निरिह सरकार बलिया ठेकेदार, विकासको नाममा मान्छे मार्ने पासो राखेका ठेकेदारको लापरवाहीले बच्चाको ज्यान गयो

सराङकोट न्यूज
30 August, 2022 12:21 pm
Advertisements

२०७९ भाद्र १० गते साँझको करिव साँढे आठ बजेको समयमा पोखरा–१६ सुन्दर फिड चोक उत्तर तर्फ लामाचौर सडक किनाराको नालामा खसेर ११ वर्षिय बालक रबिन तिवारीको मृत्यु भएको छ । आमा सँग आफन्तको घरमा दर खाएर निवास के आइ सिंह पुल तर्फ फर्कने क्रममा बालक नालामा खसेर वेपत्ता भएका थिए । अविरल र भिषण वर्षाका कारण सडक र नालाको तह जलमग्न भएको बेला बच्चा घर तर्फ जाने क्रममा नालाको स्ल्याव नभएको प्वालबाट खस्न पुग्दा गहिरो नालाको तिव्र वहावले बगाएर वेपत्ता बनाएको थियो । वेपत्ता भएको बच्चा करिव डेढ घण्टापछि केआइसिंह पुल नजिकै नालाको भेलले पाखामा मिल्काइएको अवस्थामा फेला पारिएको थियो । तत्काल मणिपाल अस्पताल पु¥याउँदा उनको देहान्त भइसकेको अस्पतालले बताएको थियो ।

नाला हो कि पासो ?

घटना ह्रदयविराक बनेको छ । आफ्नै टोलमा अवोध बालक रविन तिवारीले ज्यान गुमाउने पासो बनेको छ विस्तार गरिदै रहेको दीप लामाचौर सडकको नाला । करिव डेढ वर्ष अघि ठेक्का पाएको ठेकेदार कम्पनी शिवशक्ति ईन्फाले हिउँद भित्रै निर्माण सकिसक्नु पर्ने उक्त सडक तथा स्ल्याव सहितको नाला निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । निर्माण थालेको १ वर्षमा जम्मा ३ सय मिटर नाला मात्र निर्माण गरिएको छ । निर्माण गरिएको नाला माथि को स्ल्याव पासो थापे जस्तै गरी ठाउँ ठाउँमा खुल्ला राखिएको छ । त्यहि खुल्ला राखिएको नालाको स्ल्याव होल नै बच्चाको ज्यान लिने पासो बन्न पुगेको छ ।
नालाको स्ल्याव सवै ठाउँमा खुल्ला भएको थियो भने त्यहाँ यात्रुले पैदल यात्र गर्ने थिएनन् तर मान्छे पस्न सक्ने होल छोडेर स्ल्याव राखिएको कारण पैदल यात्रु झुक्किन गई नालामै खस्न पुगे र ठूलो भेलको शिकार भई छिनभरमै मृत्यूको मुखमा पुगे । डिभिजन सडक कार्यालय पोखराका प्राविधिक हरु कन्ट्रयाक्टरको लापरवाही र निर्माणमा भएको ढिला सुस्तीका कारण दुर्घटना बढाएको स्वीकार गर्छन् । नालाको स्ल्यावमा ठाउँ ठाउँमा होल राखिएका कारण त्यहि होल मान्छे मार्ने पासो झै भएको भन्दै स्थानीय प्रत्यक्षदर्शीले आक्रोस व्यक्त गरेका छन् । निर्माण व्यवसायी लामो समय देखि सम्पर्क मै नरहेको पोखरा–१६ का पूर्व वडा अध्यक्ष जीवन आचार्यले वताए । सम्पर्कमा नरहेका ठेकेदार कम्पनीका संचालक लक्ष्मी पाठक रहेको बुझिएको छ । तोकिएको समयमा काम नगर्ने गरेको काम पनि पासो बनाएर छोड्ने उपर राज्य निरिह छ ।

ठेकेदार अनुकुल बन्छ कानून

निर्माण व्यवसायीको अनुकुलतामा नेपालको कानून बन्छ । बजेट राज्यको, काम लगाउने पनि राज्य, नियमन गर्ने, जाँज पड्ताल गर्ने, गलत गरे, काम कमसल भए वेलामा काम नगरे कारवाही गर्ने पनि राज्य तर राज्य निरिह देखिन्छ राज्य कागजी घोडा जस्तै छ। वेलैमा काम सक्न, गुणस्तरीय काम गर्न गराउन लगाउने कानून बनाउन सक्दैन सरकार । ठेकेदारले जे चाहान्छन् त्यहि कानून मात्र बन्छ । ठेकेदार प्रतिकूल हुने गरी एने, नियमन संसोधन गर्न सक्दैन सरकार । संसोधन गरिहाले पनि हप्तादिन भित्रै संसोधन फिर्ता लिन वाध्य पारिन्छ सरकार । अडान बिहिन छ नेपाल सरकार
।पटक पटक म्याद थप गरेर वर्षौ सम्म योजना अलपत्र हुँदा पनि कारवाही गर्न सक्दैन सरकार । कारवाही गरे हड्ताल गर्छन् निर्माण व्यवसायी (ठेकेदार) टेण्डर नेै लिन्न भन्छन् ठेकेदार अनि सरकार हतार हतार संसोधन फिर्ता लिन्छ र निर्माण व्यवसायीहरुले नै बनाएर दिएको कानून लागु गर्न बाध्य हुँदै आएको छ सरकार । गणेशमानले भने झै ” पुच्छरले कुकुर हल्लाए “झै नेपालका निर्माण व्यवसायीले सरकार नै हल्लाइरहन्छन् । राजनीतिक दलका माथिल्ला नेताहरु नै ठेकेदारका नेता रहेकाछन् । ठूला नेताका अन्नदाता पनि ठेकेदार छन्, संसदको नीति निर्माता तहमा पनि ठेकेदार नै छन् ।सवै तहमा ठेकेदारकै वर्चस्व छ तसर्थ विधिको साशन अपाङ्ग बनाइएको छ ।
समयमा काम नगर्नेलाई दर्जनौ योजनाको ठेक्का दिने कानून छ । मोभिलाइजेशन चार्ज लिएर हिडेको ठेकेदार म्याद सकिने वेलामा साइटमा उभिन्छ अनि ठेक्काको म्याद थप्छन । म्याद थप्न सरकारले पटक -पटक कानून संसोधन गरेको छ । हालै मात्र १३ औं संसोधन गरेर ठेकेदार कम्पनीको इशारामा एक वर्ष म्याद थप गर्ने निर्णय सरकारले गरेको छ । दीप लामाचौर सडक निर्माणको म्याद पुन एक वर्षलाई थप भएको सडक डिभिजन कार्यालयले बताएको छ । यहि अवस्थाले कार्य गति सुस्त हुने हो भने त्यो खुल्ला पासो थपेको स्ल्यावले कति जनाको ज्यान लिने हो थाहा छैन ।
भएको काम पनि गुणस्तरीयहीन रहेको बुझिन आएको छ । नालाको पिसिसी भत्किएर प्वाल परिसकेको देख्न सकिन्छ । गुणस्तर नियमन गर्ने निकाय सडक डिभिजन कार्यालयका प्राविधिकले गंभिरतापूर्वक अनुगमन र गुणस्तर जाँच गर्नु आवश्यक छ । सडकका प्राविधिकले नियमन गर्न नसक्ने हो भने अख्तियारको ध्यान जानु जरुरी छ । झण्डै आठ करोडको योजना समयमै सक्नु र गुणस्तरीय काम हुन आवश्यक छ । सरकारी बजेटमा निजि क्षेत्रका ठेकेदारको दबदबाका कारण आइ पर्ने समस्याको समाधान अपरिहार्य छ । सुन्दर फीडमा पासो थापेर जनधनको क्षती गर्ने उपर ठेकेदारबाट क्षेतिपुर्ती भराउन स्थानीयले गरेको माग तत्काल सम्बोधन हुनु पर्ने आवाज उठेको छ । रबिन तिवारी जस्तो होनाहार निर्दोश बालकको ज्यान जाने काम यी कस्तो बिकाश हो ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: