गैरावारी कोपिला सामुदायिक महिला विकास समितिको तेस्रो अधिवेशन सम्पन्न

सराङकोट न्यूज
15 September, 2022 9:30 am
Advertisements

गीता थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पोखरा

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था गैरावारी कोपिला सामुदायिक महिला विकास समितिको ७ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । पोखरा १६ लामाचौर स्थित ठूली पोखरीमा रहेको समितिले महिलाहरुको संगठित संस्थाको साधाण सभाको उद्घाटन गर्दै पोखरा १६ नम्वर वडाका वडा सदस्य रामचन्द्र आचार्यले समाज विकास रुपान्तरणमा महिलाको सकारात्मक भूमिका रहने बताएका थिए । कार्यक्रम समितिको अध्यक्ष किरण थापाको अध्यक्षतामा भएको थियो भने संचालन सह–सचिव नारायणी थापा भण्डारीले गरेकिथिइन् ।
उद्घाटन सत्र पछि आयोजित बन्द सत्रमा नयाँ कार्यसमितिको निर्वाचन भएको थियो । निर्वाचनबाट गीता थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । नव निर्वाचित उपाध्यक्षमा रुपा थापा, सचिवमा शान्ती अधिकारी, सहसचिवमा मञ्जु थापा, कोषाध्यक्षमा नारायणी भण्डारी रहेका छन् । यस्तै सदस्यहरुमा ईन्द्रा थापा, निर्मला थापा, चुनु थापा, सीता थापा, शान्ती श्रेष्ठ, यमकुमारी श्रेष्ठ, विना भण्डारी, सीता थापा ‘ख’ र नारायणी भण्डारी ‘ख’ रहेका छन् । निर्वाचन मण्डलमा लेक बहादुर थापा, एक ब. थापा, बद्रि थापा र नरेन्द्र थापा रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष गीता थापाले महिला हरुलाई सीपमूलक तािलम, सूचनाको हक सम्बन्धि प्रशिक्षण दिएर सशक्तिकरण अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेकि थिइन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: