । छानविनबाट दोषी देखिने सरकारी डिजाइनर र ठेकेदार जो दोषी भेटिएपनि कडा कारवाही गरेर पेशाबाट सधैंलाई अलग पार्नु पर्छ तव मात्र यस्ता गंभिर गल्ती देोहोरिने छैनन् । मिलेमतोको आंशका उत्तिकै छ।
सरकारी लगानीमा निर्माण गरिने पुल, सडक, भवन लगायतका संरचनामा तीन खुट्टे समिश्रण हुन्छ । पहिलो डिजाइन, दोस्रो निर्माण कम्पनी र तेस्रो निगरानी र अनुगमन । पहिलो पक्ष डिजाइनरलाई छोडेर वाँकी दुई पक्ष निर्माण कम्पनी, अनुगमन र निगरानी गर्ने सरकारी प्राविधिककको सम्बन्ध नङ र मासु जस्तै हुने गरेको वुझिन्छ । निर्माण कम्पनी घटेर टेण्डर पारेका कारण पुरा पुर गुणस्तरीय काम गर्न सक्दैन । लगत इष्टमेट भन्दा ३० देखि ४० प्रतिशतसम्म मूल्य घटेर टेण्डर पार्न तम्सन्छन् । त्यहिबाट सुरु हुन्छ गुणस्तरमा मोलाहिजा कार्य ।
मूल्य घटेर ठेक्का हाता पारेका ठेकेदारको एउटै अपेक्षा हुन्छ सरकारी इञ्जिनियरको चित्त वुझाएर काम गर्ने । घटेको मूल्यको प्रवाह नगरी काम गर्ने लगाउने हो भने निर्मित संरचनामा कुनै सिकायत हुने सम्भावना कम हुन्छ तर त्यसो गर्दा ठेकेदार डुब्ने निश्चित रहन्छ । अनुगमन कर्ता इञ्जिनियरको चित्त बुझाउन सिपालु भइसकेका ले नै हो घटेर ठेक्का पार्ने र कमसल काम गरेर नाफा निकाल्ने अनि वाडी चुडि खाने । त्यसको कारण हो नेपालको भौतिक विकास निर्माणहरु कमजोर र गुणस्तर हुन जाने ।
लाम्गादी पुलको फल्ट तत्काल देखियो । अरु निर्माणका फल्ट धेरै ठाउँमा भेटिएका छन् । स्याङ्जा सेती दोभानको पुल पनि नयाँ डिजाइनको वनेका कारण वन्न ढिलाई भएको छ । सरकारी प्राविधिक र ठेकेदार वीच कुरा नमिलेका कारण काम वर्षौ ढिलाई हुने रोग नै वनेको छ ।
विजयपुरको पक्की पुल ९ वर्ष नपुग्दै चर्किन पुग्यो । करिव डेढ करोड खर्च गरेर टालटुल पारिएको छ । कहिले के हुन्छ भन्ने धराप जस्तै रहेको छ । पुल मात्र हैन सडक निर्माण उस्तै कमसल छ । विहान गरेको पिच वेलुका भत्कन्छ भवन उस्तै छ एक वर्षमै चुहिन्छ । टेण्डरबाट हुने कार्यमा हुने मिलेमतोका कारण नेपालका अधिकांस योजनाहरु कमसल र धराप जस्तै वनेका छन् । अझै पनि पाठ नसिक्ने र निस्पक्ष छानविन गरेर दोषी जो भएपनि दण्डहिनता अन्त्य गर्नु जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: