निजि सवारीको कमाउ धन्दा, राइड शेयरिङमा संलग्न कारवाहीमा परे

सराङकोट न्यूज
1 September, 2022 9:14 pm
Advertisements

पोखरा

राइड शेयरिङको नाममा भाडामा यात्रु वोकेर चलाइरहेको अवस्थामा १३ वटा स्कुटर तथा मोटरसाइकल र १ वटा कारवाहीमा परेका छन् । वाहिरी मुलुकमा दर्ता भएको भनिएको ईन ड्राईभ एप्स पोखरामा केही स्कुटर र मोटर साइकल धनीले प्रयोग गरी भाडामा यात्रु वोक्न प्रयोग भई रहेको अवस्थामा कास्की ट्राफिकले नियन्त्रणमा लिई जरिवाना तिराएको कास्की ट्राफिक प्रहरी प्रमुख निरीक्षक प्रकाश शाहले बताएका छन्।
नेपालको मौजुदा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ ले जुन प्रयोजनका लाग सवारी साधन दर्ता भएको हो सोही प्रयोजन बाहेक प्रयोग गर्न नपाइने किटान गरेको छ । कानून विपरित गई प्रयोजन विपरित सवारी चलाएमा सोही ऐनको दफा १६० को उप दफा २ (क) बमोजिम दुई हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ । दोस्रो पटक पनि नियम उल्लंघन गरेको पाइए यातायात कार्यालयमा थप कारवाहीको लागि पठाइने प्र.नि. शाहले बताए । यातायातले ५ हजार सम्म जरिवाना गर्ने प्रावधान रहेको छ ।
कानून विपरित गई राइड शेयररिङको नाममा कमाउ धन्दा गर्ने निजि सवारी धनीका कारण मनोमानी भाडा उठाउनेहरुले दुर्घटना गराएर भाग्ने घटना काठमाडौंमा पटक पटक हुदै आएको छ । काठमाडौं उपत्यकामा अवैध मानिएको राइड शेयरिङ धन्दा राज्य नियन्त्रण वाहिर पुगेका कारण दण्डहिनता मौलाएको छ । पोखरामा त्यो अवस्था आउन नदिन गण्डकी प्रदेशका यातायात तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले प्रहरी प्रशासन यातायात प्रशासन लाई प्रयोजन विपरित कार्य रोक्ने मा सकृय रहन निर्देशन दिएका छन् ।

को–को परे कारवाहीमा ?

१. ग २२ प २४५१ का शिव गुरुङ
२. ग १२ प ३८१८ का किशोर गुरुङ
३. ग २० प ४३३९ का उजित खड्का
४. ग १७ प १००४ का सुनिल वलामी
५. ग १८ प ५९९१ का अशोक थापा
६. ग १४ प २१९७ का पहल सिंह आले
७. ग २ च ४१७६ कार चालक पृतक श्रेष्ठ
८. ग १३ प ७९६२ का अर्पण गुरुङ
९. ग ११ प ४७६९ का प्रतिक लामिछाने
१०. ग १७ प १४४४ का रामचन्द्र पराजुली
११. ग २० प ३०६९ का सम्भु भण्डारी
१२. ग २२ प ७८७३ का रोशन रसाइली
१३. ग २२ प ३७६१ का मनोज रिमाल
१४. ग २३ प ४२४ का महन गुरुङ

यि सवारीलाई पहिलो पटक २ हजार रुपैयाँ जरिवाना असुल गरिएको ट्राफिक प्रहरीले बताएको छ। यस्तो अवैध कार्य गर्ने उपर खोजी खोजी कारवाही गरिने कानूनी दायरामा ल्याउने बताइएको छ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: