लेकसाइडमा ताल मिचेर जग्गा कव्जा जारी, राज्यका सवै निकाय कुम्भकर्ण निद्रामा

सराङकोट न्यूज
2 February, 2022 9:28 am

पोखरा : पोखराको फेवाताल विश्व प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । वि.सं. २००० को दशकबाटै फेवा तालको महत्व राखेर त्यसको अस्तित्व जोगाउने काम हुँदै आएको

छ । करिव २० हजार रोपनीमा फैलिएको फेवाताल लेकसाइडमा पर्यटकीय वजार र आकर्षण वढ्दै जान थालेपछि ताल वरिपरिका जग्गा दिनानुदिन कव्जा हुँदै गए वर्षेनी कव्जा हुँदै जाँदा ठूलो फेवाताल केवल ठूली पोखरीमा रुपान्तरण हुन खोजेको देखिन्छ ।
सरकारले फेवाताल संरक्षणका लागि विभिन्न समिति वनायो, छानविनको नाटक रत्यो छानविनले अतिक्रमण पनि देखाउँदै आयो तर अतिक्रमणकारीहरु नकारवाहीको दायरामा परे न तालको अतिक्रमित हजारौं रोपनी जग्गा नै फिर्ता भयो । त्यति मात्र हैन सम्मानित सर्वोच्च अदालतले सिमाकंन भित्रको जग्गा तालकै स्वामित्वमा फिर्ता ल्याउन आदेश जारी ग¥यो । त्यो आदेशका पाना पनि कागजी खोस्टो जस्तै वनाइयो र कव्जा जग्गा फिर्ता त के अझै जग्गा कव्जा गर्ने उत्साह पुगेको देखियो ।

Advertisements

लेक साइडको खपौदीमा माथिल्लो पट्टी होटल रेष्टुरेन्ट भवन वनेका छन् । वाटोको तल्लो पट्टी फेवाताल छ तर तालकै किनारबाट तालले छोडेको जग्गालाई आफ्नोमा पार्न सिमिेन्टेड पर्खाल लगाउने कार्य तिव्र भइरहेको देखि । माघ १५ गते विदाको दिनमा खपौदीको प्वाइट स्याण्ड वीच नामक एक होटलले रोटको पूर्वभागको ताल सँग जोडिएको वाँकी जग्गाको ताल किनार वाटै पर्खाल लगाइरहेका थिए । मजदुरलाई हामीले सोध्यौ यो के वनाउन लागेको निर्माण मजदुरहरुले भने त्यो अगाडि को होटललाई पार्किङ बनाउन लागेको ।
ताल किनारको बाटो मुनिको जग्गाको कानूनी हैसियत के हो ? के त्यो होटलकै जग्गा हो ? हो भने आज सम्म किन संरक्षण गरिएन ? किन कानूनी अधिकार खोजिएन ? पोखरा महानगरका पुराना इञ्जिनियरहरु उक्त जग्गा तालकै हो भन्छन् तर वोल्न आँट गर्दैनन् । हामीले सोच्यौ दण्डहिनता ले होला वोलेर जोखिम मलन नखोजेको पनि तर महानगरकै नुनपानी खाएकाहरुले यसरी पुच्छन् लुकाएर भाग्न मिल्ला र ? सम्बन्धित वार्ड नं. १८ का वडाअध्यक्ष रण बहादुर थापा सँग प्रतिकृया लिन खोज्दा वहाँहरुको फोन उठेन । महानगरका प्रवक्ता समेत रहेका ५ नम्वर वडा अध्यक्ष धन बहादुर नेपालीले उक्त ठाउँ पहिला पनि अतिक्रमण हुँदा महानगरले भत्काएको थियो । अहिले स्मार्ट लकडाउनको मौका पारेर फेरी भत्काएको खर आएको वताउँदै उनले भने हामी पहल गछौं । वरिष्ठ कानून अधिकृत तथा निरिक्षण शाखा प्रमुख नारायण शर्माले आइत बारबाट काम रोक्का गरिएको र का.वा. प्रमुख मञ्जु देवी गुरुङ वाहिर जिल्लाबाट पोखरा फर्किएपछि संरचना भत्काइने प्रतिकृया दिएका छन् । कस्तो एक्सनमा काम हुन्छ त्यो भने हेर्न प्रतिक्षा गर्नु पर्ने भएको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: