नेताहरुको वडालाई चुनौती

यदुनाथ बन्जारा
27 May, 2022 8:48 am

पोखरा

यस पटकको निर्वाचनले राष्ट्रियस्तरका नेताहरुलाई मतदाताले चुनौति दिएका छन्। मेयरका उम्मेद्वार कृष्ण थापा, नेकपा एमालेका चर्चित नेता सोमनाथ प्यासीको गृह वडा पोखरा–१६ मा वडा अध्यक्ष नेपाली कांग्रेसको पोल्टामा पुगेको छ । एमाले पोखरा महानगर समितिका सचिव समेत रहेका निवर्तमान वडा अध्यक्षले आफ्नो विरासत चिप्लिएको थाहै पाएनन् ।
उम्मद्वार राजेश गुरुङलाई १४८ मत अन्तरले नेककाका उम्मेद्वार अमृत शर्माले वडा अध्यक्षमा विजय हासिल गरेका छन् ।
यस्तै एमालेका केन्द्रीय नेता, पूर्वमन्त्री रहेका पोखरा–१९, घार्मीका नेता जगत विश्वकर्माका गृह वडामा एमाले वडा अध्यक्षमा पराजित भएको छ । यस अघि सम्मानजनक मत पाएर चुनाव जितेका एमाले वडा अध्यक्ष शोभा मोहन पौडेलले आफ्नो विरासत जोगाउन नसक्दा नेकाका उम्मेद्वार पुष्पेन्द्र पाण्डेले वडा अध्यक्ष विजयी विजयी वनेका छन् । पाण्डेले नेकपा एमालेका युवा नेता ईमानराज पौडेललाई ५२ मतले हराएका छन् ।
यस्तै पोखरा महानगर पालिका निवर्तमान हुँदै गरेका मेयर मान बहादुर जि.सी. को गृह वडा वडा नं. २८ मा एमाले पराजित भएको छ । मेयर जि.सीको गृह वडामा यस अघिको चुनावमा एमालेका निर्मल दियाली विजयी भएका थिए । ग्रामिण वडा भइकन विकासमा छरपस्ट वजेट विच्छाएका उक्त वडामा यस पटक नेकाका श्रीकृष्ण लामिछाने विजयी वने । जिसीले आफ्नो विरासत धान्न सकेन ।
यस्तै पोखरा–३१ नं. वडामा पनि नेकपा एमाले पराजित भएको छ । वेगनास ताल क्षेत्र आसपासको क्षेत्र नेकपा एमालेका संगठन विभाग प्रमुख पूर्व गृहमन्त्री खगराज अधिकारीको गृह वडा हो । २०७४ को चुनावमा कमल बहादुर थापा (एमाले) ले चुनाव जितेका वडामा यस पटक नेकाका ढकनाथ कडेल विजयी भएका छन् ।
यो पोखरा महानगरपालिका भित्रको उदाहरण मात्र हो । देशभरमा यो समस्या छ । नेका सभापति शेर बहादुर देउवाको मतदान गर्ने डडेलधुराको गृह वडामा कांग्रेसका उम्मेद्वार पराजित भएका छन् । केपी ओलीको गृह वडा भक्तपुरमै एमाले पराजित भएका छन्। झलनाथ खनालको गृह पालिका इलाममा नेकपा एस पराजित भएको छ ।

Advertisements

गंभिर छ चुनौती

देशका प्रमुख महानगरपालिका र उपमहानगरपालिकाहरुमा देशका ठूला भनिने दलमाथि गंभिर चुनौती थपिएको छ । प्रजातन्त्रका मसिहा दावी गर्ने ठूला दलहरुको जगजगी भएका प्रमुख शहरहरुमा दलका उम्मेद्वार निर्लज्ज पराजय भोग्न वाध्य भएका छन् ।
काठमाडौं महानगरमा वालेनन्द्र शाह, धरान उमनपामा हर्कराज साम्पा·, जनकपुरमा मनोज शाह सुडी, धनगढीमा गोपी हमालले स्वतन्त्र रुपमा सानदार चुनाव जितेका छन् । उनिहरुले दलिय व्यवस्थालाई नै चुनौती दिएका छन् । यो गंभिर चुनौती हो । दलहरुले गंभिर भएर सोच्नु पर्छ कि जनता किन दलिय व्यवस्था प्रति रुष्ट भए ?
सुध्रनु जरुरी छ दलका नेताहरु । बुझ्न जरुरी छ जनताको भावना । करोडौं खर्च गरेर मत किन्ने होइन मन जित्ने गरी राजनीति गर्नु पर्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: